समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
बाँदरले पनि खाँदैन जङ्गली फल, बाँदरका कारण किसान विस्थापित
वनमा यतिखेर काफल, कोइरालो, बेडु, तिमिलो, ऐँसेलु, चुत्रो, मछाइनोलगायत दर्जनौँ जङ्गली फल लटरम्म फलेका छन् तर बाँदर ग्रामीण किसानको बारीमा गहुँ, केराउ, मुसुरो खान पल्केको छ ।
नाङ्गो तार हटाउँदै प्राधिकरण
कञ्चनपुरको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा ‘कभर कन्डक्टर’ जडान कार्य अगाडि बढाइएको छ ।
स्वार्थमा प्रयोग हुँदै मन्थली विमानस्थल
रामेछापस्थित मन्थली विमानस्थल यतिबेला सुनसान बनेको छ । अबको केही दिनपछि भने यो विमानस्थलमा उडान र अवतरण गर्न विमान कम्पनीले पालो पर्खनुपर्ने हुन्छ । सरकारले सगरमाथा क्षेत्र
हिउँ छिचोलेर लिमी फर्किंदै स्थानीय
जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को चार हजार ६७० मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोलेर स्थानीय बासिन्दा लिमी पुग्नुपर्ने बाध्यता आइलागेको छ । काम विशेषले लिमीको हल्जी गाउँका स्थानीय गाउँ फिर्ता हुनका लागि नाराको हिउँ छिचोलेर जानु परेको हो ।
कर्णालीमा ‘फोरजी’ सेवा विस्तार
कर्णालीका ७२ पालिकामा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ । ७९ वटा स्थानीय तह रहेको प्रदेशका अधिकांश पालिकामा फोरजी सेवा पुगिसकेको छ । अब सात वटा पालिका बाँकी छन् ।
जनचेतनाको कमीले बालविवाह
रुकुमपश्चिममा बालविवाह बढ्नुको कारण जनचेतनाको कमी नै मुख्य कारण रहेको सरोकारवालाले जनाएका छन् । बुधबार खलङ्गामा समता फाउन्डेसनले आयोजना गरेको यौन तथा प्रजनन
कागजमा सरकारी विद्यालय, बिजुलीको पोलमा साइनबोर्ड
सप्तरीको रूपनी गाउँपालिका–४ स्थित पम्प नहरको डिलमा रहेको एउटा बिजुलीको पोलमा ‘श्री राष्ट्रिय प्राथमिक विद्यालय, विष्णुपुर गाउँपालिका १ खुरहुरिया (उत्तर टोल), स्थापना २०६७’ अङ्कित
सवारी दुर्घटनामा एकको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ लोथरमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रवार बिहान ३ बजेर १५ मिनेटको समयमा दुर्घटना हुँदा म्याजिक गाडीका चालक मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो ।
जापानी सहयोगको अपेक्षा
लामो समयसम्म गरिबीको चपेटामा परेको नेपाल स्तरोन्नतिको गृहकार्यमा जुटेको छ ।
खाँचो निर्मम समीक्षा अनि सङ्कल्प
लोकतन्त्र गतिशील राजनीतिक प्रणाली हो ।
गहुँवालीको अनुसन्धान सुरु
पर्वत, चैत १४ गते । पर्वतमा आठ प्रजातिका गहुँवालीबारे अनुसन्धान गर्न थालिएको छ । राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवाले पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका प्रजनन गहुँमाथि अनुसन्धान सुरु गरेको जनाएको छ । सरकारको जलवायु अनुकूलन गहुँ खेती प्रविधि कार्यक्रमअन्तर्गत मध्यपहाडी भेगमा पहिलो पटक गहुँबारे अनुसन्धान थालिएको केन्द्रले जनाएको छ । कुन स्थानमा कुन प्रजातिको गहुँखेती गर्दा कृषकले राम्रो उत्पादन लिन सक्छन्, कुन हावापानी र मौसम तथा भौगोलिक स्थानमा कुन प्रजाति सुहाउँदो छ भन्ने विषयमा अनुसन्धान थालिएको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाका वरिष्ठ कृष्ण विकास अधिकृत खेमराज पन्तले जानकारी दिनुभयो । फलेवास नगरपालिका वडा नं। ६ का अगुुवा कृषक रमेश चापागाईंले कृषि प्राविधिक नै खेतवारीमा आएर गहुँको अनुसन्धान गर्दा आफूहरुलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताउनुभयो । बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइको अभाव जस्ता कारणले कृषकहरुको गहुँखेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गर्ने फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले बताउनुभयो । गहुँका विभिन्न आठ प्रजनन बीउको अनुसन्धान गरिएकोमा अहिलेसम्म चार जात सिफारिसका लागि छनौट भएको उहाँले बताउनभयो । वरिष्ठ कृषि विकास अधिकृत पन्तका अनुसार अनुसन्धानपछि एन एल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जातको गहुँ खेतीका लागि सिफारिसको तयारी गरेको बताउनुभयो । यी प्रजाति समुद्र सतहदेखि आठ सय मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ । केन्द्रले फलेवास नगरपालिका–६ देवीस्थानका १२ जना किसानको खेतमा अनुसन्धान गरेको हो । शिवशक्ति कृषि तथा पशुपन्क्षी कृषि फर्ममा आबद्ध १२ जना किसानको ४० रोपनी क्षेत्रफलमा गरिएको गहुँ खेतीमा अनुसन्धान गरिएको थियो ।
नसर्ने रोगका कारक मदिरा
मदिरा र मदिराजन्य पेय पदार्थमा इथानोल नामक रसायन हुन्छ, जसमा निर्भरता बढाउने गुणहरू हुनुका साथै त्यो एक साइकोएक्टिभ र विषाक्त पदार्थ हो ।
आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौँ, चैत १५ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा आज राति हल्का हिमपात र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यो अशान्ति मच्चाउने बेला होइन
आज यो कार्यक्रम आयोजना गरेर बहुतै महत्वपूर्ण काम भएको छ । यसमा लामो समय लाग्यो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, चैत १५ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३ रुपैयाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
घुस रकमसहित प्रहरीका सइ पक्राउ
रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
पिशाच चतुर्दशी (पाँचह्रे) पर्व
पिशाच चतुर्दशी नेवार समुदायको एक विशेष पर्व हो ।
कुबेरको ‘मेरो जीवन तिमी’
गायक कुबेर तामाङको गीत ‘मेरो जीवन तिमी’ सार्वजनिक गरिएको छ । गायक तामाङको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको छ । गीतमा तामाङकै शब्द र स्वर रहेको छ ।
भ्रूण–समाधि यात्रा बुझाउने नाटक
संसारका सबै सजीवको जीवन भू्रणबाट सुरु हुन्छ, मृत्युमा पुगेर टुङ्गिन्छ । यी दुई परिघटनाबिचको अवधि नै जीवन हो । जीवनलाई बुझ्ने, बुझाउने अनेक शास्त्र, कला, विधा छन् ।
आज पाँहाचह्रे पर्व मनाइँदै
स्थानीय नेवार समुदायको दसैँपछिको ठुलो पर्व पाँहाचह्रे शुक्रबार (आज) मनाइँदै छ ।
औद्योगिक प्रदर्शनी सुरु
चितवन उद्योग सङ्घको आयोजनामा भरतपुरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा जुत्ताचप्पल मेला सुरु भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मेलाको उद्घाटन गर्नुभयो ।
‘कार्बन बिक्रीबापतको रकम विपन्नको हितमा लगाउनु पर्छ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत प्राप्त भएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताउनुभएको छ ।