विश्व खाद्य दिवस मनाइँदै
‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ मूल नाराका साथ सोमबार (आज) ४४ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्दका बेला प्रसाईँका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको शनिवार राती मृत्यु भएको छ ।
साल्टको मोबाइल भ्यान बाढी प्रभावित क्षेत्रमा
साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्वलक्षित प्रयोग गर्दै आएका तीन वटा मोबाइल भ्यान बाढी प्रभावित क्षेत्रमा खाद्यवस्तु बिक्री गर्न परिचालन गरेको जनाएको छ ।
वैदेशिक रोजगारी : छात्रवृत्तिका लागि आवेदन दिन आग्रह
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग वा बिरामी भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन दिन आग्रह गरेको छ ।
दसैँमा सात गुणाभन्दा बढी मासु खपत
अरूबेला मासु नखाए पनि दसैँमा ऋण काढेरै पनि मासु खाने चलन अहिले पनि छ ।
स्रोत व्यवस्थापन गर्दै अर्थ मन्त्रालय
अर्थ मन्त्रालयले बाढीपहिरोले अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले
दसैँ महोत्सवमा मौलिक उत्पादनमा आकर्षण
दसैँलक्षित ‘नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रदर्शनीमार्गमा जिल्लास्तरीय उद्योग मेला तथा दसैँ महोत्सव चलिरहेको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने तीन वटै सडक सञ्चालनमा
गत साता आएको बाढीपहिरोपछि क्षतिग्रस्त तीन वटै प्रादेशिक मार्ग सञ्चालनमा आएका छन् । हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ जोड्ने, फाखेल–फर्पिङ जोड्ने र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने सडक आइतबार अपराह्न ४ बजेपछि सञ्चालनमा आएका हुन् ।
गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त
काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ ।
दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ६२ करोड जम्मा
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबान (प्राकृतिक प्रकोप) मा परेका नागरिकलाई राहत र पुनस्र्थापनाका लागि आवश्यक रकम स्वस्फूर्त जम्मा हुने क्रम जारी छ ।
नेपालीको विवरण अद्यावधिक गर्न निर्देशन
परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएर अद्यावधिक गर्न त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ ।
एनपिएलमा बाह्र क्रिकेटरलाई अधिकतम रकम
विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता उत्कर्षमा छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको छ ।
मिति सच्याएर सामग्री बेच्दै व्यापारी
पर्वतको मशासीला गाउँपालिका –५ दुक्तानको त्रिशक्ती बुद्ध बेकरीले उत्पादनभन्दा एक दिन पछाडिको मिति राखेर बिस्कुट, पाउरोटी र नमकिन बेचेको भेटिएको छ ।
खुर्कोटमा बेलिबृज जडान सुरु
सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ ।
पोस्ट ग्रयाजुएटमा चार सय विद्यार्थी कोटा थप्न शिक्षक दरबन्दी स्वीकृत
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेश हुँदै मनसुन बाहिरियो
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ।
हेटौँडा–काठमाडौँ जोड्ने तीनवटै सडक सञ्चालन
गत साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको मकवानपुर हुँदै काठमाडौँ जोड्ने तीन वटै प्रादेशिक मार्ग सञ्चालनमा आएको छ ।
हेवा खोलामा फड्के बनेपछि फर्कियो खुशी (फोटो फिचर)
बाढीले पुल बगाएपछि वारपार गर्ने माध्यम टुटेको मेची राजमार्गस्थित फिदिम-भारपाखण्डको हेवा खोलामा नेपाली सेनाले फड्के बनाएसँगै स्थानीयको खुशी फर्किएको छ।
भक्तपुरमा जिल्लाब्यापी फुटसल सुरु
मध्यपुर युनाइटेड र लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा आइतबारदेखि भक्तपुरमा जिल्लाब्यापी फुटसल प्रतियोगिता सुरु भएको छ ।
गृहमन्त्री लेखकद्वारा ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण
गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
मृतक खेलाडीको परिवारलाई एन्फाले आठ लाख दिने
मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिपरिवार आठ लाख रुपियाँ सहयोग गर्ने भएको छ
अध्यक्ष ढुङ्गानाद्वारा मनसराको निःशुल्क उपचार सहयोग
नेकपा (एमाले) कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले एक जना महिला बिरामीको निःशुल्क उपचार गराउनुभएको छ ।
म्याद गुज्रेको सामान राखेका र मापदण्ड पुरा नगरेका पसललाई जरिवाना
रुकुमपश्चिममा म्याद गुज्रेको सामान राखेका र कानुनी मापदण्ड पुरा नगरेका व्यवसायीलाई जरिवाना गरिएको छ।