• १७ असार २०८१, सोमबार

विजय जुलुसको गाडी दुर्घटना हुँदा २६ घाइते

blog

लक्ष्मण पौडेल

भैरहवा, जेठ ४ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० को विजय जुलुसको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । नेकपा एमालेको विजयी जुलुसको गाडी सिद्धार्थनगर १० को शङ्करपुरमा दुर्घटनामा परेको हो ।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । घाइतेमध्ये ६ को अवस्था गम्भीर छ भने अन्य २० घाइतेको अवस्था मध्यम छ ।

मतगणनास्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको एमालेको जुलुस सिद्धार्थनगर १० को शङ्करपुरमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार विजय जुलुसका सहभागी बोकेर हिंडेको उक्त मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको थियो ।

सिद्धार्थनगर १० बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका सुर्जमन यादव अहिर विजयी हुनुभएको छ । उहाँ एक हजार एक मत ल्याएर विजयी बन्नुभएको हो ।