• ३१ चैत २०८१, आइतबार

एकासीलाई यसरी सम्झिने

blog

२०८१ सालको पात्रो थन्काउँदै गर्दा बित्दै गरेको वर्षले केही आशा, अवसर र सङ्कटको मिश्रित अनुभव छाडेको छ । नेपाली राजनीतिमा देखा परेको सङ्कटलाई निकास दिन मुख्य दुई राजनीतिक शक्ति सहकार्य गर्न पुगेको यस दुर्लभ अवस्थाले केही आशाको सङ्केत गरेको छ ।  

राजनीति

२०८१ वैशाख ११ गते कतारका राजा शेख तमिम हमाद अल थानीको दुईदिने नेपाल भ्रमण भएको थियो । जसले दुई देशबिचको सम्बन्ध सुदृढ बनाउने अवसर सिर्जना ग¥यो, जसले रोजगारी र लगानीका क्षेत्रमा सहकार्यको ढोका खोल्यो । वैशाख २० गते सरकारले सय रुपियाँको नोटमा ‘चुच्चे नक्सा’ समावेश गर्ने निर्णय ग-यो, जुन भारतसँगको कूटनीतिक तनावको सन्दर्भमा राष्ट्रिय स्वाभिमानको प्रतीक बन्यो । जेठ १ गते मन्त्रीपरिषद्ले १६ औँ योजना (२०८१/८२–२०८५/८६) स्वीकृत ग-यो, जसले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिँदै दीर्घकालीन समृद्धिको आधार तयार पा-यो । 

जेठ ७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत प्राप्त गरे तर असार २८ गते पाँचौँ पटक असफल भए, जसले राजनीतिक अस्थिरताको सङ्केत दियो । केपी शर्मा ओली चौथो पटकका लागि २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । साउन ६ गते रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरियो, जसले न्यायिक सुधारको अपेक्षा जगायो । भदौ ६ गते टिकटकमाथिको प्रतिबन्ध हटाइयो, जुन सामाजिक सञ्जालको प्रयोगमा आएको बहसको परिणाम थियो । भदौ १३ गते एकनारायण अर्याल मुख्य सचिव बनेर प्रशासनिक नेतृत्व सम्हाल्नुभयो । असोज १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घ महासभामा सम्बोधन गर्नुभयो ।


मङ्सिर ५ गते नेपाल र स्विडेनबिच कार्बन व्यापार सम्झौता भयो, जसले जलवायु परिवर्तनमा सहकार्यको सुरुवात ग¥यो । मङ्सिर १६ गते ४१ स्थानमा उपनिर्वाचन सम्पन्न भयो । मङ्सिर १७–२० गते सम्पन्न प्रधानमन्त्री ओलीको चीन भ्रमणले बिआरआई र आर्थिक साझेदारीलाई बलियो बनाउन सहयोग पुग्यो । पुस १६ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ घोषणा गरियो, जसले भ्रष्टाचारविरुद्धको अभियानलाई जोड दियो । 

माघ १५ गते सामाजिक सञ्जाल विधेयक दर्ता भयो, जसले डिजिटल प्रयोगलाई मर्यादित बनाउने उद्देश्य राखेको छ । फागुन १५ गते राजावादी प्रदर्शन हिंसात्मक बन्यो र दुई जनाको मृत्यु भयो, जसले शान्तिपूर्ण आन्दोलनको सीमामाथि प्रश्न उठायो नै । चैत ४ गते दीपक थापा प्रहरी महानिरीक्षक नियुक्त हुनुभयो । चैत २२ गते बिम्स्टेक सम्मेलनले क्षेत्रीय सहकार्यको नयाँ खाका को-यो । चैत ३१ गते कुलमान घिसिङ हटाइए र हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाइयो ।

सहकारी प्रकरण वर्षभर चर्चामा रह्यो । यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने चैत २५ गते कारागार चलान भए । सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दामा उच्च अदालत, तुलसीपुर बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश अनुसार चैत २२ गते शुव्रmबार राति प्रहरीले लामिछानेलाई पुनः पव्रmाउ गरिएको थियो । उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले चैत २२ गते सो आदेश उल्टाउँदै उनलाई थुनामा राख्न निर्देशन दिएको थियो । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत हुनुहुन्थ्यो । उहाँमाथि सहकारी ठगी तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोप छ । 

