• ७ वैशाख २०८१, शुक्रबार

अध्यक्ष ओली र नेता गौतमबीच भेट

blog

एमाले अध्यक्ष ओली र संयोजक गौतम भेटका क्रममा बालकोटमा । तस्विर : गणेश बस्नेत

गोरखापत्र अनलाइन 

काठमाडौं, असार १६ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज छलफल भएको छ । अध्यक्ष ओली निवास बालकोटमा अध्यक्ष ओली र संयोजक गौतमबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी गराएको छ ।

बाम एकता गराउने अभियानमा निरन्तर लाग्नुभएका संयोजक गौतमले अध्यक्ष ओलीसँग सोही विषयमा छलफल गर्नुभएको अध्यक्ष ओलीको सचिवालयका सदस्यहरुको भनाइ छ । संयोजक गौतमले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका कम्युनिष्ट नेताहरुसँग बाम एकताका विषयमा छलफल गर्ने योजना रहेको संयोजक गौतमका केन्द्रीय सदस्य निमकान्त पाण्डेले बताउनुभयो ।