खजुरा साहित्य महोत्सव हुने
बाँकेको खजुरामा पहिलोपटक बृहत् साहित्य महोत्सव आयोजना गर्न लागिएको छ ।
२६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा
काठमाडौँ, वैशाख ४ गते । २६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा आएको छ । अब नुनमा आयोडिनको मात्रा बढी देखिँदा आएको स्वास्थ्य समस्या हटाउन मापदण्ड परिमार्जनको बाटो खुलेको छ । जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भए पछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रूपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ ।ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । तर, त्यसयताका सरकारहरूले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा ऐन कानुनी रूपमा लागु भएको थिएन । जसका कारण ऐनको कार्यान्वयन तथा नियमनका लागि नियमावली तथा निर्देशिका बनाउन सकिएको थिएन । अब साढे २ दशकपछि मन्त्रालयलाई यस काम अघि बढाउन कानुनी बाटो खुला भएको छ ।मङ्गलबारको मन्त्रिपरिषद् बैठकले २०८२ साउन १ गतेबाट लागु हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । बनेको २६ वर्ष पछि बल्ल ऐन कार्यान्वयनमा आउने भएको हो ।नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको मन्त्रालयले नै एक दशक अघि गरेको अनुसन्धानले देखाएको मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताउनुभयो ।सन् २०१६ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको सूक्ष्म पोषक तत्त्व विश्लेषण सर्वेक्षण गर्दा ६ देखि ९ वर्षका बालबालिकाकाको पिसाबमा ३०० माइक्रो ग्राम प्रतिलिटर हुनुपर्नेमा तीन सय १४ भेटिएको थियो । जसका कारण उच्च रक्तचाप, थाइराइडजस्ता समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।व्यवहारिक रूपमा अभ्यासमा आए पनि राजपत्रमा ऐनको सुरुवात तथा क्षेत्रसहितको विवरण प्रकाशनको सूचना नआएकाले यसले नियमावली तथा निर्देशिका आदि बनाएर देखिएको स्वास्थ्य समस्या समाधानमा समेत अड्चन आएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘अब स्वास्थ्य, कृषि तथा सम्बद्ध मन्त्रालय मिलेर मापदण्ड परिमार्जन वा अरू आवश्यक काम गर्न सहज हुने छ,’ उहाँले भन्नुभयो ।
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना : ४३ जना घाइते
अनिल पराजुलीहेटौँडा, वैशाख ४ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते हुनुभएको छ । बिहीबार बिहान ४ बजेर ५० मिनेटको समयमा इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको यात्रुवाहक बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।सवारी दुर्घटनामा १६ जना मध्यम र २७ जना सामान्य घाइते हुनुभएको छ । मध्यम घाइते मध्य ६ जनाको नयाँ मेडिकलमा र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै सामान्य घाइते ३ जनाको नयाँ मेडिकलमा र २४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बस दुर्घटनामा पूर्वी नवलपरासी कावासोती नगरपालिका–४ हसौराका १६ वर्षीय इसा महतो, सिराहा धनगढीमाई नगरपालिका–६ का ६८ वर्षीय राम चन्द्र महतो, मोरङ विराटनगर महानगरपालिका–६ का २४ वर्षीय पूजा राई, भारत घर भई हाल भैरहवा बस्ने २२ वर्षीय महोमत