नेपाली महिलालाई गैरकानुनीरुपमा कुवेत पुर्याइएकामा सरकारको ध्यानाकर्षण
सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनीरुपमा कुवेतलगायतका देशमा पुर्याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
तराई/मधेशका जिल्लामा शान्ति सुरक्षा बिग्रियो : सांसद थपलिया
नेकपा (एमाले) का सांसद सम्झना थपलियाले सिरहालगायतका तराई/मधेशका जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस् : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने, विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूचि छ ।
छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गर्नुभएको छ।
छाउगोठविरुद्ध जनचेतना जगाउने अभियान चलाउन सांसद देउवाको माग
नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले छाउगोठविरुद्ध जनचेतना जगाउन व्यापक अभियान चलाउन सरकारसँग माग गर्नुभएको छ।
राष्ट्रियसभा बैठक सुरु
राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा विशेष समयमा अहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहनुभएको छ ।
प्रतिनिधिसभा बैठक : सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई पक्राउ गर्न माग
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गर्नुभएको छ । उहाँले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गर्नुभयो ।
प्रतिनिधिसभा बैठक सुरु
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
आठ प्रदेश सभा सदस्यले फिर्ता गरेनन् ल्यापटप
सुदूरपश्चिम प्रदेश सभाका आठ जना प्रदेश सभा सदस्यले प्रदेश सभा सचिवालयले दिएको ल्यापटप लगायतको सामान फिर्ता दिएका छैनन्।
सूचना टाँस गरेर बागमती प्रदेश सभा बैठक स्थगित
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको शुक्रबारको प्रदेश सभाको बैठक दोस्रो पटक पनि सूचना टाँस गरेर स्थगित गरेको हो ।
प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
सङ्घीय संसद, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
सञ्चार मन्त्रालयको बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ (पूर्णपाठ)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिनुभएको छ।
सरकारले ११७ वटा विधेयकलाई अगाडि बढाउन लागेको छ : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई सङ्घीय संसदबाट अगाडि बढाउने तयारी गरिरहेको बताउनुभएको छ ।
रासायनिक मलको अभाव हुँदैनः मन्त्री साह
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
सामाजिक सद्भाव बिगार्ने छुट कसैलाई छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सहकारीको समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
राजदूतको नियुक्तिलाई थप व्यवस्थित एवम् मर्यादित बनाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवम् कार्यसम्पादनमा आधारित बनाइने बताउनुभयो ।
रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयनमा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताउनुभएको छ ।
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले सो जानकारी गराउनुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
सन्धि सम्झौतासहित महत्त्वपूर्ण दस्ताबेज डिजिटल अर्काइभ गर्नुपर्छ : एमाले सचेतक बराल
नेकपा (एमाले) संसदीय दलकी सचेतक सुनिता बरालले प्रभावकारी आर्थिक कूटनीति प्रवर्द्धन गर्नका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ।
प्रतिनिधि सभा बैठक : दुधको भुक्तानी गर्न सांसदहरुको माग
प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दुधको भुक्तानी तत्काल दिन माग गर्नुभएको छ । किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।