• ७ जेठ २०८१, सोमबार

खोलामा डुबेर एक जनाको मृत्यू

blog

रेखीराम राना

पाल्पा, जेठ ५ गते । तिनाउ खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । बिहीबार दिउँशो ३ बजेतिर तिनाउ गाउँपालिका–३, स्थित तिनाउ खोलामा फोटो खिच्दै पौडी खेल्ने क्रममा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको हो । 

साथीहरूसँगै पौडी खेल्ने क्रममा अचानक खोलामा बेपत्ता भएका अलीलाई प्रहरीको सहायताबाट खोजतलास गरेर भेटिएपछि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । 

अस्पतालका चिकित्सकले अलीको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।