ग्यासको खपत बिस प्रतिशतले वृद्धि
चिसो मौसम सुरु भएसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत बढ्न थालेको छ । अन्य समयको तुलनामा चिसो समयमा ग्यासको प्रयोग धेरै हुने हुँदा खपत बढेको हो ।
वैदेशिक सहायतामा उल्लेख्य वृद्धि
नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य वृद्धि भएको छ ।
सञ्चालक सेयर बिक्री व्यवस्था सच्याउन माग
नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घले सञ्चालकको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामापछि पनि एक वर्षसम्म बेच्न नपाउने व्यवस्था अव्यावहारिक भएको जनाएको छ ।
आयातनिर्यात व्यापारमा सुधार
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मङ्सिर) मा नेपालको आयातनिर्यातमा सुधार आएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयातनिर्यात दुवैमा सुधार आएको हो ।
रवि, छविसहित ४४ जनाविरुद्ध मुद्दा
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ।
नेपाललाई ‘ग्रे लिस्ट’ मा पर्न नदिऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारका लागि सबैले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।
केही नेपाल ऐन संशोधन विधेयक : फौजदारी मुद्दा फिर्ता नहुने
राज्यसँगको राजनीतिक सहमतिका आधारमा शान्तिपूर्ण राजनीतिमा आएका राजनीतिक दल वा समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने प्रस्तावित व्यवस्थाबाट सरकार पछाडि हटेको छ ।
पासो थाप्ने सिकारी नै बने बाघको सिकार
बाघलाई मार्न राखिएको पासोमा उल्टै सिकारी परेर बाघको सिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ ।
ठगीमा संलग्न चार पक्राउ
ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । सुनजस्तो पहेँलो धातु देखाएर सक्कली गरगहना ठगी गर्ने चार जना युवालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो ।
कुलत र दुर्व्यसनबाट मुक्त गराउन खेलकुद्
बालबालिकालाई लागुपदार्थ र दुब्र्यसनको कुलतबाट मुक्त गराउने उद्देश्यले नवलपुरमा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
यो सरकारको विकल्प छैन : नेता ढुङ्गेल
नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले यो मुलुकको विकासका लागि वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको छ । आइतबार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीसँगको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सासूको हत्या आरोपमा एक पक्राउ
काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका १ गैरीगाउँमा ज्वाइँले सासुको हत्या गरेको घटना सार्वजनिक भएको छ । सासुको हत्या गरेको आरोपमा जिल्ला प्रहरी मण्डनदेउपुर नगरपालिका २ का २८ बर्षका सुकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
छुट्टै विद्यालयका लागि नीति निर्माण गर्न माग
मधेश प्रदेशको जिल्लामा अपाङ्गता भएका बालबालिकाको पठनपाठनका लागि छुट्टै विद्यालय हुनुपर्ने नीति निर्माण गर्न माग गरिएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी मूल नारासाथ राष्ट्रिय बाल अधिकार परिषदले सेभ द चिल्ड्रेनको सहयोग र एकीकृत हातेमालो समाज नेपालको समन्वयमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार कार्यक्रम आयोजना गरिएको हो ।
ढुङ्गा प्रहारबाट घाइते वृद्धाको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घाइते ६५ वर्षीया विष्णुुमाया बोम्जनको आइतबार बिहान मृत्युु भएको हो ।
५० जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया
नागार्जुन नगरपालिका वडा – १ ले ५० जना वडावासीको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्ने कार्य सम्पन्न गरेको छ। उक्त मोतिबिन्दुको सल्यक्रिया वडाले आफ्नै प्रशासनिक पहल र खर्चमा सम्पन्न गरेको, वडाका अध्यक्ष रामेश्वर लामाले जानकारी दिनुभयो।
आधा किलो बढी सुनसहित दुई पक्राउ
अवैध रुपमा भित्र्याएको सुनसहित दुई भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको उत्तरप्रदेश मोहला बजार २ पलियाखिरी बस्ने वर्ष ४४ का दिपक गुप्ता र सोही ठाउँका ३४ वर्षका सुमित बर्मालाई पक्राउ गरेको हो ।
आलोचनात्मक पत्रकारिताको खाँचो : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै त्यसलाई रोक्न सञ्चारकर्मी स्वयम् सचेत बन्नुपर्ने बताउनुभएको छ ।
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ ।
महाकालीको धार परिवर्तन गर्दै गरेको भारतीय जेसिबी नियन्त्रणमा
नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालक (अपरेटर) लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर
जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दिउँसो अभियोगपत्र दर्ता गराएको हो ।
राज्यमन्त्री बमलाई अस्पतालबाट डिस्चार्ज गरिँदै
सवारी दुर्घटनामा घाइते हुनु भएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमलाई उपचार पश्चात आज डिस्चार्ज गरिदैंछ ।
विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे
सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना : ३८ जनाको मृत्यु
दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
लहानमा बालश्रमिकको सङ्ख्या बढ्दो
लहानमा दलित विपन्न बालबालिकाहरु बालश्रमिक भएर काम गरिरहेको यत्रतत्र देखिएपनि यसलाई रोक्न कुनै पहल हुन नसकिरहेकोमा अधिकारकर्मीहरुले चिन्ता जनाएका छन्।