खेलकुद र साहसिक पर्यटन 

खेलकुद क्षेत्रमा यो वर्ष नेपालले उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको छ । २०८१ वैशाख १ गते व्रिmकेटर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय खेलमा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गरेर नेपालको नाम उचाइमा पु¥याएको थियो । असोज १ देखि १४ सम्म बङ्गलादेशमा भएको साफ महिला फुटबलमा नेपालले उपविजेताको स्थान हासिल गरेर महिला खेलकुदको स्तर उकासेको थियो । माघ ५ देखि २० गतेसम्म युगान्डामा भएको महिला टी–२० सिरिजमा नेपालले विजय हात पारेर अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित ग¥यो । विश्वमा फ्रान्सले ग्रीष्मकालीन ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेर खेलकुदको भव्यता प्रदर्शन ग¥यो ।

जेठ ९ गते पर्वतारोही कामिरिता शेर्पाले सगरमाथाको २९ औँ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । जेठ १० गते फुन्जो शेर्पाले १४ घण्टा ३१ मिनेटमा सगरमाथा चढेर महिला आरोहणको नयाँ रेकर्ड बनाउनुभयो । असार ३ गते सन्दीप लामिछानेले टी–२० व्रिmकेटमा एक सय विकेट पूरा गरेर नेपालको खेलकुदमा अर्को इतिहास रच्नुभयो । असोज २३ गते निमारिन्जी शेर्पाले आठ हजार मिटरभन्दा अग्लो हिमाल चढेर कीर्तिमान थप्नुभयो । 

विपत् र जलवायु सङ्कट

प्राकृतिक विपत्ति र जलवायु परिवर्तनले यो वर्ष नेपाललाई गम्भीर चुनौती दियो । साउन ९ गते सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो, जसले विमान सुरक्षामाथि प्रश्न उठायो । विसं २०८१ नेपालका लागि जलवायु सङ्कट र प्राकृतिक विपत्तिको चेतावनीमूलक वर्षका रूपमा सम्झनलायक रह्यो, जहाँ बाढी, पहिरो, हिमताल विस्फोट, अस्वाभाविक वर्षा र सहरी डुबान जस्ता घटनाले जनधनमा भयावह क्षति पु¥याए । सिमलतालमा डेब्रिज फ्लोका कारण दुई बस त्रिशूलीमा खस्दा ५९ जनाको ज्यान गयो । सोलुखुम्बुको थामेमा तापव्रmम वृद्धिपछि आएको बाढीले गाउँ नै बगरमा परिणत ग¥यो । काठमाडौँ उपत्यकामा असोज १०–१२ मा आएको डुबानले २५० जनाको मृत्यु, छ हजार घरमा क्षति र सहरी पूर्वाधारको जर्जर अवस्था उजागर ग¥यो  । बाढीले काठमाडौँ, काभ्रे, ललितपुर, भक्तपुर, सिन्धुलीलगायत जिल्लामा गम्भीर क्षति पु¥याएको थियो । दोधारा, हनुमाननगर र सुन्दरपुरमा असार २४ मा मापन गरिएको रेकर्ड तोड्ने वर्षा जलवायु परिवर्तनको स्पष्ट सङ्केत थियो  । वर्षभरिमा पहिरो, बाढी, हावाहुरी र हिमपहिरोले ४५० जनाभन्दा बढीको ज्यान गयो, हजारौँ घाइते वा विस्थापित भए । अन्तर्राष्ट्रिय रूपमा जर्मन वाचको सूचकाङ्कले नेपाललाई जलवायु सङ्कटको अग्रपङ्क्तिको देश मानेको छ  । यसले स्पष्ट बनायो कि नेपाल जस्ता हिमाली राष्ट्रलाई दीर्घकालीन जलवायु रणनीति, वैज्ञानिक पूर्वानुमान, जनचेतना र स्थानीय तहको सशक्त सहभागिताबिना सुरक्षित भविष्य सम्भव छैन । २०८१ सालले अब जलवायु अनुकूल संरचना, बहुस्तरीय सहकार्य र विज्ञानमा आधारित निर्णय प्रणालीमा रूपान्तरणको आवश्यकता औँल्याएको छ, जुन सन्देश तत्काल र दीर्घकालीन रणनीतिका लागि अत्यन्तै महìवपूर्ण छ ।

आर्थिक र पर्यटन

आर्थिक र पर्यटन क्षेत्रमा यो वर्ष नेपालले नयाँ सम्भावना खोज्ने प्रयास गरेको छ । २०८१ वैशाख १ गते ठमेललाई २४ घण्टा खुला गर्ने निर्णयले रात्रिकालीन पर्यटनको ढोका खोल्यो । वैशाख १६ र १७ गते काठमाडौँमा तेस्रो लगानी सम्मेलन सम्पन्न भयो, जहाँ ५५ देशका प्रतिनिधिले ऊर्जा, पूर्वाधार र पर्यटनमा लगानीको सम्भावना उजागर गरेका थिए । जेठ १५ गते नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क गाभ्ने घोषणाले बैङ्किङ क्षेत्रमा संरचनात्मक सुधारको सङ्केत दियो । पुस ९ देखि १७ गतेसम्म पोखरामा पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव भयो, जसले आन्तरिक र विदेशी पर्यटकलाई आकर्षित ग¥यो ।

