• १३ असोज २०८१, आइतबार

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा

blog

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद शर्माको प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको दुर्गाप्रसाद शर्मा ।

काठमाडौं, वैशाख ५ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद  तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त हुनुभएको छ । तिमिल्सिनाले शर्मालाई मङ्गलबार प्रेस सल्लाहकार नियुक्त गर्नुभएको हो ।

पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा हुनुहुन्छ । विसं २०५६ मा न्यू धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिककाे सम्पादक हुनुहुन्थ्यो ।

उहाँले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायतका सञ्चार संस्थामा काम गर्नुभएको छ । शर्मा प्रेस चौतारी नेपालको पूर्ववरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ । रासस