तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
अझै भेटिएनन् अन्नपूर्णको हिउँपहिरोमा बेपत्ता निग्मा र रिमा
अन्नपूर्ण हिमालको हिउँपहिरोमा बेपत्ता दुई जना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ ।
अल्लो कपडा सिलाई बुनाइले मनग्य आम्दानी
अल्लोबाट उत्पादित कपडाको सिलाई बुनाइसँगै मनग्य आम्दानी लिन थालेका छन् । स्थानीय स्तरमै पाइने कच्चा पदार्थलाई प्रवर्धन गर्दै यहाँका महिलाले आम्दानी समेत लिने गरेका हुन् ।
जात्रा पर्वमा लिङ्गो ठड्याउने परम्परा
लिङ्गो ठड्याएपछि टोखामा पाहाँचरे जात्रा सुरु हुन्छ । वसन्तपुरको हनुमानढोका अघिल्तिर ३२ हातको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । येँ या पुन्ही अर्थात् इन्द्रध्वजा (लिङ्गो स्थापना) गरेसँगै थानकोट, तकिबुँ त्वाः (टेकानपुर) मा इन्द्रजात्रा थालनी भएको मानिन्छ । भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा
श्रापित भूमि (कथा)
एउटा सानो गल्तीको यति भयङ्कर परिणाम आउँदो रहेछ, अहिले उमालाई बारम्बार लागिरहन्छ । त्यो दिन समाजमा उभिएर मनमा लागेको कुरा निर्धक्क भन्न सकेको भए पनि आज यस्ता
छुटेको रोम
स्विट्जरल्यान्डको जुरिचस्थित एक होटेलमा ब्रेकफास्ट लिँदै माउन्ट टिटलिस घुम्ने योजना बनाइरहेका बेला नेपालमा ठुलो भुइँचालो गएको खबर थाहा पाइयो । २०७२ वैशाख १२ गतेको भुईंचा
पोखरीमा डुबेर बालकको मृत्यु
झापामा खेल्ने क्रममा पोखरीमा डुबेर शुक्रबार साँझ एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकामा डा न. ३ बस्ने लोक बहादुर तामाङको छोरा ९ वर्षीय कृष्ण तामाङको बाह्दशी गाउँपालिका वडा नं. २ किरात टोल नजिकको पोखरीमा डुबेर मृत्यु भएको हो ।
निर्लज्जता
पापदेखि डराउने मान्छे लाज हुने काम गर्दैनन् । लाज हुने काम निर्धक्क गर्ने मान्छे पापदेखि डराउँदैनन् । यो शाश्वत हो । होइन त ? आउनुहोस् न एक पटक चिन्तन गरौँ । आगो
दुना टपरीलाई पातको जोहो
दाङ, चैत ३० गते । दाङको लमही–घोराही सडकखण्डको चौपट्टा जङ्गलबाट दुना टपरी बनाउन मालुका पात टिपेर घर फर्कदै थारू समुदायका महिलाहरू । तस्बिरः रासस
सृष्टि ! एउटा गीत (कविता)
सृष्टि ! एउटा गीत हो जीवन त्यसको गायक, जगत् नै हो प्रकृति प्रकृतिमा मिठो लय हुन्छ
दिव्य श्लोक (कविता)
तिम्रो अस्तित्व मेरो क्षितिजको अनन्त विस्तार हो, जहाँ हरपल नवीन सूर्योदयको आभास हुन्छ । तिम्रा अधरहरू मौनताका दिव्य श्लोक हुन्
विद्रोहको शालीन विम्ब
अभय श्रेष्ठ नेपाली साहित्यका पाठकमाझ बागी कविका रूपमा स्थापित हुनुहुन्छ । शालीन र कलात्मक भाषामा विद्रोहको गहिरो अभिव्यक्ति दिने कवि अभयले बुकहिलबाट प्रकाशित
एकासीलाई यसरी सम्झिने
२०८१ सालको पात्रो थन्काउँदै गर्दा बित्दै गरेको वर्षले केही आशा, अवसर र सङ्कटको मिश्रित अनुभव छाडेको छ । नेपाली राजनीतिमा देखा परेको सङ्कटलाई निकास दिन मुख्य दुई राजनीतिक शक्ति सहकार्य गर्न पुगेको यस दुर्लभ अवस्थाले केही आशाको सङ्केत गरेको छ ।
थामी–नेवारको जात्रा मनाइन्न ‘हिपाथामी’
ऐतिहासिक तथा सांस्कृतिक सहर दोलखामा थामी र नेवार जातिले संयुक्त रूपमा मनाइने जात्रा छ, जसलाई ‘हिपाथामी’ भनिन्छ । दोलखाको भीमसेन मन्दिरमा थामी र नेवार समुदायले संयु
आफूखुसी डिजाइन फेरिँदा कोलेनिका भवन निर्माण अलपत्र
कोष तथा लेखा नियन्त्रक कार्यालय गौरको निर्माण अलपत्र परेको छ । भवन निर्माणको प्रक्रिया पूरा गरी काम अन्तिम चरणमा पुगेपछि फेरि डिजाइन परिवर्तन गरिँदा भवन निर्माण अलपत्र परेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
वैदेशिक रोजगारीका नाममा ठगी उद्धारका लागि अपिल
सुनसरीबाट वैदेशिक रोजगारीका लागि दुबई पुगेका तीन युवाले आफूहरूलाई रोजगारदाताले शारीरिक तथा मानसिक यातना दिएको गुनासो गरेका छन् । सरसफाइको काम
उत्पादनमा जोड्न आमाहरूलाई पाठी र बोका वितरण
