पशुपतिको ढुकुटीमा १७ किलो सुन
पशुपतिनाथको ढुकुटीमा १७ किलो ५३८ ग्राम सुन र ४९१ किलो चाँदी भेटिएको छ । पशुपतिनाथको मूल ढुकुटीमा के कति धनमाल होला भन्ने आम नागरिकको चासो भइरहेका बेला पशुपति क्षेत्र विकास कोषले एक अध्ययन गरी यो तथ्य सार्वजनिक गरेको छ । वि.सं. २०१९ देखि २०७५ सालसम्मको विवरणमा यो सम्पत्ति देखिएको हो । त्यसपछि जम्मा भएको ढुकुुटीको लेखा बाहिर ल्याइएको छैन ।
खोलामा डुबेर एक जनाको मृत्यू
रेखीराम रानापाल्पा, जेठ ५ गते । तिनाउ खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । बिहीबार दिउँशो ३ बजेतिर तिनाउ गाउँपालिका–३, स्थित तिनाउ खोलामा फोटो खिच्दै पौडी खेल्ने क्रममा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको हो । साथीहरूसँगै पौडी खेल्ने क्रममा अचानक खोलामा बेपत्ता भएका अलीलाई प्रहरीको सहायताबाट खोजतलास गरेर भेटिएपछि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । अस्पतालका चिकित्सकले अलीको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
मतगणनास्थलमा कुटिएर घाइते भएका शाहीको मृत्युु
खार्पुुनाथ गाउँपालिका केन्द्र याङ्चुु बजारमा मतगणनास्थल बाहिर कुटिएर घाइते भएका छत्तबहादुुर शाहीको मृत्युु भएको छ । उहाँको नेपालगंजस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्युु भएको हो ।
गोरखा नगर प्रमुखमा माओवादी केन्द्रका राना र उपप्रमुखमा थोकर विजयी
गोरखा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर रानामगर विजयी हुनुभएको छ । उपप्रमुख भने नेपाली काँग्रेसकी मसलीमायाँ थोकर (सपना पुन) ले जित्नुभएको छ । नगरप्रमुखमा विजयी रानाले ८ हजार ९६४ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजनराज पन्तले ७ हजार १०८ मत प्राप्त गर्नुभएको छ ।
सुनकोशीमा एमालेका टपिन्द्र र काँग्रेसकी कान्छीमाया विजयी
सुनकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका टपिन्द्र तिमल्सिना र उपाध्यक्षमा काँग्रेसकी कान्छीमाया तामाङ विजयी भएका छन् । अध्यक्ष तिमल्सिनाले ५ हजार ९३२ मत र उहाँका निकटतम प्रतिद्वन्द्वीकाँग्रेसका श्रवणकुमार जिसीले ५ हजार ७९१ मत ल्याउनु भएको छ ।
महोत्तरीमा थप दुई पालिका जसपा र एकमा लोसपा विजय
महोत्तरी जिल्लामा रहेको १५ पालिकाहरु मध्ये अहिलेसम्म पाँच पालिकाको परिणाम आएको छ । वुधबार साँझसम्म तीन पालिकाको परिणाम प्राप्त भएको थियो भने बिहीबार थप दुई पालिकाको मतगणनाको परिणाम प्राप्त भएको छ ।
फोहोरको थुप्रोमा पानी पर्दा सहर दुर्गन्धित
डिल्लीबजार वसन्तेश्वर महादेव मन्दिर छेउको किराना पसलका विमल थापाले छेवैमा थुपारिएका फोहोरको दुर्गन्धका कारण खाना, खाजा खान सक्नुभएको छैन । उहाँले भन्नुभयो, “राति पसल बन्द गरेर जाँदा सडकमा फोहोर खासै हुँदैन ।
विजय जुलुसको गाडी दुर्घटना हुँदा २६ घाइते
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० को विजय जुलुसको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । नेकपा एमालेको विजयी जुलुसको गाडी सिद्धार्थनगर १० को शंकरपुरमा दुर्घटनामा परेको हो । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
महोत्तरीमा तीनवटा पालिकामा बेग्लाबेग्लै पार्टीका प्रमुखहरु विजयी
महोत्तरी जिल्लामा रहेको १५ पालिकाहरुको मतगणनाको परिणामहरु आउन थालेको छ । बुधबार जिल्लाको तीन पालिकाको परिणाम सार्वजनिक भएको छ । जसमा रामगोपालपुर, मनरासिश्वा नगरपालिका र महोत्तरी गाउँपालिका रहेका छन् ।