• ३ कात्तिक २०८१, शनिबार

लामिछाने कास्की प्रहरीकाे हिरासतमा, भोलि मात्र अदालत हाजिर गराइने

blog

काठमाडौँ, कात्तिक ३ गते । कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रवार पक्राउ पर्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीमा राखिएको छ ।

स्वास्थ्य परीक्षण पछि लामिछानेलाई कास्की प्रहरीले आइतबार मात्र अदालतमा हाजिरी गराउने जनाएको हो । शनिवार अदालत बिदाका कारण एक दिन कास्की प्रहरीकै हिरासतमा राखिने भएको हो । 

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष थियो ।