आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव आजदेखि आइतबार [५ देखि ७ गते]सम्म सञ्चालन हुने छ ।
नदीमा छाडिएका सबै गोही बाँच्दैनन्
वन्यजन्तु सप्ताहको अवसर पारेर प्रजनन केन्द्रमा हुर्काइएका घडियाल गोही चितवन राष्ट्रिय निकुञ्जले नदीमा छाडेको छ । निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काइएकामध्ये १५ वटा घडियाल गोहीका बच्चा निकुञ्जले राप्ती नदीमा छाडेको हो ।
वर्षाले ल्यायो विपत्ति
बिहीबार देशका विभिन्न भूभागमा भएको भीषण वर्षाले बाढी, पहिरोसहितका प्राकृतिक विपत्ति निम्त्याएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार क
यसरी टुङ्गिन्छ विद्यालय शिक्षा विधेयक
संसदीय समितिमा छलफलका क्रममा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८१ लाई टुङ्ग्याउन समितिका सदस्यले तीव्र गतिमा काम अघि बढाएका छन् । तत्काल शिक्षा ऐन ल्याउनुपर्ने माग ग
हरित तिलोत्तमामा रङ्गिन सडक
सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरी थरीका फूल ढकमक्क छन् । सडक किनारामा हरियाली उस्तै छ ।
कर्मचारीमा निर्णय नगर्ने प्रवृत्ति हाबी
निजामती कर्मचारीमा पछिल्लो समयमा निर्णय नगर्ने प्रवृत्ति बढ्दै गएको छ । सकेसम्म कानुुनले अख्तियार गरेको निर्णय पनि नगर्ने र निर्णय गर्नैपर्ने परिस्थिति आइहाले विभिन्न बहानामा फाइल अड्काउने
पत्रकार कुँवर सम्मानित
पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अनर अवार्ड २०८१’ बाट सम्मानित भएका छन्।शिलापत्र मल्टिमिडियामा कार्यरत कुँवरलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
तनहुँमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
तनहुँमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ ।
खकलुङममा साम्पाङ राईको केन्द्रीय सम्मेलन हुने
साम्पाङ राईहरूको उद्गमस्थल खोटाङको बासपानीमा वैशाख १३ गते साम्पाङ राईहरूको केन्द्रीय सम्मेलन हुने भएको छ ।
सङ्कटमा इँटा उद्योग : कामदारदेखि बजारसम्म चुनौती
पहाडी जिल्लाहरूमा इँटा उद्योग कम सञ्चालनमा छन् । गुल्मीमा जिल्लामा पनि एउटा मात्रै इँटा उद्योग छ । जसले गाउँमै रोजगारीको सिर्जना गरेको छ ।
विद्यालयमा छ लाखको अक्षयकोष स्थापना
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक परिवारले दुई वटा विद्यालयमा छ लाख रुपियाँ बढीको अक्षयकोष स्थापना गर्नुभएको छ ।
सुपर खुदी जलविद्युत तयार
विभिन्न माग राखेर आन्दोलित मस्र्याङ्दी गाउँपालिका–९ का स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार भएको छ ।
कान्छो सेफ अवार्डबाट चित्र बुढा सम्मानित
जुम्ला गुठिचौर गाउँपालिका ३ मा रहेको सुर एन्ड सुपुन्ना अर्गानिक होटेलका सञ्चालक चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित हुनु भएको छ ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
सुनसरीमा सामाजिक सद्भाव विषयक संवाद
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ मा सामाजिक सद्भाव विषयक संवाद गरिएको छ ।
घोराहीमा चौथो दाङ गजल महफिल हुने
घोराहीमा चौथो दाङ गजल महफिल हुने भएको छ ।
अजिरकोट-२ पूर्णखोपयुक्त वडा घोषणा
