• १३ असोज २०८१, आइतबार

प्रदूषण नियन्त्रण र रोकथामबारे जानकारी गराउन सांसद डाँगीको माग

blog

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगी ।

काठमाडौं, वैशाख ५ गते। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसद्लाई जानकारी गराउनुपर्ने बताउनुभएको हो। काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताउनु भएको हो। 

उहाँले भन्नुभयो, ‘‘नयाँ वर्षको आगमनसँगै एउटा नयाँ चिन्ता आगमन भएको छ। काठमाडौं संसारकै प्रदूषित सहरको पहिलो सूचीमा परेको छ। काठमाडौंका एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्याण्डको चियाङमाई सहर रहेको छ। यसरी काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पर्ने घटना पहिलो पटक भने होइन। वायु प्रदूषण नियन्त्रण र रोकथामका लागि अल्पकालीन, मध्याकालीन र दीर्घकालीन योजना के के बनाइएका छन् ? तिनको कार्यान्वयनको अवस्था के, कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिनका लागि सभामुखमार्फत अनुरोध गर्छु।’

सांसद डाँगीले काठमाडौं प्रदूषित हुँदै जाँदा सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो।