सुनको मूल्य तोलामा एक हजारले घट्यो
स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।
रुसी आक्रमणमा ६ जनाको मृत्यु भएपछि युक्रेनद्वारा हवाई सतर्कता जारी
देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा छ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् ।
बाख्रा चोरीको विषयमा झगडा : एकको मृत्यु
कैलालीमा बाख्रा चोरीको विषयमा झगडा हुँदा कुटपिटबाट एकको ज्यान गएको छ । गौरीगङ्गा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको ज्यान गएको हो ।
बाँकेमा एक पुरुषको शव फेला
बाँके राप्तीसोनारी गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । सो गाउँपालिका वडा नम्बर २ गन्देली पुल नजिकै पूर्व पश्चिम राजमार्ग सडकखण्डको सानो पुल मुनी अन्दाजी ४५/५० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बागलुङ जिप दुर्घटना : मृतक पाँचैजना एउटै गाउँका
आज बिहान बागलुङको जैमिनी नगरपालिका –७ हर्देवामा भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेहरु एउटै गाउँका रहेका छन् । दुर्घटनाका मृतक ५ जनाको सनाखत भएको छ ।
शौचालयमा शिशु जन्माएर फरार महिला पक्राउ
झापाको हल्दिबारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेशका सात स्थानमा उपनिर्वाचन
मधेश प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।
दशक बित्दासमेत टेकोमै वसन्तपुरको सम्पदा
काठमाडौंको वसन्तपुर डबलीमा अवस्थित नेपाल–संस्कृत विश्वविद्यालयको भवन काठको टेकोमा अड्याइएको वर्षौ बितिसकेको छ । विश्व सम्पदा क्षेत्र अन्तर्गत रहेको यस भवन परिसरमा दिनहुँ हजारौं बाह्य तथा आन्तरिक पर्यटकको आवागमन हुने गरेको छ ।
बागलुङ दुर्घटनाः मृतक पाँचजनाको पहिचान
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।
जिप दुर्घटनामा पाँचको मृत्यु
बागलुङको जैमिनी नगरपालिका –८ छिस्तीबाट आज बिहान बागलुङ बजार आउँदैगरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रका लागि सुखद भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
उद्योगमा विद्युत लाइन सुचारु गर्न सरकारको निर्देशन
सरकारले उद्योगमा विद्युत लाइन तत्काल सुचारु गर्न निर्देशन दिएको छ । आइतवार साँझ बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
हेटौँडामा दुई दिने बजार प्रदर्शनी मेला हुँदै
हेटौँडामा दुई दिने सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला हुनेभएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम र एलोई प्रालिको साझेदारीमा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय साना तथा मझौला उद्यम बजार मेला कात्तिक २९ र ३० गते हेटौँडामा हुनेभएको हो ।
पाँच लाख नगदसहित भारतका नागरिक पक्राउ
झापामा स्रोत नखुलेको नेपाली रुपियाँ ५ लाख ३४ सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
किसानका प्राविधिक समस्या समाधान गर्दै वैज्ञानिक
पूर्वी नेपालका किसानले तरकारी बालीमा भोग्दै आएका विविध समस्याबारे कृषि वैज्ञानिक र किसानबिच छलफलसहित समाधानको बाटो खोजिएको छ ।
दस वर्षपछि बन्यो पुल पहुँचमार्गको भने छैन टुङ्गो
मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ ।
एकताका लागि वनभोज
नेपाली कांग्रेस पार्टीभित्र फरक मत र समूह भए पनि एकता सबल बनाउन वनभोज आयोजना गरिएको नेपाल विद्यार्थी सङ्घ सिराहाले जनाएको छ ।
कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय
सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो ।
पाउँदुरे नाचको जगेर्ना गरिँदै
व्यास नगरपालिकास्थित तमु सुधार समाजले पाउँदुरे नाचको जगेर्ना गर्न थालेको छ । गुरुङ समुदायको प्रसिद्ध पाउँ दुरे नाँच लोप हुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरू जुट्न थालेका हुन् ।
सतासी लाखका औषधी गायब
कपिलवस्तु अस्पताल तौलिहवाबाट ८७ लाख रुपियाँभन्दा बढीको औषधी रहस्यमय तरिकाले हराएको छ ।
पर्यटक आकर्षित गर्ने योजना
लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ ।
आधुनिक प्रविधिले हराउँदै गोरु
गौमुखी गाउँपालिका–६, लिवाङ निवासी ललिता खत्रीलाई एक मुरी मकै छोडाउन दिनभर समय लाग्थ्यो ।
जोखिमपूर्ण यात्रा गर्न बाध्य
नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
प्राविधिक विषय पढाउँदै प्रदेश सरकार
बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ ।