• ३ कात्तिक २०८१, शनिबार

टीका सुरेशको ‘पल पलमा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३ गते । टीका दाहालको सङ्गीत र सुरेश लामाको स्वर रहेको ‘पल पलमा’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको गीतको शब्द विष्णुबाबु देवकोटाको रहेको छ । गीतको सङ्गीत संयोजन राहुल प्रधानले गर्नुभएको छ । 

म्युजिक भिडियोमा नवीन न्यौपाने र अन्जसा रिजालले अभिनय गर्नुभएको छ । युयुश ढकालले छायाङ्कन गरेको भिडियोलाई आरती  लिम्बूले सम्पादन गर्नुभएको छ । नवीन न्यौपानेले निर्देशन गर्नुभएको भिडियोको निर्माता केशव पाण्डे र सरोजा शर्मा हुनुहुन्छ । भिडियो अमेजिङ प्राइम नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।