गोरखाको अजिरकोट गाउँपालिका–२ खरीबोट पूर्णखोपयुक्त वडा घोषणा भएको छ ।
बलेवा विमानस्थल प्रयोगविहीन
चार वर्षअघि कालोपत्र र रङराेगन गरेपछि चिटिक्क बनेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अहिले जीर्ण बनेको छ ।
खजुरा साहित्य महोत्सव हुने
बाँकेको खजुरामा पहिलोपटक बृहत् साहित्य महोत्सव आयोजना गर्न लागिएको छ ।
२६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा
काठमाडौँ, वैशाख ४ गते । २६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा आएको छ । अब नुनमा आयोडिनको मात्रा बढी देखिँदा आएको स्वास्थ्य समस्या हटाउन मापदण्ड परिमार्जनको बाटो खुलेको छ । जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भए पछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रूपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ ।ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । तर, त्यसयताका सरकारहरूले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा ऐन कानुनी रूपमा लागु भएको थिएन । जसका कारण ऐनको कार्यान्वयन तथा नियमनका लागि नियमावली तथा निर्देशिका बनाउन सकिएको थिएन । अब साढे २ दशकपछि मन्त्रालयलाई यस काम अघि बढाउन कानुनी बाटो खुला भएको छ ।मङ्गलबारको मन्त्रिपरिषद् बैठकले २०८२ साउन १ गतेबाट लागु हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । बनेको २६ वर्ष पछि बल्ल ऐन कार्यान्वयनमा आउने भएको हो ।नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको मन्त्रालयले नै एक दशक अघि गरेको अनुसन्धानले देखाएको मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताउनुभयो ।सन् २०१६ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको सूक्ष्म पोषक तत्त्व विश्लेषण सर्वेक्षण गर्दा ६ देखि ९ वर्षका बालबालिकाकाको पिसाबमा ३०० माइक्रो ग्राम प्रतिलिटर हुनुपर्नेमा तीन सय १४ भेटिएको थियो । जसका कारण उच्च रक्तचाप, थाइराइडजस्ता समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।व्यवहारिक रूपमा अभ्यासमा आए पनि राजपत्रमा ऐनको सुरुवात तथा क्षेत्रसहितको विवरण प्रकाशनको सूचना नआएकाले यसले नियमावली तथा निर्देशिका आदि बनाएर देखिएको स्वास्थ्य समस्या समाधानमा समेत अड्चन आएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘अब स्वास्थ्य, कृषि तथा सम्बद्ध मन्त्रालय मिलेर मापदण्ड परिमार्जन वा अरू आवश्यक काम गर्न सहज हुने छ,’ उहाँले भन्नुभयो ।
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना : ४३ जना घाइते
अनिल पराजुलीहेटौँडा, वैशाख ४ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते हुनुभएको छ । बिहीबार बिहान ४ बजेर ५० मिनेटको समयमा इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको यात्रुवाहक बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।