• १० मंसिर २०८१, सोमबार

सिटीलाई लगातार चौथो पटक प्रिमियर लिग उपाधि

blog

उपाधि चुमेपछि म्यानचेस्टर सिटीका खेलाडी । तस्बिर : बीबीसी

काठमाडौँ, जेठ ७ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा वेस्टहाम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

यससँगै सिटीले लगातार चौथो पटक लिग उपाधि चुम्ने क्लो क्लब बनेको छ । घरेलु मैदान इत्तिहादमा सिटीलाई जिताउन फिल फोडेनले दुई तथा रोड्रिले एक गोल गर्नुभयो । वेस्टहामका मोहमद कुडुसले सान्त्वना गोल फर्काउनुभयो । पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल थपेको थियो ।

फोडेनले खेल सुरुभएको दोस्रो र १८औँ मिनेटमा लगातार दुई गोल गर्दै सिटीको उत्साह बढाउनुभयो । रोड्रिले ५९औँ मिनेटमा गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । यसअघि ४२औँ मिनेटमा वेस्टहामका कुडुसले एक गोल फर्काउनुभएको थियो । 

जितसँगै सिटीले ३८ खेलबाट ९१ अङ्क बनायो । २८ खेलमा जित, सात बराबर र तीन हार खेपेको थियो । सिटीको जितसँगै आर्सनल दोस्रो भयो । आइतबार राति नै भएको अन्तिम खेलमा आर्सनलले एभर्टनलाई २–१ गोलले पराजित गरेको थियो ।

आर्सनलले ३८ खेलबाट ८९ अङ्क बनायो । तेस्रो भएको लिभरपुलले समान खेलबाट ८२ अङ्क र चौथो भएको एस्टन भिल्लाले ६८ अङ्क जोड्दै च्याम्पियन्स लिगमा छनोट भएको छ । एजेन्सी