डढेलो नियन्त्रण प्रभावकारी
वन डढेलो नियन्त्रण गर्न दस्ता निर्माण गरी परिचालन गरिएपछि डढेलो नियन्त्रण अभियान प्रभावकारी भएको छ ।
पालो कुर्नुपर्ने अवस्था अन्त्य
लुम्बिनी प्रादेशिक अस्पतालले इन्डोस्कोपी सेवाका लागि महिनौँ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै दैनिक रूपमा सेवा सुरु गरेको छ ।
बालविवाहविरुद्धका अभियन्ता नै जोखिममा
कालीकोटमा बालविवाहविरुद्धको अभियानमा जुटेका अभियन्ता नै जोखिममा परेका छन् ।
शरीरमा राखिएका रड र किला निकालियो
सवारी दुर्घटनामा परेर खुट्टा भाँचिएका ताप्लेजुङ आङ्खोप निवासी शुव्रmराज लिम्बूले विराटनगर पुगेर स्टिल राख्नुभएको थियो । उहाँको खुट्टामा राखिएको स्टिल दुई वर्षअगाडि नै झिकिसक्नुपर्नेमा उपचार खर्चको अभावले उहाँ अस्पताल जान नसक्नु भएपछि उल्टो असर पर्न थालेको थियो ।
प्रदेश सरकारको जलाधार संरक्षण नीति
कर्णाली प्रदेश सरकारले जलाधार संरक्षण नीति अवलम्बन गरेको छ । प्रदेशका विभिन्न जिल्लामा सम्भावित स्थान छनोट गरी जलाधार संरक्षणको योजना अनुरूप काम गर्न लागिएको हो ।
मानसिक स्वास्थ्य उपचारमा बजेट बढाउन सुझाव
दिनदिनै बढ्दै गएको मानसिक स्वास्थ्यको उपचारको क्षेत्रमा बजेट बढाउन सुझाव दिइएको छ ।
चैतदेखि असारसम्म रारा घुम्ने मौसम
यतिबेला नेपालको सबभन्दा ठुलो रारा ताल घुम्ने मौसम सुरु भएको छ । अन्य मौसमभन्दा चैतदेखि असार महिनासम्मको समयलाई रारा ताल भ्रमणका लागि उपयुक्त मानिन्छ ।
‘खोकी न सोकी क्षयरोग पो हो कि ?’
‘खोकी न सोकी क्षयरोग पो हो कि ?’ भन्दै स्वास्थ्यकर्मीको टोली क्षयरोग पत्ता लगाउन गाउँ गाउँ पुग्न थालेका छन् ।
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् ।
सुदूरपश्चिमको पुँजीगत बजेट १४.६४ प्रतिशत खर्च
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म दुई अर्ब ७४ करोड ५९ लाख रुपियाँ पुँजीगत (विकास बजेट) खर्च गरेको छ ।
विदेशका दुःखले सिकायो पौरखी बन्न
“दुःख र अपमान खानाकी तै विदश झानैन, गाडा खुनला सियारी पाठो बाकरो पाल्लौ !”
छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल
जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ ।
चम्घाका घरघरमा खानेपानी धारा
घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् । पहाडी क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, चैत १४ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो पनि हिजोको भन्दा घटेको हो । बुधबार युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा कायम भएको थियो ।यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको विनिमयदर पनि घटेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३७ पैसा, स्विस फ््र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ९० पैसा र बिक्रीदर १५५ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९६ रूपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ११ पैसा र बिक्रीदर नौ रूपैयाँ १५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको छ ।केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०३ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०३ पैसामा विनिमय हुनेछ ।साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८० पैसा र बिक्रीदर १९ रूपैयाँ ८८ पैसा तोकिएको छ ।त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर
पर्सा, चैत १४ गते । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको होे ।अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर–७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ रु एक करोड ६५ लाख ६० हजार पाँच सय ९३ र मूल्यअभिवृद्धि करतर्फ रु ५८ लाख ३७ हजार छ सय ८३ गरी कूल रु दुई करोड २३ लाख ९८ हजार दुई सय ७६ बिगो कायम गरिएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा २३ ९१० बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने रु चार करोड ४७ लाख ९६ हजार पाँच सय ५३ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको हो । यसैगरी वीरगञ्ज महानगर–१६ का सञ्जयकुमार कुर्मीले शिव शन्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ रु १९ लाख ६० हजार १५१ र मूल्यअभिवृद्धिकरतर्फ बिगो रु १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार २१४ को शतप्रतिशत जरिवाना गरी रु ५९ लाख ९८ हजार चार सय २८ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको छ । अस्थायी इजलासमा हालसम्म राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनियम अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भएका छन् ।
बुढीगण्डकी नदीमा डुबेर वालकको मृत्यु
गुणबहादुर रोकासुलीकोट, चैत १४ गते । गोरखाको बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका – १ का १६ वर्षीय युनिश गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आरुघाट गाउँपालिका – ४ स्थित थुमिमा एसइई दिएर बुधबार साँझ बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए । बुधवार बेलुका ७ बजेको समयमा थुमिस्थित बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बुढीगण्डकीले बगाएछ, प्रहरी नायब उपरीक्षक सुबेदीले भन्नुभयो, “हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी आर्खेतबाट गएको प्रहरी टोली घटनास्थल तर्फ पुगी खोजतलासमा खटियो ।”खोजतलासको क्रममा स्थानीय र प्रहरीको संयुक्त टोलीले बगाएको स्थानदेखि करिब एक किलोमिटर तल गुरु मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सुबेदीको भनाई छ । उक्त घट्नाबारे प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतककाे शवलाई पोस्टमार्टमका लागि राती १२ बजे जिल्ला अस्पताल गोरखामा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । त्यस घट्नाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पुतलीको जीवन सुरक्षा
जलवायु परिवर्तनको असर सर्वत्र देखिन थालेको छ । तापमान वृद्धिले सबैको जीवन प्रभावित मात्र होइन, जोखिममा पर्ने खतरा बढेको छ । औद्योगिक युग सुरु भएयता जैविक इन्धनको अत्यधिक उत्सर्जनले सबैको साझा घर पृथ्वी तात्न थाल्दा विभिन्न चुनौती थपिएका हुन् ।
समृद्धि हासिल गर्न वनको उपयोग
आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा ल्याइएको नेपालको सोह्रौँ पञ्चवर्षीय योजनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन राष्ट्रिय सोच राखेको छ ।
खोजी उन्नत संस्कार
नागरिकले छानेका पात्र र पद्धतिबाट गरिने शासन लोकतन्त्र हो । यसलाई अङ्ग्रेजीमा डेमोक्रेसी भनिन्छ ।
नाबालकलाई करणी गरेको आरोपमा युवा पक्राउ
अर्जुन काफ्लेस्याङ्जा, चैत १४ गते । १३ वर्षीय नाबालकलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका – ७ का २४ वर्षीय सुन्दर गौतमलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । नाबालकलाई गत ९ गते डर त्रासमा पारी जबरजस्ती करणी गरेको भन्ने अभिभावकले दिएको उजुरीको आधारमा गौतमलाई प्रहरीले प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गौतमलाई जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको पौडेलले बताउनुभयो ।
जबज दर्शन र ओली मार्ग
मार्क्सवाद एक वैज्ञानिक दर्शन, राजनीतिक, अर्थशास्त्र र क्रान्तिकारी गतिशील समाज विज्ञान हो ।
मुस्ताङको घरपझोङ किल्ला
मुस्ताङ, चैत १४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँबाट देखिएको सात सय वर्ष पुरानो ऐतिहासिक महत्त्व बोकेको घरपझोङ किल्लाको दृश्य । यही किल्लाको नामबाट घरपझोङ गाउँपालिका रहन गएको हो भने केही वर्षअघि मात्रै यस स्थान वरपर सुन्दर स्तूपा र प्रतीक्षालयको निर्माण गरिएको थियो । तस्बिरः रासस