राधाकृष्ण डुम्रेस्याङ्जा, चैत ३० गते । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बिउ पाठी र बोका वितरण गरिएको छ । स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत ‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफरको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको ‘वालिङ कृषि विकास परियोजना’ अन्तरगत बिउका रूपमा पाठा पाठी वितरण गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै वडा नं.१ का वडाध्यक्ष पदमराज गुरुङले महिलाहरूलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै देशमा आर्थिक समृद्धि आउने उहाँको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिला उत्पादनमा जोडिन जरुरी रहेको उहाँले बताउनु भयोबाख्राको नस्ल सुधार गरी आम्दानी बढाउन पाठी सँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । नस्ल सुधारका लागि कृषक आफै पनि सचेत हुनु पर्नेमा उहाँको जोड छ । साहारा बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका २१ जना सदस्यहरूलाई पाठा पाठी वितरण गरिएको वडा अध्यक्ष गुरुङले बताउनु भयो । समूहका अधिकांश सदस्यहरू दलित महिला रहेको समूहकी अध्यक्ष सुधा विकले बताउनु भयो । वालिङ नगरपालिकाले साझेदार संस्थासँग मिलेर वडा नं.१ देखि ७ सम्मका महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पहिलो चरणमा सात वडामा गरिएको क्रियाकलाप प्रभावकारी भएको छ, अव थप १४ वटै वडामा सञ्चालन गर्ने योजना छ ।”कार्यक्रम मार्फत एक हजार ६ सय महिलालाई आबद्ध गराउने योजना रहेको पालिकाले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
नेपाल–भारत भन्सार व्यापार सहजीकरणबारे सहमति
नेपाल र भारतका भन्सार अधिकारी भन्सार प्रव्रिmयालाई कागजविहीन बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमत भएका छन् ।
बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु
साधन घर्ती म्याग्दी ,चैत ३० गते । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रवार राती करिब १० बजेको समयमा रा १ ख १६१३ नम्बरको बस बेनपा–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार,समयमा घटनास्थलमा गम्भीर घाइते ओलीको बेनी प्रादेशिक अस्पतालमा उपचारको ल्याइए पनि चिकित्सकले मृते घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।
द्वन्द्वप्रधान चलचित्रबिच भिडन्त
नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबारबाट दुई वटा द्वन्द्वप्रधान नेपाली चलचित्र ‘पीताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन ।
बालाजु बाइसधारा मेलामा धार्मिक श्रद्धालु र पर्यटकको भिड
काठमाडौँ, चैत ३० गते । काठमाडौँ महानगरपालिका–१६ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा आजदेखि बाइसधारा मेला सुरु भएको छ। नयाँ वर्ष २०८२ को अवसर पारेर प्रत्येक वर्ष आयोजना गरिने यो मेला हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र बनेको छ।मेलाको पहिलो दिन शनिबार बिहानैदेखि स्नान गर्न र पूजा अर्चनाका लागि भक्तजनहरूको भिड लागेको छ। २२ धाराबाट लगातार बगिरहेको शुद्ध पानीमा स्नान गरेमा शारीरिक र मानसिक शुद्धि हुने विश्वास रही आएको छ। विशेषतः चैत शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।बालाजु बाइसधारा धार्मिक महत्त्वका साथै सांस्कृतिक र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण स्थल हो। यस मन्दिर परिसरमा बुद्धका मूर्तिहरू, प्राचीन स्तम्भहरू, जल कुण्ड र हरियालीले पर्यटकलाई आकर्षित गर्छ। मेलाको समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने दर्शनार्थी, साथै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य हुने गर्छ।वडा नं. १६ का अध्यक्षसहित स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयमा मेलाको व्यवस्थापन गरिएको छ। मेलाको सफल व्यवस्थापनका लागि स्वयं सेवक टोली, स्वास्थ्य सहायता कक्ष र ट्राफिक व्यवस्थापनसम्बन्धी तयारी पूरा गरिएको वडाले जनाएको छ।यस अवधिमा धार्मिक क्रियाकलाप, सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादनको प्रदर्शनीसमेत गरिएको छ ।
सिँगारिँदै अन्तु र कन्याम
नेपाली नयाँ वर्ष २०८२ का अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भएपछि अन्तु र कन्याम धमाधम सिँगारिँदै छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिज