• ३ कात्तिक २०८१, शनिबार

अस्ट्रेलियामा नेपाली हिन्दु मन्दिर निर्माण गर्ने प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ३ गते । अस्ट्रेलियाको लेबर पार्टीले राजधानी क्यानबेरालाई बहुसांस्कृतिक तथा बहुपहिचानयुक्त सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ । आसन्न चुनावअघि जारी गरेको घोषणापत्रमा लिबरल पार्टीले नेपाली समुदायको पहिचान झल्कने खालको हिन्दु मन्दिर र सामुदायिक केन्द्र स्थापनाको प्रतिबद्धता जनाएको छ । गएको शनिबार क्यानबेरास्थित लिबरल पार्टीका नेता एलिजाबेथ लीले जारी गरिएको घोषणापत्रमा राजधानीलाई बहुसांस्कृतिक तथा बहुपहिचानयुक्त बनाउन यस्तो गर्नुपर्ने उल्लेख छ । 

अस्ट्रेलियामा विभिन्न भाषा, धर्म र समुदायको बसोबास भएकाले यसलाई बहुसांस्कृतिक र बहुपहिचानयुक्त सहर बनाउन अन्य यस्तो घोषणापत्र जारी गरिएको हो ।  झन्डै तीन लाख नेपाली समुदायको बसोबास रहेको अस्ट्रेलियामा हिन्दु मन्दिर निर्माणमा लबिङ गरिएको सनातन समाजको पहलमा यस्तो प्रतिबद्धता जनाइएको हो । समाजका अध्यक्षसमेत रहनुभएका सन्तोष मल्लले लामो प्रयासपछि लिबरल पार्टीले यस्तो प्रतिबद्धता जनाएकोमा खुसी प्रकट गर्नुभयो । नेपाल र नेपालीको छुट्टै पहिचान खोज्नका लागि आफूहरू क्रियाशील रहेको भन्दै यसबाट नेपाली समुदाय पनि अब स्थापित भएको सन्देश जाने उहाँले बताउनुभयो । अहिले पनि क्यानबेरा सरकारको नेतृत्व लिबरल पार्टीले गरिरहेको छ । साथै पहिलो पटक यस्तो घोषणापत्र जारी भएको हो । यसअघि पनि लेबर पार्टीको सरकारले क्यानबेरास्थित मलम्बो नदीमा हिन्दु परम्परा अनुसार दाहसंस्कार र अस्तु सेलाउने अनुमति दिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । अस्ट्रेलियामा अन्य समुदायले यस्तो अनुमति पहिलो पटक नेपालीले पाएका हुन् । सन् २०२० मा सनातन समाज अस्ट्रेलियाको स्थापना भएको हो ।