संसदमा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दो : वामदेव गौतम
राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण सङ्घीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ ।
राष्ट्रियसभा: त्रिविमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
सदनमा अड्किएका विधेयकको अवस्था हेर्न विशेष संसदीय समिति गठन गर्नुपर्छ : सांसद दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको शून्य समय : तुइनबाट खसेर मृत्यु हुने घटना बढ्दो
तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक जारी छ ।
सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल सुरु हुन सकेन
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा अझै छलफल हुन सकेको छैन । बजेट पारित गर्नुपर्ने समय सीमा नजिकिए पनि सत्तारुढ दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यको असन्तुष्टिका कारण बजेटमा छलफल हुन नसकेको हो ।
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सोमबारको दोस्रो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।
प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित
प्रतिनिधिसभाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । सोमबार बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको हो ।
यौन हिंसा नियन्त्रणका लागि सुधार आवश्यक : कानुनमन्त्री कोइराला
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको जरुरी रहेको बताउनुभएको छ ।