सात वर्षदेखि अलपत्र नगरकोट सडक (फोटो फिचर)
काठमाडौं उपत्यकामा रहेको प्रसिद्ध पर्यटकीयस्थल नगरकोट जाने सडकको अवस्था बेहाल छ । वर्षौदेखि निर्माणकार्य सम्पन्न नहुँदा भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने सडक धुलाम्मे बनेको हो।
खानेपानीको पाइप फुटेपछि सडक जलमग्न
काठमाडौं, कात्तिक २३ गते। बिहीबार दिउँसो काठमाडौंको तीनकुनेस्थित बागमती करिडोरमा खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ। खानेपानीको पाइप फुटेर बगेको पानीका कारण सवारी साधन र पैदल यात्रुलाई हिँडडुल गर्नसमेत सकस भएको थियो। तस्बिर : सागर बस्नेत
विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्याली (फोटोफिचर)
विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्याली गरिएको छ । बिहीबार काठमाडौंको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्याली गरिएको हो ।
भूकम्पपछि डोटी पूर्वी चौकी (फोटो फिचर)
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठुलो क्षति पुर्याएको छ ।
काठमाडौंमा समाचकेवा (फोटो फिचर)
काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन्। थारु महिला समाज उपत्यका समितिको आयोजनामा समाचकेवा पर्व काठमाडौंमा मनाइएको हो।
सकिमना पुन्हीमा सजियो भक्तपुर (फोटो फिचर)
नेवारी समुदायले नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा मंगलबार सकिमना (सकिमिला) पुन्ही पर्व मनाएका छन् ।
सकियो खग्रास चन्द्रग्रहण (फोटो फिचर)
खग्रास चन्द्रग्रहण सकिएको छ। मङ्गलबार) साँझ ५ः११ मा सुरु भएको ग्रहण ६ बजेर ३४ मिनेटमा सकिएको हो। अग्नि तत्त्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो।
दलका झण्डा बनाउन भ्याई नभ्याई (फोटो फिचर)
निर्वाचन प्रचारप्रसारमा दलका झण्डाको प्रयोग धेरै हुने हुनाले झण्डा र प्रचारसामग्री बनाउनेहरु पनि अहिले व्यस्त छन् । अचेल काठमाडौंका आर्टस् पसलहरुमा झण्डा, गम्छा, ब्याजलगायतका सामग्री बनाउनेको भीड छ ।
नेपाल प्रहरी निर्वाचनका लागि विभिन्न जिल्लामा जाँदै (फाेटाे फिचर )
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षार्थ सुरक्षाकर्मीहरू तैनाथ भइसकेका छन् ।
नरसिंह अवतार ‘हिरण्यकश्यप वध’(फोटोफिचर)
हिरण्यकश्यपको वधसँगै पाटनको मङ्गलबजारको कात्तिक नाच डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अशं नरसिंह अवतार सकिएको छ ।
घमाइलो काँठ क्षेत्र (फोटो फिचर)
चाडपर्व सकिएसँगै मौसम पूर्ण रूपले खुलेको छ । आजभोलि काठमाडौँ उपत्यका वरिपरि रमाइला दृश्यहरू देख्न पाइन्छ ।
आफ्नै पनमा रमाइरहेको काँठ क्षेत्र (फोटो फिचर)
काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ ।
रातो कपडाले सजाइएका घटाल देवता
कञ्चनपुर जिल्लाको बैतोड वडा नं ४ मा अवस्थित घटाल देवताको मन्दिर। यो मन्दिर महेन्द्रनगरबाट करिब १० किमीको दूरीमा छ। सडकको दाहिनेतर्फ उच्च भागको हरियालीमा रहेको छ।
अव्यवस्थित सिंहदरबार (फोटो फिचर)
सङ्घीय राजधानी मात्र नभएर राज्यको प्रमुख निकाय रहेको सिंहदरबार क्षेत्र नै अव्यवस्थित रहेको पाइएको छ । सडक, सवारीसाधन, भवन तथा पार्किङ र अन्य क्षेत्र समेत भद्रगोल अवस्थामा छ ।
पर्यटक आकर्षित गर्न फोटो प्रदर्शनी महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ
थाहा नगरपालिकाको पर्यटकीय धार्मिक तथा प्राकृतिक सम्पदाको फोटो प्रदर्शनीको आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार सो प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)
म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा तेस्रो घोडादौड प्रतियोगिता आयोजना गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानीमा बिहीवार घोडादौड प्रतियोगिता आयोजना गरिएको हो ।
आज हरिबोधनी एकादशी (फोटो फिचर)
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन रहेको छ।
धानखेतका कारण पूर्वी पहाड बन्यो सुनौलो (फोटो फिचर)
पूर्वी नेपालमा धान पाक्दै गएपछि सुनौला फाँट देखिन थालेको छ । पूर्वी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरलगायतका पहाडी फाँट धान पाक्न थालेसँगै पहेँलिन थालेका छन् ।
धान स्याहार्न प्रविधिको प्रयोग बढ्दै (फोटो फिचर)
कृषिजन्य वस्तुको उत्पादनमा प्रविधिको प्रयोगसँगै किसानको लगानी घटेको छ । धानको खेती गर्न तथा धान स्याहार्न कृषि प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा किसानको लगानी कम हुँदै गएको हो ।
उपत्यकासहित तराईंमा छठ पूजा (फोटो फिचर)
साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका छन् ।
ललितपुरको कुपण्डोलमा छठपूजा (फोटो फिचर)
उपत्यकामा कुपण्डोलबाहेक कमलपोखरी, गौरीघाट, मनोहरा, टेकु लागायत क्षेत्रमा पूजापाठ गरेर छठपर्व मनाइएको छ।
सूर्यको उपासनासँग जोडिएको छठपर्वको उल्लास (फोटो फिचर)
कात्तिक शुक्ल चतुर्थीका दिनदेखि छठ सुरु भएको मानिन्छ । दशैं र तिहारपछि मनाइने छठपर्व सूर्यको उपासना गरी मनाउने परम्परा रहेको छ । बिहानै उठेर सरसफाइ गरी, चोखो पानीले नुहाइ सफा कपडा लगाएर पूजागरी शुद्ध भोजन गर्छन् । छठ नेपाल र भारतका उत्तरीय क्षेत्रका हिन्दूहरूले मनाउने विशेष पर्व हो ।
सल्यानका किसानलाई धान भित्र्याउन चटारो (फोटो फिचर)
सल्यानको शारदा नदी आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन ब्यस्त रहेका छन् । शारदा नदी, दार्माखोला, मर्मखोला र मुलखोला आसपासमा धान खेती हुनेगरेको छ । निरन्तर वर्षाका कारण यस वर्ष धान राम्रो उत्पादन भएको कृषकहरुको भनाइ छ ।
धान सुकाउँदै कीर्तिपुरका किसान । (फाेटाे फिचर)
काठमाडाैँ जिल्लाकाे दक्षिणपश्चिममा पर्ने सांस्कृतिक नगरी कीर्तिपुरमा धान सुकाउने काममा किसानहरू व्यस्त रहेका छन् । तिहारअघि नै धान काटिसकेकाे किसानहरूले धान सुकाउँदै सुकेका धान थन्क्याउन लागेका छन् ।