क्रसर उद्योग नवीकरण गरी व्यवसायीका माग सम्बोधन गर्न सांसद चौधरीको माग
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै चौधरीले यस्तो बताउनुभएको हो ।
बुधबारको प्रतिनिधि सभा बैठक
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत
पूर्वअर्थमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मापदण्ड विपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताउनुभएको छ ।
शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छुः शिक्षामन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताउनुभएको छ । मङ्गलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उहाँले यस्तो बताउनुभएको हो ।
आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड
आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरुले जोड दिनुभएको छ ।
खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद भएको सांसदको गुनासो
प्रतिनिधि सभा बैठकमा विभिन्न सातवटा मन्त्रालय तथा निकायको खर्च कटौतीका लागि १२ वटा प्रस्ताव प्रस्तुत भएका छन् । बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफल जारी छ ।
विपदबाट नागरिक जोगाउने पूर्वतयारी बारेमा सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा बैठकमा सांसदहरूले मनसुनलगायतका विपदबाट आम नागरिकलाई जोगाउनका लागि पूर्वतयारी, उद्धार तथा राहतको विशेष प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरियो : प्रमुख सचेतक शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिनुभएको छ ।
संसदमा बजेटमाथिको छलफलको कुनै अर्थ छैन : सांसद सिंह
प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभएको छ ।
संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तद्वारा ध्यानाकर्षण
नेकपा(एमाले)का सांसद रघुजी पन्तले सङ्घीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
करको व्यवस्थापन तटस्थ हुनुपर्छ : डा. राणा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको आरोप लगाउनुभएको छ ।
नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सुझाव दिनुभएको छ ।
सरकारले पकेट बैङ्कबाट योजना छनोट गरेर बजेट ल्यायो : एमाले सचिव भट्टराई
नेकपा (एमाले) सचिव योगेशकुमार भट्टराईले योजना बैङ्कबाट भन्दा पनि सरकारले पकेट बैङ्कबाट योजना छनोट गरेर बजेट ल्याएको बताउनुभएको छ।
खर्च कटौतीको प्रस्ताव प्रस्तुत
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्याउन प्रस्ताव
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्याउन प्रस्ताव गर्नुभएको छ ।
‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ संसदमा पेस
नेपाल सरकारले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ सङ्घीय संसदमा गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक
जब सांसदले बोल्दै गरेको रोस्टम नै विदेशी काठबाट बनेको भनेपछि.....
स्वदेशी काठ उत्पादन र बिक्रीवितरणमा विद्यमान नीतिगत झन्झटप्रतिको आक्रोश सर्वसाधारणले पोख्दै आएको धेरै भयो । शुक्रबार भने सांसदहरुले नै सदनमा त्यस्तै आक्रोश पोख्नुभएको छ ।
सरकारले ढिला नगरी पर्यटनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : एमाले सचेतक बराल
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सचेतक सुनिता बरालले पर्यटनसम्बन्धी ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गर्नुभएको छ ।
गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँः सांसद गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद गौतमले नेपालमा सङ्ख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने बताउनुभएको हो ।
प्रतिनिधिसभामा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत गरिएका छन् ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन सांसद चौधरीको माग
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ ।