नेपालले असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्या भण्डारीले अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा कार्यकालबारे तीन तर्क
सरकार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणाको गृहकार्यमा छ । निर्वाचन आयोगले सरकारलाई मङ्सिर पहिलो साता एकै चरणमा चुनाव गर्न सुझाव दिएको छ । औपचारिक रूपमा सरकारले मिति घोषणा गरिसकेको छैन । तर निर्वाचन आयोगले सुझाएको मिति आसपासमै एकै चरणमा निर्वाचन गराउने तयारीमा सरकार छ । सरकार चुनावको मिति घोषणा गर्ने गृहकार्यमा जुटिरहँदा प्रतिनिधि सभाको कार्यकालबारे भने विवाद जारी छ । संविधानले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष भनेको छ । तर उक्त कार्यकालको गणना कहिलेबाट भन्ने संविधान र निर्वाचनसँग सम्बद्ध कानुन स्पष्ट छैनन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन कार्यकालबारे मौन छ ।
मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्का : प्रवक्ता महत
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताउनुभएको छ । शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष दाहाल
काठमाडौं, साउन १३ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पार्नुभएको हो। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचार आएको भन्दै उहाँले त्यसको खण्डन गर्नुभयो। उहाँले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको प्रष्ट पार्नुभएको छ। उहाँले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन। बन्दै छैन। हामीले समाजवादी केन्द्र बनाउने गरी छलफल पनि भएको छैन। केही-केही साथीले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो। तर, हाम्रा बैठकमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन। चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ। तर, छलफल टुंगिसकेको छैन।’’ अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताउनु भयो। उहाँले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने उल्लेख गर्नुभएको छ। गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उहाँको भनाइ छ। अध्यक्ष दाहालले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताउनुभयो। संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको उहाँको भनाइ छ। उहाँले तत्कालीन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदन आएको उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मुलधार भएको जिकिर गर्नुभयो। उहाँले माओवादी समर्थित पत्रकारको पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गर्नुभयो। उहाँले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको दाबी गर्नुभयो।
संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ।
छानबिन समितिको निष्कर्ष : अनधिकृत व्यक्तिको प्रसङ्ग सान्दर्भिक देखिएन
अर्थ मन्त्रालयका पदाधिकारीसँग गरेको छलफल, प्राप्त कागजात र सीसीटीभी फुटेजको अध्ययनमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको समितिको निष्कर्ष निकालेको हो ।
संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन (प्रतिवेदनको पूर्णपाठ)
बजेटमा करका दरहरु हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ।
बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको र बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको बताउनु भएको छ ।
माओवादी स्थायी कमिटी बैठक : प्रदेशस्तरीय बैठकको मिति परिवर्तन
नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।