सांसद रायमाझी कांग्रेस संसदीय दलको नेता चयन
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीलाई संसदीय दलको नेता पदमा मनोनयन गर्नुभएको छ ।
प्रधानमन्त्री देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपति निवासमा
प्रधानमन्त्री सभापति शेरबहादुर देउवासहित नेपाली कांग्रेसका पदाधिकारीहरु राष्ट्रपति निवास पुग्नुभएको छ ।
शान्ति सुरक्षा कायम गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री गहतराज
पाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएकाले सरकारको प्राथमिकता देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ ।
जबरालाई सोध्ने प्रश्न तयार पारिँदै
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ । समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेत समेटेर प्रश्नावलीको मस्यौदा गरिरहेको छ । आइतबारसम्म इमेल र स्वयं उपस्थित भएर करिब दसवटा (व्यक्ति/समूहले) प्रमाण पेस गरेका छन् । ती प्रमाणलाई समेत आधार मानेर समिति सचिवालयले प्रश्नको मस्यौदा गरेको छ । सचिवालयले तयार पारेको प्रश्नावली आधार मानेर नै बयानको प्रक्रिया अघि बढ्नेछ ।
जनताको कुरा सुन्न ७७ जिल्लामा कांग्रेस नेता
सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यको नेतृत्वमा ७७ वटै जिल्लामा जनताको साथमा कांग्रेस अभियान सुरु भएको छ। पहिलो चरणको यो अभियान भदौ १० गतेदेखि भदौ २४ गते बीपी जयन्तीसम्म चल्ने छ। कांग्रेसका नेताका अनुसार यस अभियानमा कांग्रेसले जनताको कुरा सुन्ने मुख्य काम हुनेछ।
एकीकृत समाजवादी अछामद्वारा उम्मेदवार सिफारिस
आउँदो निर्वाचनलाई लक्षित गरी नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सदरमुकाम मंगलसेनमा आइतबार पार्टीको जिल्ला कमिटी बैठकले दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवारको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।
टिकटका लागि नेताहरुको दलबदल
गत स्थानीय निर्वाचनमा उम्मेदवार बन्न दलबदल गरेका नेताहरु फेरि संसदीय निर्वाचनमा टिकट पाउन दलबदलको अभ्यास थालेका छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै स्थानीय तहमा पराजित भएका उम्मेदवारहरु टिकटका लागि पुनः पार्टी परिवर्तन गर्न थालेका हुन् ।
नागरिकता विधेयकमा एमाले बाधक छैन : अध्यक्ष ओली
काठमाडौं, भदौ १२ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फैलाउने प्रयास गरेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने काम भएको उहाँको आरोप छ। अध्यक्ष ओलीले नागरिकता विधेयकको विषयमा सार्वजनिक भएका गलत विषयको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो। उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो। नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा (एमाले) जनताको हरेक समस्या समाधान गर्न चाहन्छ। एमाले जनताको समस्या समाधान गरेर आएको पार्टी हो। एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहन्छ। सार्वजनिक भएका भ्रमलाई प्रतिवाद गर्नुपर्छ ।’अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने दोहोर्याउनु भयो । राष्ट्रहितको रक्षा र सम्मानका लागि, राष्ट्रियताको रक्षा र सम्वद्र्धनका लागि मुलुकको स्वाधिनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँको तर्क छ।
कर्णालीका दुई मन्त्रीको राजीनामा
मुना हमालसुर्खेत, भदौ ११ गते। कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ। माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनुभएका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिनुभएको हो। माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि उहाँहरुले राजीनामा दिनु भएको हो। माओवादी केन्द्रले अब उहाँहरुको ठाउँमा दुई जना प्रदेश सभा सदस्यलाई मन्त्रीका लागि सरकारमा पठाउँदैछ। प्रदेश सभा सदस्य रातो कामी र कृष्णा शाह कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने तयारीमा हुनुहुन्छ। कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी गठबन्धनको सरकारमा छन्।