गुल्सेर, अर्घाखाँची बस्ने २४ वर्षीय यामडी हारुन, २९ वर्षीय महोमद सामुदिन, रुपन्देही बस्ने १२ वर्षीय अनुराधा चौधरी, देश भारत घर भई हाल चितवन भरतपुर महानगरपालिका–१ पुलचोक बस्ने २५ वर्षीय सौरभ मण्डल, हाल वतन नखुलेको अन्दाजी ४६ वर्षीय मिना चौधरी घाइते हुनुभएको हो । उहाँहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । त्यस्तै सुनसरी इनरुवा–१ बस्ने १९ वर्षीय रेष्मा प्रसाईँ, ४६ वर्षीय राजेन्द्र कुमार प्रसाईँ, सुनसरी लहान घर भई हाल चितवन भरतपुर–१० बस्ने ६१ वर्षीय बबि साह, रुपन्देही भैरहवा बस्ने १५ वर्षीय लक्ष्मी चौधरी, २ वर्षीय ओम चौधरी, मोरङ विराटनगर–६ बस्ने १७ वर्षीय भूमिका कुमारी राई, भारत घर भई हाल चितवन–१० बस्ने १२ वर्षीय आवृत्ति साह, नवलपरासी कावासोती–४ बस्ने ६५ वर्षीय नन्द कुमारी महतो, भारत सपोल जिल्ला कुशवहर यराजी–१ बस्ने ३५ वर्षीय महमत गुल्सेर, सप्तरी छिन्नमस्ना गाउँपालिका–५ बस्ने २७ वर्षीय सम्भु कुमार चौधरी घाइते हुनु भएको हो । त्यस्तै सवारी दुर्घटनामा भारत सिपोल जिल्ला कुशर यरार बस्ने २२ वर्षीय इन्जाद आलम, सप्तरी दुधेवसी–९ बस्ने ३४ वर्षीय इन्द्रजित साह, सुनसरी धरान नगरपालिका–१७ बस्ने ३९ वर्षीय खडक बि.क., सप्तरी खडक नगरपालिका–१ बस्ने २५ वर्षीय रमेश साह, सुनसरी रामधुनी नगरपालिका–१ बस्ने ३६ वर्षीय धिरज चौधरी, सुनसरी इटहरी–९ बस्ने ६१ वर्षीय नृपम घिमिरे, सुनसरी धरान–१७ बस्ने ३१ वर्षीय मानव रानपाल, चितवन–११ बस्ने १४ वर्षीय उदय साह, उदयपुर बेला नगरपालिका–१बस्ने ३० वर्षीय पूजा बस्नेत, सुनसरी बराह क्षेत्र–२ बस्ने १५ वर्षीय सुदिप काफ्ले, ३० वर्षीय सुजन काफ्ले घाइते हुनुभएको छ । त्यस्तै रुकुम बस्ने २४ वर्षीय बेबी ओली, भारत घर भई हाल काँकडभिट्टा बस्ने २२ वर्षीय अब्दुल रश्मि, सुनसरी धरान–५ बस्ने २४ वर्षीय दान बहादुर नेपाली, सुनसरी वराहक्षेत्र–१० बस्ने १८ वर्षीय सुशान्त श्रेष्ठ, सुनसरी इटहरी–१ बस्ने २९ वर्षीय सिवा थारु, २ वर्षीय हमान थारु, नवलपरासी कावासोती–४ बस्ने १४ वर्षीय उर्मिला महतो, ७ वर्षीय सम्झना महतो, नवलपरासी पश्चिम सुस्ता बस्ने २७ वर्षीय मनीषा पुलामी मगर, ८ वर्षीय माहयु थापामगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै सवारी दुर्घटनामा भोजपुर हलुवागढि–४ बस्ने २१ वर्षीय ममता नेपाली, सप्तरी खड्क–१ बस्ने ३३ वर्षीय सरोज चौधरी, सुनसरी वराहक्षेत्र नगरपालिका–३ बस्ने ३४ वर्षीय विसन धामी घाइते हुनुभएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ । उहाँका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घाइतेहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ । यात्रुबहाक बसमा ५२ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा संलग्न बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राङखानीको तामाखानी पुनः उत्खननको माग
नवराज नेपालीबागलुङ, वैशाख ४ गते । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका डम्मर बहादुर बिक बालापन देखिनै यही तामा निकालिएको प्वालमा ओहोरदोहोर गर्दै हुर्किनुभयो । यो यहाँको एउटा इतिहास हो र पुर्खाहरूको परिश्रमको चिनारी पनि ।‘हामी सानैदेखि यी दुलोको वारपार गर्थ्यौँ, अहिले पनि यी दुलोहरू उस्तै छन् ।’ उनले भने–‘यहाँबाट हाम्रा बाजे जिजुहरूले तामा निकाल्नुभएको थियो , उहाँहरूकै चिनो हुन् यी दुलाहरू ।’ यस ठाउँमा पुर्खाहरूले छोडेका धेरै चिनोहरू छन् । प्रशस्त मात्रामा तामा पाइने भएकोले धेरै ठाउँमा यस्तै प्वाल पारि तामा निकालिएको छ । परम्परागत रूपमा झिरबाङ (निगालो) बाल्दै छिनो, कुटो र कोदालो प्रयोग गरी तामा निकाल्ने गरेको बताइन्छ । यस ठाउँको नाम र यस ठाउँमा बसोबास गर्ने मानिसको पहिचान समेत तामाखानीसँग जोडिएको छ । स्थानीय ज्येष्ठ नागरिक बम बहादुर श्रीषले यो ठाउँको नाम पनि तामाखानीसँग जोडिएको बताउनुभयो ।‘यहाँ दुई थरी तर्क रहँदै आएको छ । एउटा राङ भन्ने तामाको धातु पाइने भएकोले यस ठाउँको नाम नै राङखानी रहन गयो, अर्को कुरा यो तामाखानीबाट राँगोको गर्धन जत्रै तामा भेटिएकोले यसको नाम राङखानी रहन गएको हो भन्ने भनाई छ ।’ उहाँले भन्नुभयो–‘यहाँ अझ पनि प्रशस्त मात्रामा तामा रहेको हुन सक्छ ।’यहाँका खानीबाट निकालिएको तामाबाट विभिन्न सामाग्रीहरू बनाइन्थ्यो । डाडु, पन्युँ, ताउलो लगायतका सामाग्री यहीँका खानीबाट निकालिएका तामाबाट बनाइन्थ्यो ।अहिले पनि कतिपय घरमा यहीँका खानीबाट निकालिएका तामाबाट बनाइएका डाडु, पन्युँ, ताउलो लगायतका सामाग्रीको प्रयोग गरिन्छ । स्थानीय जगदीश श्रीषले केही बर्ष अघिसम्म आफ्नो घरमा पनि यहीँका खानीबाट निकालेको ताउली लगायतका सामाग्री रहेको बताउनुभयो ।‘हाम्रो घरमा पनि यहीँका तामाबाट बनाइएका ताउली र डाडु थिए, अहिले भने सिल्टेका भाँडासँग साट्दै गर्दा सकिए ।’ उनले भने–‘अझ पनि गाउँमा धेरै व्यक्तिको घरमा यहीँका तामाबाट बनाइएका भाँडाहरू छन् । यहाँका तामाखानी करिब १२० वर्ष अघि बन्द गरिएको बताइन्छ । चन्द्रशमशेरको पालामा सरकारलाई तिरो तिर्न नसकेपछि खानी बन्द गरिएको स्थानीयको भनाई छ । यहाँका खानीबाट तामा सकिएर बन्द नभई राज्यलाई कर तिर्न नसक्दा बन्द भएकोले पुनः तामा उत्खनन गर्नुपर्ने स्थानीयको भनाई छ । यसले यहाँका नागरिकमा रोजगार सृजना गर्नुका साथै आम्दानीको श्रोत बढाउने विश्वास छ ।नेपाल गरिब हुनुको एउटा मुख्य कारण यहाँका श्रोत र साधनको उचित उपयोग नहुनु हो । श्रोत र साधनले भरिपूर्ण भए पनि त्यसको उत्खनन र उपयोगमा राज्यले खासै ध्यान दिएको पाइँदैन । जसका कारण रोजीरोटीकोलागि प्रत्येक वर्ष नेपाली युवाहरूले विदेशमा भतारिनु परेको छ ।बाहिरबाट आयातित सामानको प्रयोग गर्नुको सट्टा यहीँका तामाखानी लगायतका श्रोत र साधनको उत्खनन र उचित उपयोगमा ध्यान दिऔँ । समृद्धि यहीँबाट प्राप्त हुन्छ ।
इन्धनबाट उनानब्बे अर्ब कर सङ्कलन
पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपियाँ कर सङ्कलन भएको छ । चालुु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म विभिन्न कर शीर्षकमा पेट्रोलियम पदार्थबाट सो राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
१९ जोडीको दाइजोमुक्त सामूहिक विवाह
झापामा एकैसाथ बुधवार १९ जोडीको दाइजो र तडकभडकमुक्त रूपमा सामूहिक विवाह भएको छ । पूर्वको पशुपतिनाथले परिचित रहेको अर्जुनधारा जलेश्वर धाममा पञ्चेबाजा घन्काउँदै कोशी प्रदेशका १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
संरक्षणको पर्खाइमा सिर्जना पार्कका मूर्ति
कोशी प्रदेशको पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छ वर्षअघि निर्माण सुरु गरिएको मोरङको बेलबारी–१०, भाउन्नेस्थित सिर्जना पार्क बजेट अभावमा अलपत्र परेको छ । २०७५ सालको फागुन ३
‘काफ्ले’ सार्वजनिक
चलचित्र ‘उनको स्विटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा युवराज काफ्लेको शब्द, सुजन चापागाईंको स्वर र झुमा लिम्बूको सङ्गीत रहेको छ । चलचित्रमा विपिन कार्की र मिरुना
कालीकोटको मान्म जहिल्यै काकाकुल
प्रेमराज सिम्खडा कालीकोट, वैशाख ४ गते । सदरमुकाम मान्म बजारमा जहिले पनि खानेपानीको चरम अभाव हुने गरेको छ । कुनै पनि महिनामा राम्रो संग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी आक्रोशित छन् । कुनै पनि महिनामा पानी पाइँदैन, बिल मात्र महिनामा तिर्नु परेको उपभोक्ताको भनाई छ । जिल्लाको मुटु मानिने खाँडा चक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय भने मौन बसेको भन्दै नागरिकले गुनासो व्यक्त गरेका छन् । मान्ममा होटेल व्यवसाय गदै आउनुभएका धनबहादुर वटालाले सरकारले नागरिकको समस्या प्रति चासो नदिएको बताउनुभयो ।सरकार छ, सधैँ आफैले देखिरहेको छ बजारको पिउने पानीको समस्या यही कुरा सम्बोधन गर्न तिर चासो छैन के स्थानीय र हाम्रो नजिकको सरकार भनेर खुसी हुनु वटालाले आक्रोश पोख्दै भन्नुभयो । खानेपानीको समस्या दिनानुदिन चर्किँदै गएपछि मान्म बजारमा होटेल व्यवसाय सञ्चालन गर्ने नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरूपता नहुँदा अभाव झन् गहिरिएको स्थानीय हिक्मतजंग मल्ल भनाई छ । मल्लले जनप्रतिनिधिहरूले नागरिकको समस्याप्रति बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गर्नुभयो । खानेपानी उपभोक्ता समितिको वितरण प्रणालीमा लापरबाहीले पानीको अभाव भएको हो । धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार छ,’ मल्लले भन्नुभयो, यति ठुलो समस्या हुँदा पनि कसैको ध्यान गएको छैन । स्थानीय कमल शाहीले खाँडा चक्र नगरपालिका–१ को बजार क्षेत्रमा पिउने पानीको सङ्कट गहिरिँदा पहुँचवालाले खानेपानीको ट्याङ्कीबाट सिधै पाइप जडान गरी घरघरमा पानी लगेको खुलासा गर्नुभयो । सर्वसाधारणको धारामा भने हप्तौँसम्म पानी नआएको उहाँको गुनासो छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा जिल्लावासीले अभावको मार खेप्नुपरेको छ ।खानेपानी वितरणको जिम्मा लिएको मान्म खानेपानी उपभोक्ता समिति पनि बेखबर छ । कर्मचारी कहिल्यै पनि समयमा पानीको ट्याङ्की सम्म पुगेको रेकर्ड छैन । मान्म बजारको पश्चिम तरका नागरिकलाई लक्षित गरेर बनाइएको टाङकीमा महिनामा दुई दिन पानी पुग्छ । त्यहाँ भएको पानी पनि सशस्त्र प्रहरी बलको ब्यारेक र जिल्ला कारागारका लागि ठिक्क । स्थानीय सिर्जना शाहीले पिउने पानीको अभाव कुनै दिन र महिनामा नहटेको गुनासो गर्नुभयो । पानी पाइँदैन तर महिनामा एक सय ५० रुपियाँ बिल भने नतिरी भएको छैन । बजारको पानी व्यवस्थापनका लागि स्थानीय सरकारले समेत चासो नदिएको सर्वत्र गुनासो छ । मान्ममा मेडिकल सञ्चालन गदै आउनुभएका स्थानीय दिपवहादुर शाहीले आफू मान्म बसेको २० वर्ष भयो । दुई दशक सम्म कुनै पनि दिन पुग्ने गरेर पानी नपाएको सुनाउनुभयो । हामीले कति विरोध, धर्ना प्रशासनसँग गुनासो राखेका छौ । तर कसैबाट पनि पिउने पानीको समस्या समाधान नहुँदा अब आफै एक घण्टा टाढा सम्म गएर मोेटरसाईकलमा पिउनका लागि पानी ल्याउने गरेको शाहीको भनाई छ । नगरपालिका प्रमुख कमलबहादुर शाहीले भने नयाँ योजना सम्पन्न हुँदा पनि पिउने पानीको अभाव हुनु मुहानकै समस्या भएको बताउनुभयो ।
तीर्थस्थलको प्रचारमा धार्मिक गुरु र जनप्रतिनिधि
वराहक्षेत्रधामको प्रचारप्रसार गरी धार्मिक पर्यटक भित्त्याउन धार्मिक गुरुहरू लागि पर्नुभएको छ । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको तीर्थको प्रचारप्रसारमा धार्मिक गुरुदेखि जनप्रतिनिधिसम्म लागिपर्नुभएको हो ।
अतिक्रमित सार्वजनिक जग्गा खाली गराउँदै
कल्पना खरेल नवलपरासी पश्चिम, वैशाख ४ गते । नवलपरासी पश्चिम स्थित सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु गरेको छ । सार्वजनिक सम्पत्तिको सरंक्षण गर्ने उदेश्य सहित १०–१५ बर्षदेखि स्थानिय र विद्यालयले अतिक्रमण गरी भोगचलन गर्दै आएको सार्वजनिक जग्गाहरू खाली गराइएको हो । भरखर मात्र सरावल ७ बर्गदवामा रहेको जनता माध्यमिक विद्यालय भुजहवाले अतिक्रमण गरेको करिब २ बिघा जग्गा गाउँपालिकाले खाली गराएको छ । सो ठाउँमा तारबार गरी क्रिकेट स्टेडियम बनाउने योजनामा रहेको सरावल गाउँपालिकाको अध्यक्ष सुवाडि चौधरीले बताउनुभयो । मौका छोपेर अतिक्रमण गरी एकलौटी भोग चलन गर्दै आएको सार्वजनिक जग्गाको आफू निर्वाचित भएदेखि खोजपडताल गरी आवश्यक कानुनी प्रक्रिया पुरा गरेर खाली गराउने अभियान थालेको अध्यक्ष चौधरीको भनाई छ ।यसअघि गाउँपालिकाले सरावल ५ धनगढवामा स्थानीयवासीद्धारा अतिक्रमण गरिएको २ बिघा सार्वजनिक जग्गा खालि गराई तारबार गरेको थियो । सो जग्गामा १५ शय्याको अस्पताल निर्माणका लागि नेपाल सरकारद्वारा पुर्जा समेत प्राप्त भएको छ । १८ करोड लागतमा उक्त अस्पताल निर्माण गर्नका लागि ठेक्का आव्हान समेत गरिएको सरावल गाउँपालिकाको अध्यक्ष सुखाडि चौधरीले बताउनुभयो ।अतिक्रमित जग्गा खाली गराउन गाउँपालिकाले सबैभन्दा पहिला हदम्याद जारी गर्छ । हकदाबी पुग्ने भए हकदाबी पुर्याउने आधार प्रमाण माग्छ । पुगेन भने खाली गर्न म्याद दिइन्छ । म्याद नाघेपछि सुरक्षा निकायलाई समेत पत्राचार गरी जग्गा खाली गराउने मिति तोकेर सार्वजनिक सूचना निकालिन्छ । खाली गराएपछि ती जग्गा संरक्षणको लागि तत्कालै पर्खाल, ताल जाली लगाएर संरक्षण गर्ने कार्य गरिँदै आएको छ ।अस्पताल निर्माण, खेलमैदान निर्माण, पार्क निर्माण, बाल उद्यान निर्माण, सार्वजनिक सौचालय निर्माण, मठमन्दिर निर्माण, बाटो विस्तार लगायतका विभिन्न सार्वजनिक कामकाजको लागि जङ्गा अभाव हुनेभएकोले यो अभियान चलाउँदै आएको हो । सरावल गाउँपालिकामा रहेका सार्वजनिक जग्गा खाली गराउने गाउँ सभाले नै म्यान्डेट दिएको छ । सार्वजनिक जागामा अतिक्रमित गरिएका बाटो समेत खालि गराई बाटो विस्तार गर्दै आएको गाउँपालिकाले हालसम्म १० बिघा सार्वजनिक जङ्गा खालि गराइसकेको छ । यसलाई निरन्तरता दिइने समेत सरावल गाउँपालिकाले बताएको छ ।
प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी
नेपाल प्रज्ञा–प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी सुरु भएको छ । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने नारासहित प्रतिष्ठानका कुलपति भूपाल राईले प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
माथिल्लो तमोर आयोजनास्थलमा कालो झन्डा गाडियो
ताप्लेजुङमा निर्माण गर्न सुरु गरिएको माथिल्लो तमोर जलविद्युत आयोजना स्थलमा स्थानीयले विरोध जनाउँदै कालो झन्डा गाडेका छन् । स्थानीय रैथाने आदिवासी समुदायलाई जानकारी नदिई मनोमानी रूपमा आयोजना निर्माण गर्न लागिएकोभन्दै स्थानीयवासीले विरोध गर्दै आयोजना स्थलमा कालो झन्डा गाडेका हुन् ।
सहअस्तित्व कायम गर्न हात्ती पूजा
बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसारमा परम्परागत धार्मिक विधि अनुसार मङ्गलबार हात्ती पूजा गरिएको छ । निकुञ्ज आसपासका स्थानीयवासी जङ्गली हात्तीबाट आतङ्कित भएपछि हात्तीबाट हुने क्षति कम गर्न तथा मानव–हात्ती सहअस्तित्व कायम गर्न यस्तो पूजा गरिएको हो ।
द्वन्द्वले भरिपूर्ण ‘पीताम्बर’
पहिलो निर्देशकीय चलचित्र ‘ऐँचो पैँचो’ बाट चर्चामा आउनुभएकी निर्देशक कृषा चौलागाईं यतिबेला चलचित्र ‘पीताम्बर’ मार्फत पुनः चर्चामा आउनुभएको छ । पहिलो चलचित्रमा उहाँले राजनीतिले समाजमा पा
बरहथवाका सबै अस्पताल अवैध, बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
सर्लाहीको दक्षिण–पश्चिमी भेगको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा सम्पूर्ण निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।
सङ्कटमा जल यातायात
कालीगण्डकी नदीमा चल्ने जल यातायात (स्टिमर) अहिले सङ्कटमा परेको छ । पहिले खाद्यान्न र खचाखच यात्रु बोक्ने स्टिमर अहिले यात्रु नपाएर सङ्कटमा परेको हो । स्याङ्जाको आँधीमुहान मिर्मीदे
सुधारका सुझाव कार्यान्वयन गर्न समिति
सरकारले उच्चस्तरीय आर्थिक सुधार सुुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सात दिनभित्र कार्यान्वयन कार्ययोजना बनाई पेस गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव (उद्योग) रहने छन् ।
बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा
सर्लाहीको हरिपुर्वा नगरपालिका–९, निवासी नाम परिवर्तन १८ वर्षीया सिमा खातुन कक्षा १२ मा पढ्नु हुन्छ । उहाँ हरिपुर्वा नगरपालिका–५, मा रहेको श्री केश्वरगरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन् ।
सवारी दुर्घटनामा सातको मृत्यु
बाँकेमा दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दैनिक रूपमा विभिन्न कार्यव्रmम सञ्चालन गर्दै आएको भए पनि ट्राफिक नियम उल्लङ्घन गर्ने र दुर्घटना हुने क्रम भने बढ्दै गएको छ ।
‘त्रैमासिक लाभांशको व्यवस्था गरौँ’
सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले कम्पनीलाई वार्षिक मात्रै नभई त्रैमासिक रूपमा लाभांश वितरण गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । विकसित मुलुकमा कम्पनीले मासिक नै नगद लाभांश दिने गरेको र नेपालमा पनि त्रैमासिक लाभांश दिन सकिने अवस्था रहेको उहाँले बताउनुभयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार आयोजना गरेको कार्यव्रmममा उहाँले भन्नुभयो, “य