संस्कृतिले देश एकताबद्ध बनाउन सहयोग गरेको छ
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेको बताउनुभएको छ ।
दसैँमा आज पोखरामा निःशुल्क बस सञ्चालन
विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् ।
दसैंले आत्मनिर्भर प्रदेश बनाउन उर्जा प्रदान गर्नेछ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व २०८१ बाट ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
विजयादशमीको अवसरमा भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाँले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो ।
कैदीबन्दीलाई दसैँको टिका
तनहुँ कारागारका कैदीबन्दीलाई नेपालीहरुको महानपर्व विजया दशमीको अवसरमा आज टिका तथा जमरा लगाउने अवसर पाएका छन् ।
दसैँ टीकाको साइत आरम्भ
विजयादशमीको टीकाको साइत आरम्भ भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ३६ मिनेट जाँदा टीकाको शुभ साइत सुरु भएको हो ।
पर्यटकको आकर्षक गन्तव्य बन्दै विचित्र गुफा
गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ ।
बागेश्वरी मन्दिरमा दुईसय बढीले जिब्रो छेडे
दसैंको अवसरमा नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्नेहरु बढ्दै गएका छन् ।
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन ।
शक्तिपीठमध्येमा पुरानो सतौँकोट
शक्तिपीठमा चिनिने स्याङ्जाको आलमदेवी, गहौँकोट, नुवाकोट, खिलुङ्गकोटमध्ये सबैभन्दा पुरानो सतौँकोट (चण्डीस्थान) मानिन्छ ।
आरन व्यवसायले सहज बनायो जीविकोपार्जन
बाजुराको बुढीगङ्गा नगरपालिका–४ बानेगाउँका स्थानीय पदम लुहारले गाउँमै सञ्चालन गरेको आरन व्यवसायले जीविकोपार्जन सहज बनाउनुभएको छ ।
भैरवस्थानमा बल्दैछ पाँचसय वर्षे पुरानो दीप
पाल्पाको रिब्दिकोटमा रहेको पश्चिम नेपालकै एक मात्र शक्तिपिठ भैरवस्थान मन्दिरमा पाँचसय बर्षदेखि अखण्ड दीप बलिरहेको छ ।
नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै
नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ ।
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’
लामो समयदेखि आवरण कला र लिपि साधनामा लाग्नुभएका रमेश पौडेलले आफ्नै हस्तलिपिलाई मौलिक फन्टका रूपमा विकास गर्नुभएको छ ।
बिपी राजमार्ग चाँडै पुनः निर्माण गरेर व्यवस्थित गर्छौं : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले असोजको दोस्रो साता आएको बाढीपहिरोले भत्काएको बीपी राजमार्गलाई चाँडो पुननिर्माण गरेर सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
ताकमकोतमा ठेलो फाल्ने प्रतियोगिता
म्याग्दी धवलागिरि गाउँपालिका ७ स्थित प्रशिद्ध धार्मिकस्थल ताकमकोतमा दसैंमा ठेलो फाल्ने प्रतियोगिता अझै कायम छ । तत्कालीन थापा राजाको पालाबाट सुरु भएको ठेलो फाल्ने संस्कृतिलाई ताकमबासीले आठसय वर्षदेखि निरन्तरता दिँदैआएका छन् ।
दसैँभरी गाउँमा रमाइलो र उल्लास
रोजगारी तथा अध्ययनको लागि गाउँ छाडेर देशका विभिन्न शहरमा तथा विदेश पसेकाहरु चाडपर्व मनाउन घर फर्केपछि तनहुँका गाउँ–गाउँमा दसैँको उल्लास छ ।
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
मुलुकमा दसैँको रमझम चलिरहेको बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका छन् ।
बाढीपीडितको पुनःव्यवस्थापनमा केन्द्रित हुन पूर्व राष्ट्रपतिको सुझाव
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिनुभएको छ ।
आपसी सहयोग र सद्भावकाबीच दसैँ मनाऔँः मुख्यमन्त्री कार्की
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् चाड बडादसैँको शुभअवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने
सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न
विजयादशमीको घटस्थापनादेखि महानवमीको मध्यरातिसम्म भक्तपुरको टोलटोलबाट नवदुर्गाका नौवटा मन्दिरमा गएर राति मनाइने नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न भएको छ ।