सवारी दुर्घटनामा १६ जना मध्यम र २७ जना सामान्य घाइते हुनुभएको छ । मध्यम घाइते मध्य ६ जनाको नयाँ मेडिकलमा र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै सामान्य घाइते ३ जनाको नयाँ मेडिकलमा र २४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बस दुर्घटनामा पूर्वी नवलपरासी कावासोती नगरपालिका–४ हसौराका १६ वर्षीय इसा महतो, सिराहा धनगढीमाई नगरपालिका–६ का ६८ वर्षीय राम चन्द्र महतो, मोरङ विराटनगर महानगरपालिका–६ का २४ वर्षीय पूजा राई, भारत घर भई हाल भैरहवा बस्ने २२ वर्षीय महोमत गुल्सेर, अर्घाखाँची बस्ने २४ वर्षीय यामडी हारुन, २९ वर्षीय महोमद सामुदिन, रुपन्देही बस्ने १२ वर्षीय अनुराधा चौधरी, देश भारत घर भई हाल चितवन भरतपुर महानगरपालिका–१ पुलचोक बस्ने २५ वर्षीय सौरभ मण्डल, हाल वतन नखुलेको अन्दाजी ४६ वर्षीय मिना चौधरी घाइते हुनुभएको हो । उहाँहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । त्यस्तै सुनसरी इनरुवा–१ बस्ने १९ वर्षीय रेष्मा प्रसाईँ, ४६ वर्षीय राजेन्द्र कुमार प्रसाईँ, सुनसरी लहान घर भई हाल चितवन भरतपुर–१० बस्ने ६१ वर्षीय बबि साह, रुपन्देही भैरहवा बस्ने १५ वर्षीय लक्ष्मी चौधरी, २ वर्षीय ओम चौधरी, मोरङ विराटनगर–६ बस्ने १७ वर्षीय भूमिका कुमारी राई, भारत घर भई हाल चितवन–१० बस्ने १२ वर्षीय आवृत्ति साह, नवलपरासी कावासोती–४ बस्ने ६५ वर्षीय नन्द कुमारी महतो, भारत सपोल जिल्ला कुशवहर यराजी–१ बस्ने ३५ वर्षीय महमत गुल्सेर, सप्तरी छिन्नमस्ना गाउँपालिका–५ बस्ने २७ वर्षीय सम्भु कुमार चौधरी घाइते हुनु भएको हो । त्यस्तै सवारी दुर्घटनामा भारत सिपोल जिल्ला कुशर यरार बस्ने २२ वर्षीय इन्जाद आलम, सप्तरी दुधेवसी–९ बस्ने ३४ वर्षीय इन्द्रजित साह, सुनसरी धरान नगरपालिका–१७ बस्ने ३९ वर्षीय खडक बि.क., सप्तरी खडक नगरपालिका–१ बस्ने २५ वर्षीय रमेश साह, सुनसरी रामधुनी नगरपालिका–१ बस्ने ३६ वर्षीय धिरज चौधरी, सुनसरी इटहरी–९ बस्ने ६१ वर्षीय नृपम घिमिरे, सुनसरी धरान–१७ बस्ने ३१ वर्षीय मानव रानपाल, चितवन–११ बस्ने १४ वर्षीय उदय साह, उदयपुर बेला नगरपालिका–१बस्ने ३० वर्षीय पूजा बस्नेत, सुनसरी बराह क्षेत्र–२ बस्ने १५ वर्षीय सुदिप काफ्ले, ३० वर्षीय सुजन काफ्ले घाइते हुनुभएको छ । त्यस्तै रुकुम बस्ने २४ वर्षीय बेबी ओली, भारत घर भई हाल काँकडभिट्टा बस्ने २२ वर्षीय अब्दुल रश्मि, सुनसरी धरान–५ बस्ने २४ वर्षीय दान बहादुर नेपाली, सुनसरी वराहक्षेत्र–१० बस्ने १८ वर्षीय सुशान्त श्रेष्ठ, सुनसरी इटहरी–१ बस्ने २९ वर्षीय सिवा थारु, २ वर्षीय हमान थारु, नवलपरासी कावासोती–४ बस्ने १४ वर्षीय उर्मिला महतो, ७ वर्षीय सम्झना महतो, नवलपरासी पश्चिम सुस्ता बस्ने २७ वर्षीय मनीषा पुलामी मगर, ८ वर्षीय माहयु थापामगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै सवारी दुर्घटनामा भोजपुर हलुवागढि–४ बस्ने २१ वर्षीय ममता नेपाली, सप्तरी खड्क–१ बस्ने ३३ वर्षीय सरोज चौधरी, सुनसरी वराहक्षेत्र नगरपालिका–३ बस्ने ३४ वर्षीय विसन धामी घाइते हुनुभएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ । उहाँका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घाइतेहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ । यात्रुबहाक बसमा ५२ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा संलग्न बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राङखानीको तामाखानी पुनः उत्खननको माग
