जनक शिक्षाका प्रबन्ध निर्देशक झामाथि दुर्व्यवहार
काठमाडौं, असार १७ गते। जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ। समयमा विद्यालयमा पाठ्यपुस्तक नपुर्याएको भन्दै अखिल (क्रान्तिकारी)ले मोसो दलेर शुक्रबार कार्यकक्षमै दुर्व्यवहार गरेको हो। देशभर विद्यालयमा पाठ्यपुस्तक पुर्याउन नसकेको भन्दै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको नेतृत्वमा झालाई कार्यकक्षमै मोसो दलिएको महासचिव ललित बिकले जानकारी दिनुभयो। झामाथि देशभर विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव सिर्जना गरेको , राजधानीमा समेत पाठ्यपुस्तक विद्यालयमा पुर्याउन नसकेकोे, केन्द्र लामो समयदेखि चरम भ्रष्टाचारमा मुछिएको, कागज खरिदमा अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर केन्द्र डुबाउने खेलमा लागेको र जनताका छोराछोरीको भविष्यमाथि खेलवाड गरेको आरोप अखिल क्रान्तिकारीले लगाएको छ।
अब परिवर्तनका लागि आन्दोलन आवश्यक छैन : नेता नेम्वाङ
नेकपा (एमाले) का उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनका लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गएमा सहजै जुनकुनै परिवर्तन गर्नसक्ने बताउनुभएको हो ।
मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिनुभएको छ।
अध्यक्ष दाहाल र महानायक हमालबीच भेटवार्ता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली चलचित्र जगतका महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओली र नेता गौतमबीच भेट
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टीका अध्यक्ष नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज छलफल भएको छ । अध्यक्ष ओली निवास बालकोटमा अध्यक्ष ओली र संयोजक गौतमबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी गराएको छ ।
न्यातपोल मन्दिर ३३० वर्ष पूरा
नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढीस्थित न्यातापोल (पाँचतले) मन्दिर निमार्ण भएको बुधबार ३३० वर्ष पूरा भएको छ।
भारतीय राजदूत श्रीवास्तवद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश
गणतन्त्र भारतका आवासीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते सोमबार बस्ने भएको छ।
वडा अध्यक्षहरुद्वारा डल्लो बजेट माग
कैलालीको कैलारी गाउँपालिकाका वडा अध्यक्षहरुले वडामा डल्लो बजेट माग गर्नु भएको छ । छरिएको बजेटले जनताको चाहना अनुसार वडामा विकास गर्न नसकिने भन्दै उहाँहरुले वडामा डल्लो बजेट माग गर्नु भएको हो ।