‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालको विकासका लागि बोक्नुभएको समाजवादी चिन्तनको सार्थक कार्यान्वयनको विषयमा लेखिएको पुस्तक ‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण गरिएको छ ।
सोखको काम : मनग्गे दाम
गुल्मी तम्घासका भित्तामा ४४ वर्षीय नरबहादुर विके र ३८ वर्षीय प्रदीप थारूले कोरेका चित्रले धेरैलाई लट्ठ बनाएको छ । उहाँहरूले दुई पटक गरेर करिब एक महिना तम्घासमा चित्र कोरिरहनुभएको छ ।
ढुङ्गा,गिटी,बालुवा उत्खननमा सघाएको भन्दै डिएफओ माथि कारबाही सिफारिस
नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनमा असहयोग गरेको भन्दै डिभिजन वन कार्यालय नवलपरासी पश्चिमका प्रमुख डिएफओ जीवन पङ्गेनीलाई कारबाही गर्न माग गरिएको छ ।
बजेटमार्फत नीतिगत स्थायित्व कायम गर्न निजी क्षेत्रको माग
सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको अन्तिम चरणमा लागिरहेका बेला निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले सत्ता साझेदार दल नेपाली कांगे्रसलाई बजेटमा समेट्नुपर्ने विषयवस्तुबारे सुझाव दिएका छन् ।
कृषि उत्पादन र उत्पादकत्व वृद्धि सरकारको प्राथमिकतामा
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
तीन अर्ब चौरासी करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा तीन अर्ब ८४ करोड ३८ लाख रुपियाँ लगानी गर्ने भएको छ ।
सुक्न थाले धान र मकै
बर्दियाको गेरुवा गाउँपालिका–६, नौरङ्गाकी बालकृष्णी चौधरीको खेतको छेउमा नहर भए पनि उहाँले लगाएको चैते धान र बसन्ते मकै सुक्न थालेका छन् ।
लुम्बिनीको १९ वटा विद्युतीय सवारीमा धमिरा, करोडौँको सम्पत्ति प्रयोगविहीन
लुम्बिनी विकास कोषको १९ वटा अत्याधुनिक विद्युतीय सवारीसाधनमा धमिरा लागेको छ । करोडौँको सम्पत्ति दाताले पर्यटन प्रवर्द्धनका लागि भन्दै दान गरे पनि कोषका सञ्चालक र कर्मचारीको कमजोरीका कारण सवारी साधन प्रयोग विहीन भएको हो ।
पाथीभरा केबुलकारद्वारा वार्ताका लागि आह्वान
पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।
पैँचो पसलले साधारण सेयर जारी गर्ने
एनआइसी एसिया क्यापिटल र पैँचो पसलबिच भविष्यमा पैँचो पसलको सर्वसाधारणमा निष्कासन गर्नुपर्ने सेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ ।
सगरमाथा संवादका लागि तीन सय पाहुनालाई निमन्त्रणा
आगामी जेठ २, ३ र ४ गते नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादका लागि तीन सय जना विदेशी पाहुनालाई निमन्त्रणा दिइएको छ ।
चक्रपथ कलङ्की–महाराजगन्जखण्ड सडक विस्तारका लागि सर्भे सुरु
करिब एक दशकदेखि अलपत्र रहेको चक्रपथको कलङ्की–महाराजगन्जखण्ड विस्तारका लागि सर्भे सुरु भएको छ । उक्त खण्ड विस्तारका लागि सर्भे र डिजाइन गर्न नेपाल आएको चीनको प्राविधिक टोलीले सर्भे सुरु गरेको हो ।
क्यान विभाजन विधेयक संशोधनका लागि स्वीकृत
हवाई क्षेत्रको नियामक र सेवाप्रदायक छुट्याउने गरी सरकारले प्रतिनिधि सभामा दर्ता गरेका दुई विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत भएका छन् ।
दलको मिल्दो नामलाई मान्यता नदिइने
दलको प्रस्तावित नाम अन्य दलसँग मेल खाएको भन्दै निर्वाचन आयोगले सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टीलाई अर्को नाम प्रस्ताव गर्न आग्रह गरेको छ ।
भ्रष्टाचार गर्ने गाउँपालिकाका हाकिम साहसहित नौ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ, वैशाख १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमानविपरीत गएर अनियमितता गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध रु सात लाख ७९ हजार २०५ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।आयोगद्वारा धनकौल गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी, वडा नं ६ का वडाअध्यक्ष श्यामबाबु साहविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
बजार जोगाउन कठोर निर्णय
बर्सौंको मेहनतले बनाएको आफ्नो पक्की घर भत्काउन लगाएर गीता कठायत कुँवरले साँफे हाटबजारलाई आगलागी हुनबाट जोगाउनुभयो ।
राष्ट्रपतिले संसद्लाई १९ गते सम्बोधन गर्नुहुने
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
दस अर्ब अनियमितताको दाबी
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि नै अनियमितता भएको दाबीसहित संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएको छ ।
निजीलाई पनि सरकारी सरह निर्वाह भत्ता
निजी मेडिकल कलेजमा अध्ययनरत स्नातकोत्तर (पिजी) तहका विद्यार्थीले पनि सरकारी कलेजका विद्यार्थीले पाए सरह निर्वाह भत्ता पाउने भएका छन् ।
महालक्ष्मीका सबै विद्यालय सञ्चालन हुँदै
धनकुटाको महालक्ष्मी नगरपालिकाका बिद्यालयहरु मंगलवारदेखि सञ्चालन हुनेभएका छन् । महालक्ष्मी नगरपालिकाका बिद्यालय ब्यबस्थापन समितिको भेलाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
मेघगर्जन चट्याङसहित वर्षा सम्भावना
जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको छ ।
सुरु भयो रातो केरा खेती
दाङमा रातो केराको खेती सुरु भएको छ । ‘सुगर फ्री’ रूपमा चिनिने यो केराको खेती तुलसीपुर उपमहानगरपालिका –१७ मा रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा केरा खेती सुरु गरिएको हो ।
जुम्लामा औद्योगिक महोत्सव सञ्चालन
निजी क्षेत्रको अगुवाईमा जुम्लामा १० दिने औद्योगिक महोत्सव सुरु भएको छ । सदरमुकाम खलङ्गामा प्रादेशिक कृषि पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको हो ।
गोरखामा भूमिहिन दलितलाई लालपुर्जा वितरण
उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुलचुकका भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिएको छ । आइतबार धार्चे गाउँपालिका–१ हुलचुकका चार घरधुरी भूमिहिन दलितलाई भूमि समस्या समाधान आयोग गोरखाले जग्गाको लालुपुर्जा वितरण गरेको हो ।