वर्षको सुरुवाती अवस्थामा निराशाजनक अवस्थाको मुलुकको अर्थतन्त्र वर्षको अन्तिममा आइपुग्दा आशालाग्दो अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै देशको आर्थिक अवस्थामा सुधार देखिएको उल्लेख गरेको छ । उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति ३.७५ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ४.८२ प्रतिशतको तुलनामा कम हो । 

यस अवधिमा वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई एक खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । वस्तु आयात पनि ११.२ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । भारत, चीन र अन्य मुलुकबाट आयात व्रmमशः ७.९, १२.५ र २०.६ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ, जसले विदेशी मुद्राको सञ्चिति सुदृढ बनाएको छ । शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको छ । चालु खाता पनि एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २४ खर्ब नौ अर्ब २५ करोड पुगेको छ । अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड पुगेको छ । सरकारको खर्च आठ खर्ब ३९ अर्ब ३६ करोड र राजस्व सात खर्ब २० अर्ब ३५ करोड रहेको छ । विस्तृत मुद्राप्रदायक ४.८ प्रतिशतले र निक्षेप सङ्कलन ४.३ प्रतिशतले वृद्धि भएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ । यी सबै सूचकले नेपालको आर्थिक अवस्था अघिल्लो वर्षको तुलनामा सुदृढ हुँदै गएको स्पष्ट सङ्केत गरेका छन् ।

सांस्कृतिक र सामाजिक

सांस्कृतिक र सामाजिक क्षेत्रमा यो वर्ष नेपाल र विश्वमा मिश्रित अनुभव देखियो । वैशाख २ गते भक्तपुरको जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौँ पटक सहभागिता जनाएर परम्पराको जगेर्ना गर्नुभयो । 

भदौ १२ गते धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठनले ‘स्वास्थ्य सहर’ घोषणा ग-यो । असोज १ गते गोरखापत्रमा रानाथारू भाषा समावेश भयो । असोज ३ गते धरहरा सर्वसाधारणका लागि खुल्यो । मङ्सिर २ गते पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भयो । मङ्सिर १२ गते जुम्ला ६६ औँ साक्षर जिल्ला घोषित भयो । पुस २४ गते वाम्बुले राई भाषा गोरखापत्रमा थपियो । 

निष्कर्ष 

२०८१ साल नेपालका लागि अवसर र चुनौतीको सङ्गम भएको वर्षका रूपमा स्मरणीय रह्यो । राजनीतिक क्षेत्र उथलपुथलले भरिएको भए पनि योजनागत कार्य, कूटनीतिक पहल र कानुनी सुधारले दीर्घकालीन दिशाको सङ्केत दिए । विश्व राजनीतिमा इजरायल–प्यालेस्टाइन युद्धदेखि डोनाल्ड ट्रम्पको पुनरागमनसम्मका घटनाले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन ल्याए । प्राकृतिक विपत्ति–विशेष गरी बाढी, भूकम्प र मौसम परिवर्तनले जीवनस्तरमा गम्भीर प्रभाव पारे तर यिनै चुनौतीलाई ध्यानमा राखेर जलवायु रणनीति र विपत् न्यूनीकरण योजना तयार गरिनु सकारात्मक सङ्केत हो । प्राविधिक क्षेत्रमा नेपाल र विश्व दुवैले नवप्रवर्तनका अभूतपूर्व उपलब्धि हासिल गरे–कृत्रिम बौद्धिकतादेखि चन्द्रमाको अध्ययनसम्म । खेलकुदमा नेपाली खेलाडीको कीर्तिमानले राष्ट्रिय गौरव बढायो । आर्थिक क्षेत्रमा वर्षको अन्त्यतर्फ सुधारको सङ्केत देखिएको छ– मुद्रास्फीति नियन्त्रणमा छ, लगानी सम्मेलनले आशा जगायो र पर्यटनको पुनर्जागरणले भविष्यको सम्भावना सङ्केत ग-यो । समग्रमा निराशाका बिचबाट सुरु भएको वर्ष २०८१ अन्तिममा आइपुग्दा नेपाललाई आत्ममूल्याङ्कन, पुनर्निर्माण र समृद्धिको नयाँ बाटो पहिल्याउने अवसर प्रदान गरेको छ ।

Author

अजय शर्मा