• २४ मंसिर २०८१, सोमबार

आधुनिक प्रविधिले हराउँदै गोरु

blog

प्युठान नगरपालिका–४ मा गोरुले जोत्दै एक किसान । तस्बिर : सुजल श्रेष्ठ

प्युठान समाचारदाता

प्युठान, कात्तिक २६ गते  । गौमुखी गाउँपालिका–६, लिवाङ निवासी ललिता खत्रीलाई एक मुरी मकै छोडाउन दिनभर समय लाग्थ्यो । घरपरिवारका सबै सदस्यले काम गर्नु पथ्र्यो तर अहिले गाउँमै मकै छोडाउने मेसिन भित्रिएपछि दिनभर लाग्ने काम एकै घण्टामा सकिन्छ । खत्रीले अहिले गाउँमा आधुनिक प्रविधि भित्रिएपछि किसानलाई सजिलो भएको बताउनुभयो । 

गाउँ गाउँमा अहिले विभिन्न प्रकारका आधुनिक प्रविधि भित्रिएका छन् । सिजन अनुसार खेती गर्न प्रविधिले किसानलाई सघाएको छ । स्थानीय कृषक पदमबहादुर केसीले आधुनिक प्रविधिको प्रयोगबाट पैसा र श्रम दुवै बचेको बताउनुभयो । आधुनिक प्रविधिको बढ्दो प्रयोगले गाउँमा गोरु पाल्नसमेत छाडिएको छ । केसीले भन्नुभयो, “परम्परागत रूपमा खेती गर्दा महँगो पथ्र्यो । जसले गर्दा अहिले गाउँमा गोरु पाल्न छोडिसके ।” गाउँमा जोत्न मिनी ट्रिलर, पावर ट्रिलर, मकै छोडाउने मेसिन, धान, कोदो छाँट्ने थ्रेसरको प्रयोग भइरहेको छ ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमानसिंह गिरीले मेसिन औजारको प्रयोग बढेसँगै मेसिन सञ्चालन, मर्मतसम्बन्धी तालिम दिन थालिएको बताउनुभयो । जिल्लामा एकीकृत कृषि तथा पशुपन्छी कार्यालय, स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई विभिन्न कृषि औजार उपलब्ध गराउँदै आएको छ ।