स्वास्थ्यमा जलवायु परिवर्तन प्रभाव
पछिल्ला वर्षमा नेपालमा नसर्ने रोगको कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।
चलचित्र चलाउन प्रचार
चैत १५ गते देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘डोरी’ ले प्रचारप्रसारका लागि नयाँ नयाँ तरिका निकालेको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ ।
पाँचौँ हप्तामा ‘लाज शरणम्’
चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ ।
चित्रकलामा भविष्य खोज्दै
एउटा हातमा ब्रस अर्को हातमा रङको भाँडो । रङमा ब्रस डुबाउँदै दिनभरि चित्र कोर्न व्यस्त देखिनुहुन्छ रुपन्देहीको सिद्धार्थनगर निवासी ३४ वर्षीय युवा नहकुल विश्वकर्मा ।
बिस्काः जात्राको रथ निर्माणमा तीव्रता
भक्तपुरमा बिस्काः जात्राको रथ निर्माण कार्यले तीव्रता पाएको छ । टौमढीस्थित ङातापोल्हँ अर्थात् पाँचतले मन्दिरअगाडि काठैकाठको प्यागोडा शैलीमा ३५ फिट अग्लो भैरव र भद्रकालीको रथ निर्माण कार्य भइरहेको छ ।
हेटौँडामा देवरद्वारा भाउजूको हत्या, दाजु घाइते
राममणि दाहालहेटौँडा, चैत १४ गते । हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरद्वारा आफ्नै भाउजूको हत्या गरिएको छ । राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर राति ९ः०० बजे प्राप्त भइ प्रहरी अनुसन्धान टोली पुग्दा मृतक जेठी भाउजुलाई माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाइ तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा टाउकोमा धारिलो हतियार प्रहार गरी देवर रमेश दासले हत्या गरेको बुझिन आएको छ ।यस्तै दाजु २८ वर्षीय रुपेश दासलाई भाइ वर्ष २२-२३ का रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको पाइएको छ । बुधवार दिउँसो ४ः१० बजेको समयमा भाइ रमेशले खुकुरी प्रहार रुपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागि गम्भिर घाईते बनाएको जानकारी प्राप्त भएपछि प्रहरीले रमेशलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो । निजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि भाउजूमाथि समेत खुकुरी प्रहरी गरेको खुल्न आएको थियो । घटनाको बारेमा थप अनुसन्धान हुँदै र घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
पैँतिस जना सम्मानित
भाषा, कला, साहित्य, सम्पदा, संस्कृति संरक्षणमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको छ ।
पेट्रोलियम पदार्थको आयात बढ्यो
चालु आर्थिक वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयात वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुनसम्म एक खर्ब ७६ अर्ब १३ करोड २९ लाख १२ हजार रुपियाँ बराबरको १८ लाख ७० हजार ७७३ किलोलिटर इन्धन आयात भएको छ ।
एसइईका परीक्षार्थीलाई टेलिकमको अफर
नेपाल टेलिकमले २०८१ सालको एसइई परीक्षामा सहभागी परीक्षार्थीका लागि एसइई अफर २०८१ उपलब्ध गराउने भएको छ ।
चार रुपियाँमै गोलभेँडा
सर्लाहीका किसानलाई आफूले उत्पादन गरेको गोलभेँडा बिक्री नभएर समस्या पर्न थालेको छ ।
भारतीय तरकारीले किसानलाई सङ्कट
जाजरकोटको शिवालय गाउँपालिकाका किसानले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको वडा नं. १ र २ का किसानले आफूहरूले उत्पादन गरेको तरकारी भारतीय सस्तो तरकारीले बजार नपाएको गुनासो गरेका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : एक सय बिस जनालाई रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा श्रममा आधारित योजनाबाट चालु आर्थिक वर्षमा १२० जनाले रोजगारी पाएका छन् ।
वस्तु बिक्रीमा ‘एमआरपी’ अनिवार्य, उल्लेख नभए विक्रेतालाई कारबाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी), परिणाम, तौल र गुणस्तरको उल्लेख नभएका वस्तु बजारमा नल्याउन सचेत गराएको छ ।
सेजबाट तीन अर्बको निर्यात
विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगबाट तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजबाट साढे पाँच वर्षको अवधिमा तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको हो ।
लुम्बिनीमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभएको छ । उहाँले लुम्बिनीमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।
महासङ्घले सत्तरीऔँ स्थापना दिवस मनाउँदै
नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ यही चैत १६ गते ७० औँ वर्षमा प्रवेश गर्दै छ । आफ्नो स्थापना दिवसका अवसरमा महासङ्घले केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
भूमि विधेयक संसदमा पेस गरिने
सत्ता साझेदार सात राजनीतिक दलको बैठकले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई नियमित विधेयककै रूपमा अघि बढाउने निर्णय गरेको छ ।
शिक्षा विधेयक पास गर्न सुझाव
नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रमका सहभागीले विधेयक यही हिउँदे अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
विपन्न बालबालिकाको मुटु उपचार निःशुल्क
बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क हुने भएको छ ।
चाडपर्वले चलेको विद्यालय
ऋतु अनुसारका चाडपर्वले गाउँघरमा रमाइलो मात्रै ल्याउँदैनन्, शैक्षिक उन्नयनका लागि वरदानसमेत बन्न थालेका छन् ।
गुल्मीमा ७९ जनाको आँखाको शल्यक्रिया
शल्यक्रियापछि आँखा देख्नु भएकी छत्रदेव गाउँपालिका –८ अर्घाखाँचीकी ५० बर्षीया जालपा नेपाली गाउँमै सेवा पाएकोका खुसी देखिनुभयो ।
अर्घाखाँची बस दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो
अर्घाखाँचीको शितगंगामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको संख्या चार पुगेको छ । मृतक सबैको पहिचान भएको प्रहरीले जनाएको छ । शितगंगा नगरपालिका –२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । २७ जना घाइते भएका छन् ।
बाँदरलाई छोडिएको करेन्ट लागेर एकको मृत्यु
गुल्मीको मुसिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–७ की ६० वर्षीया चन्द्रकला कुमालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।