नवराज नेपालीबागलुङ, वैशाख ४ गते । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका डम्मर बहादुर बिक बालापन देखिनै यही तामा निकालिएको प्वालमा ओहोरदोहोर गर्दै हुर्किनुभयो । यो यहाँको एउटा इतिहास हो र पुर्खाहरूको परिश्रमको चिनारी पनि ।‘हामी सानैदेखि यी दुलोको वारपार गर्थ्यौँ, अहिले पनि यी दुलोहरू उस्तै छन् ।’ उनले भने–‘यहाँबाट हाम्रा बाजे जिजुहरूले तामा निकाल्नुभएको थियो , उहाँहरूकै चिनो हुन् यी दुलाहरू ।’ यस ठाउँमा पुर्खाहरूले छोडेका धेरै चिनोहरू छन् । प्रशस्त मात्रामा तामा पाइने भएकोले धेरै ठाउँमा यस्तै प्वाल पारि तामा निकालिएको छ । परम्परागत रूपमा झिरबाङ (निगालो) बाल्दै छिनो, कुटो र कोदालो प्रयोग गरी तामा निकाल्ने गरेको बताइन्छ । यस ठाउँको नाम र यस ठाउँमा बसोबास गर्ने मानिसको पहिचान समेत तामाखानीसँग जोडिएको छ । स्थानीय ज्येष्ठ नागरिक बम बहादुर श्रीषले यो ठाउँको नाम पनि तामाखानीसँग जोडिएको बताउनुभयो ।‘यहाँ दुई थरी तर्क रहँदै आएको छ । एउटा राङ भन्ने तामाको धातु पाइने भएकोले यस ठाउँको नाम नै राङखानी रहन गयो, अर्को कुरा यो तामाखानीबाट राँगोको गर्धन जत्रै तामा भेटिएकोले यसको नाम राङखानी रहन गएको हो भन्ने भनाई छ ।’ उहाँले भन्नुभयो–‘यहाँ अझ पनि प्रशस्त मात्रामा तामा रहेको हुन सक्छ ।’यहाँका खानीबाट निकालिएको तामाबाट विभिन्न सामाग्रीहरू बनाइन्थ्यो । डाडु, पन्युँ, ताउलो लगायतका सामाग्री यहीँका खानीबाट निकालिएका तामाबाट बनाइन्थ्यो ।अहिले पनि कतिपय घरमा यहीँका खानीबाट निकालिएका तामाबाट बनाइएका डाडु, पन्युँ, ताउलो लगायतका सामाग्रीको प्रयोग गरिन्छ । स्थानीय जगदीश श्रीषले केही बर्ष अघिसम्म आफ्नो घरमा पनि यहीँका खानीबाट निकालेको ताउली लगायतका सामाग्री रहेको बताउनुभयो ।‘हाम्रो घरमा पनि यहीँका तामाबाट बनाइएका ताउली र डाडु थिए, अहिले भने सिल्टेका भाँडासँग साट्दै गर्दा सकिए ।’ उनले भने–‘अझ पनि गाउँमा धेरै व्यक्तिको घरमा यहीँका तामाबाट बनाइएका भाँडाहरू छन् । यहाँका तामाखानी करिब १२० वर्ष अघि बन्द गरिएको बताइन्छ । चन्द्रशमशेरको पालामा सरकारलाई तिरो तिर्न नसकेपछि खानी बन्द गरिएको स्थानीयको भनाई छ । यहाँका खानीबाट तामा सकिएर बन्द नभई राज्यलाई कर तिर्न नसक्दा बन्द भएकोले पुनः तामा उत्खनन गर्नुपर्ने स्थानीयको भनाई छ । यसले यहाँका नागरिकमा रोजगार सृजना गर्नुका साथै आम्दानीको श्रोत बढाउने विश्वास छ ।नेपाल गरिब हुनुको एउटा मुख्य कारण यहाँका श्रोत र साधनको उचित उपयोग नहुनु हो । श्रोत र साधनले भरिपूर्ण भए पनि त्यसको उत्खनन र उपयोगमा राज्यले खासै ध्यान दिएको पाइँदैन । जसका कारण रोजीरोटीकोलागि प्रत्येक वर्ष नेपाली युवाहरूले विदेशमा भतारिनु परेको छ ।बाहिरबाट आयातित सामानको प्रयोग गर्नुको सट्टा यहीँका तामाखानी लगायतका श्रोत र साधनको उत्खनन र उचित उपयोगमा ध्यान दिऔँ । समृद्धि यहीँबाट प्राप्त हुन्छ ।
इन्धनबाट उनानब्बे अर्ब कर सङ्कलन
पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपियाँ कर सङ्कलन भएको छ । चालुु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म विभिन्न कर शीर्षकमा पेट्रोलियम पदार्थबाट सो राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा