• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभा बैठक आज बस्दै

blog

काठमाडौं, वैशाख ६ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।