झापा ११ कञ्चनजङ्घालाई हराउँदै क्वाटर फाइनल प्रवेश
उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
भुटानमाथि नेपालको दबदबा समाप्त
साफ महिला फुटबल च्याम्पियन्सिप २०२४ मा नेपाल घरेलु मैदानमा शुक्रबार भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजासँगै महिला फुटबलमा नेपालले भुटानमाथि बनाउँदै आएको दबदबा गुमाएको छ ।
टीका सुरेशको ‘पल पलमा’
टीका दाहालको सङ्गीत र सुरेश लामाको स्वर रहेको ‘पल पलमा’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको गीतको शब्द विष्णुबाबु देवकोटाको रहेको छ । गीतको सङ्गीत संयोजन राहुल प्रधानले गर्नुभएको छ ।
कालिकालाई चार लाखको दर्शन
बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैँको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
‘नगरपालिका सामाजिक रूपान्तरणतिर उन्मुख छ’
धनुषाको मध्यभागमा मिथिला बिहारी नगरपालिका पर्दछ । साबिकका तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी, अन्दुपट्टी, मिथिलेश्वर निकास, कजरा रमौल, भुतही पर्टेवा गाविस मिलेर बनेको यस नग
लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि मात्र अदालत हाजिर गराइने
कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीमा राखिएको छ ।
अस्ट्रेलियामा नेपाली हिन्दु मन्दिर निर्माण गर्ने प्रतिबद्धता
अस्ट्रेलियाको लेबर पार्टीले राजधानी क्यानबेरालाई बहुसांस्कृतिक तथा बहुपहिचानयुक्त सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
कर्मामा विपिनको एक्सन
चलचित्र कर्माको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित हुनुभएको छ ।
विपत्मा मनपरी भाडा असुल
बिपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुसँग विपत्को मौका छोपी यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेका छन् । असोज महिनाको दोस्रो सातामा गएको बाढीपहिरोका कारण बिपी राजमार्गको नेपालथोक–
नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
सडक पहुँच नहुँदा खेर जान्छ करोडौँको स्याउ
सडकमार्गको पहुँच नहुँदा गोरखाको उच्च हिमाली क्षेत्रमा उत्पादन भएका करोडौँ रुपियाँ बराबरको स्याउ नष्ट भएको छ ।
पेसालाई आधुनिकीकरण गर्दै कृष्णबहादुर
धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका कृष्णबहादुर विक विदेशबाट फर्केर पुख्र्यौली पेसामा रमाइरहनुभएको छ । विगत दुई वर्षदेखि उहाँले परम्परागत पेसालाई आधुनिकीकरण गरिरहनुभएको छ ।
दसैँमा पनि रोकिएन बिदेसिनेको लर्को
नेपालीको महान् पर्व दसैँका अवसरमा पनि श्रम बेच्न बिदेसिने युवाको लर्को रोकिएन । चालु आर्थिक वर्ष २०८/८२ को साउन, भदौ र असोजमा बिदेसिनेको सङ्ख्या हेर्दा असोजमा थोरै घटे पनि दसैँले प्रभाव पारेको देखिएन ।
आजकाे विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
सरकार गठनपछिको तीन महिना : राजस्व सङ्कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि
विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपियाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
देशभरको तापक्रम क्रमशः घट्दो
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई यातायात सेवा निःशुल्क
महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायात निःशुल्क चढ्न पाउने भएका छन् ।
नियमविपरीत शुल्क लिएपछि विद्यार्थी आन्दोलित
काठमाडौँ मेडिकल कलेजले नियमविपरीत शुल्क लिएपछि इन्टर्नसिप गरिरहेका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । काठमाडौँ मेडिकल कलेजको आकस्मिक कक्षअगाडि एमबिबिएस २०१८ ब्याचका विद्यार्थी प्लेकार्डसहित प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका छन् ।
एसइईमा अनुत्तीर्ण नब्बे हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् ।
विकास पुगे पनि गाउँ खाली
तिनै तहका सरकारले विकासका पूर्वाधार गाउँ गाउँमा पुर्याए पनि विकास उपभोग गर्ने उपभोक्ता भने सहर केन्द्रित भएका छन् ।
सिफारिस समिति अध्यक्षमा मिश्र
सरकारले पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ ।
खोकनामै अल्झियो द्रुतमार्ग
मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौँ–तराई/मधेश द्रुतमार्गको एक तिहाइभन्दा बढी काम सम्पन्न भए पनि काठमाडौँबाट प्रस्थान विन्दु (शून्य किलोमिटर) का रूपमा रहेको ललितपुरको खोकनाको विवाद अझै टुङ्गिएको छैन ।
सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आत्मसमीक्षासहित सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ ।
साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल
लगातार पाएको अवसर सदुपयोग गर्न नसक्दा साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।