विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
ट्रमा सेन्टर निर्माणले गति लिँदै
दाङको लमहीमा ट्रमा सेन्टर निर्माणको कामले पछिल्लो समय गति लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएकाे छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय प्रतिनिधि सहभागी हुँदैछन्।
ग्रामीणस्तरका सडक धमाधम मर्मत
चाडपर्व आउन थालेपछि पर्वलाई लक्षित गर्दै ग्रामीणस्तरका सडक धमाधम मर्मत गर्न थालिएको छ । कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडक मर्मतलाई तीव्र बनाएको जानकारी दिनुभयो । देश तथा विदेशबाट दसैँतिहार जस्ता पर्व मनाउन गाउँमा आउनेको सङ्ख्या पनि बढी हुने र वर्षा पनि विस्तारै रोकिएकाले सडक मर्मत तीव्र रूपमा बनाइएको उहाँको भनाइ छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
विषादीको विकल्पमा जैविक मल
कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाको हुप्सेकोट–१, जुगेपानीका किसानलाई तरकारी तथा फलफूलमा हाल्ने विषादीसम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुुम्बा’ निर्माण गरेको हो ।
महिनावारी हुँदा मन्दिरको बाटो जाँदैनन् विद्यार्थी
कालीकोटका विद्यालयका छात्राहरू अझै पनि महिनावारी हुँदा विद्यालय जान डराउने गरेका छन् ।
पीडित परिवारले पाए राहतको रकम
रुकुमपश्चिममा मनसुनजन्य विपत्मा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता (राहत) वितरण गरिएको छ ।
खाली भएका गाउँबस्ती भरिँदै
हिउँद र बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती अहिले भरिन थालेका छन् ।
‘जानकी’ मा युवा सङ्घर्षको कथा
पद्माप्रेम थिएटरले तयार गरेको ‘जानकी’ नाटक पोखराको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन भइरहेको छ । बाँच्नका लागि सङ्घर्ष गरिरहेका युवाको कथा नाटकमा छ । गाउँघरमै सम्भावना खोजिरहेका युवाको सङ्घर्ष देखाउँदै सफल हुन गर्नुपर्ने उकाली ओरालीसमेत चित्रण गरिएको छ ।
अख्तियारको सक्रियता
राजनीतिक परिवर्तनपश्चात् मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय हुने जनअपेक्षा थियो ।
परिमार्जनको बाटोमा बङ्गलादेश
गत वर्ष पुस (इस्वी संवत् २०२४ को आरम्भ) मा भएको निर्वाचनले बङ्गलादेशमा राजनीतिक स्थिरता कायम रहने अपेक्षा थियो । त्यसकै आधारमा सेख हसिना नेतृत्वको ‘अवामी लिग’ पार्टीको सरकार आउँदो पाँच वर्षमा थप आर्थिक समृद्धि ल्याउँछौँ भनेर जनतालाई आश्वस्त पनि पार्दै थियो । त्यो आश्वासन टिकाउ भएन । चुनावपछि
विश्वकर्मा र वास्तुकला
हिन्दु समुदायमा प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन विश्वकर्मा भगवान्को जन्मजयन्ती मनाउने गरिन्छ ।
समृद्धिको आधार विज्ञान प्रविधि
विज्ञान र प्रविधि आधुनिक समाजको मेरुदण्ड हो, जसले देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।
सुशासन प्रवर्धनमा पालिका
संविधानको धारा ५६ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने उल्लेख छ ।
प्राचीन चाड इन्द्रजात्रा
बाह्र महिनाका १२ आदित्यमध्ये भदौ महिना इन्द्रको विशेष महिना मानिन्छ । नेपाल भाषामा यसबेलाका देवतालाई ञँलाद्यो भनिन्छ । ञँलाद्यो अर्थात् इन्द्रको पूजा, उत्सव जात्रा यहीबेला नै सम्पन्न गरिन्छ । प्राचीनकालमा इन्द्रको उत्सवलाई इन्द्रमह भनेर वर्णन गरिएको पनि पाइन्छ । इन्द्रजात्रा नेपालमा मनाइने विभिन्न जात्रामध्ये एक अत्यन्त प्राचीन जात्रा हो । संस्कृतिविद्का अनुसार दसैँतिहार, फागुपूर्णिमाभन्दा पनि इन्द्रजात्रा अझ पुरानो चाडका रूपमा रहेको छ । भदौ शुक्लपक्षको
आइसिसी विश्वकप लिग–२ : नेपाल क्यानडासँग पराजित
नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो ।
मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु
ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो ।
‘देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी छ’
नेपालमा क्यान्सरका क्षेत्रमा क्रियाशील अर्बुद रोग निवारण संस्थाको ४२औँ वार्षिकोत्सवको सोमबार यहाँ उद्घाटन गर्दै मन्त्री खड्काले पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएको भन्दै क्यान्सरलाई कम गर्न देशभर यससम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
बागमती प्रदेशसभाको बैठक असोज ६मा
बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।