उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन सांसदको आग्रह
प्रतिनिधिसभा बैठकमा सांसद कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
डेंगु रोगको नियन्त्रण कीटनाशक औषधि छर्न माग
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरूले डेंगु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गर्नुभएको छ ।
राष्ट्रियसभा बैठकबाट तीन वटा विधेयक पारित
बिहीवार बसेको राष्ट्रियसभाको पहिलो र दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको हो ।
चार पूर्वप्रधानन्यायाधीश महाअभियोग सिफारिस समितिको बैठकमा नजाने
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिनुभएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गर्नुभएको छ ।
आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित
आज (बिहीबार) बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
कारागार व्यवस्थापनका लागि बजेट अभाव : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले कारागार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताउनुभएको छ ।
‘संसद् बैठकमा नियमित आउने र नआउनेको मूल्याङ्कन भएन’
काठमाडौं, भदौ २९ गते। प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले यस्तो बताउनुभएको हो। उहाँले अब बन्ने संसदमा सांसदको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गर्नुभयो। सांसद प्रधानले बैठकमा गणकपूरक सङ्ख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसद्प्रति नकारात्मक समाचार बाहिर गएको बताउनुभयो। उहाँले सांसदको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरेर संसदमा बस्ने र नबस्ने सांसदको सही मूल्याङ्कन हुनुपर्ने बताउनुभएको हो। त्यस्तै, सांसद मनकुमारी जिसीले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले प्राथमिक तहदेखि उच्च माविसम्मका शिक्षकको माग सम्बोधन नभएसम्म गुणस्तरिय शिक्षा हुन नसक्ने बताउनुभयो। सांसद जिसीले सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधनमा ध्यान नदिएको बताउनुभयो।सांसद महेश बस्नेतले केही जनप्रतिनिधिले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने, नेता र कायकर्ताको बदनाम गराउने अन्तर्राष्ट्रिय तत्त्वहरु रहेको दाबी गर्नुभयो। उहाँले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानुनी कारबाही गर्न आग्रह गर्नुभयो। सांसद बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाको उचित समय र क्षतिपूर्ति दिनुपर्ने माग राख्नुभयो। उहाँले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै सांसद मीना पाण्डेले नागरिकता विधेयक राष्ट्रपतिले रोक्न नहुने बताउनुभयो। उहाँले विधेयकमा अङ्गीकृत नागरिकतालाई खुला नगरेको भन्दै राष्ट्रपति त्यही समस्यामा अल्झिन नहुने बताउनुभयो।त्यस्तै सांसद यज्ञराज सुनुवारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले उठाएका गम्भीर सवालमा सरकार र महाभियोगमा हस्ताक्षर गर्ने सांसद नबोल्दा संशय पैदा भएको बताउनुभयो। उहाँले महाभियोगलाई मङ्सिर ४ गतेको निर्वाचनमार्फत जनअभियोगमा रुपान्तरण गर्ने प्रयास भइरहेको हो ? भन्ने प्रश्न उठेको बताउनुभयो।त्यस्तै सांसद यशोदा गुरुङ सुवेदीले सार्वभौम संसदलाई निर्देशन गर्ने अधिकार निर्वाचन आयोगलाई नभएको बताउनुभयो। उहाँले निर्वाचन आयोगले असोज १ गते राति १२ बजेपछि संसदको अवधि सकिने भन्ने पत्र पठाएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले विदेशी नागरिकले नेपालको नागरिकता प्राप्त गर्दा समानता र राष्ट्रियता दुवै विषयलाई गम्भीररुपमा लिनुपर्ने बताउनुभयो। नागरिकता विधेयकमा राष्ट्रिय सहमति नबनेको अवस्थामा प्रस्तुत विधेयक राष्ट्रपतिले तत्काल पास गर्नुपर्ने बताउनुभयो।त्यस्तै सांसद राजन केसीले संसद्लाई निर्वाचन आयोगले चिनाउने वा संसद्ले चिनाउने स्पष्ट हुनुपर्ने बताउनुभयो। उहाँले सांसद निर्वाचित भएर शपथ नखाएसम्म संसद्को कार्यकाल सुरु नहुने व्यवस्था रहेको बताउनुभयो।
डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
डेंगु रोग नियन्त्रण गर्न सरकारसँग सांसदको माग
राष्ट्रियसभा बैठकमा सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् ।
चिनियाँ नेता लीले भन्नुभयो, ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।
दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत
राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, र सार्वजनिक ऋण व्यवस्था विधेयकलाई ददफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
राष्ट्रपति भण्डारीबाट पाँच विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी गौतमलाई
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग छानबिन गर्न गठित सो समितिको मङ्गलवार सिंहदरबारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बन्द चिनियाँ नाका खोल्न अध्यक्ष तिमिल्सिनाको अनुरोध
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बन्द रहेका तातोपानी, केरुङ र कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुलाई अनुरोध गर्नुभएको छ ।
नेपाल र चीनको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता
सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच छलफल भएको छ ।
मन्त्रीलाई निर्वाचन प्रचारमा रोक लगाउनु हुँदैन : नेता श्रेष्ठ
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउनेगरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ । बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने हुनाले निर्वाचन प्रचार प्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उहाँको भनाइ छ ।
मध्यपुरथिमिमा आज राति भव्यरूपमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा
‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला ।
बेपत्ता र सत्य निरुपण आयोग विधेयक पारित गर्न ढिला गर्नुहुँदैन : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संसदबाट पारित गर्न ढिलाई गर्न नहुने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्नुहुँदै विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले प्रतिनिधि सभा बैठक स्थगित भएको जानकारी दिनुभयो ।
नवनिर्वाचित समिति सभापतिको शपथ
राष्ट्रिय सभा अन्तर्गत चार वटा विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।
सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहीवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।
आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुन्छ : ऊर्जामन्त्री भुसाल
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको हो ।
डेङ्गु तत्काल नियन्त्रण गर्न सांसदको माग
प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो ।
नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत
बुधबार बसेको प्रतिनिधिसभा बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।