कपिलवस्तुको शिवपुरमा बस पल्टिँदा २० जना घाइते
कपिलवस्तुको शिवराज नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवपुरमा बस पल्टिँदा २० यात्रु घाइते भएका छन् ।
दशैँमा घर जान टिकट काट्नेको घुँइचो (फोटो फिचर)
आज बिहान ७ बजेदेखि बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड छ । टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा टिकट काट्नका लागि भीड लागेको देख्न सकिन्छ ।
माछा मार्ने क्रममा खोलामा डुबेर एक युवती बेपत्ता
कैलालीमा खोलामा डुबेर एक युवती बेपत्ता हुनुभएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ झलारीकी २० वर्षीया नबिना चौधरी झलारी नालामा डुबेर बेपत्ता हुनु भएको हो ।
संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेको पदयात्रा (फोटो फिचर)
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संविधान दिवस २०७९ को पूर्वसन्ध्यामा आज शनिबार विहान काठमाडौंमा पदयात्रा सम्पन्न गरेको छ । विभिन्न ठाउँबाट पदयात्रा गर्दै वसन्तपुरमा गएर कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय पर्वको रुपमा मनाइनुपर्ने बताउनुभयो ।
आजबाट सार्वजनिक स्थलमा धूमपान निषेध
काठमाडौँ महानगरपालिकाले असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ। महानगरका नगरप्रमुख बालेन्द्र साहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको बताउनुभयो। उहाँका अनुसार सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो।
जरिवाना नतिरे उम्मेदवार हुन नपाइने
स्थानीय निर्वाचनमा व्यक्तिगत खर्च विवरण नबुझाएका उम्मेदवारले जरिवाना नतिरे आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित हुने भएका छन्। निर्वाचन आयोगले स्थानीय निर्वाचनको खर्च नबुझाउनेलाई कारबाही गर्दा एक लाख २३ हजार ६२४ जना उम्मेदवार जरिवाना नतिरे आगामी चुनावमा उम्मेदवारी दिनबाट वञ्चित हुनेछन्।
प्रतिवेदन तयारीमा दलहरू विभाजित
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने वा नलाग्ने विषयमा प्रतिवेदन लेखनमै दलहरूबीच मतभेद भएको । जबरामाथिको महाभियोग प्रक्रियाको बयान प्रमाणितको क्रम जारी छ। प्रतिनिधि सभाको कार्यकाल शनिबार अन्तिम भएसँगै प्रस्तावक दलहरू सङ्क्षिप्त भए पनि प्रतिवेदन बनाउने प्रयासमा छन्। प्रतिपक्ष दल भने बयान प्रमाणित, प्रतिप्रश्न र झिकाइएका प्रमाण बुझ्नै बाँकी रहेकाले निष्कर्षसहितको प्रतिवेदनको पक्षमा छैन।
मृतक मतदाता सूचीबाट हटाइए
निर्वाचन आयोगले मृतक तथा दोहोरिएका करिब दुई लाख १६ हजार मतदाताको नाम हटाएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा उक्त सङ्ख्यामा मृतक तथा दोहोरिएका मतदाताको नाम हटाइएको हो। आगामी निर्वाचनका लागि आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ। यसअघि स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “स्थानीय निर्वाचनपछि नामावली दर्ता सुरु गर्दा करिब चार लाख ७१ हजार नयाँ मतदाता थपिए, जसअनुसार कुल एक करोड ८२ लाख मतदाता पुगेकोमा अद्यावधिकपछि एक करोड ७९ लाख ८८ हजार ५७० जना कायम भएका छन्।”
सेनामा समावेशी पदपूर्ति हुनै समस्या
नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन। समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले जनाएको छ।
विमानस्थल नाफामा लैजान दैनिक दुई उडान
हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यसहित देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये सेवामूलकतर्फका १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन्। विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा ती विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन्।
हात्तीको पनि गरिन्छ विधिपूर्वक न्वारन
धार्मिक परम्पराअनुसार होमादी पूजासँगै हात्तीको न्वारान गर्ने गरिएको समाचार सुन्दा अनौठो लाग्न सक्छ तर चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ। सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ। चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन्। पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ।
दशैंका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि
सरकारले दशैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
माग सम्बोधन गर्न मिटरव्याजीको आग्रह
मिटरव्याजी पीडितहरुले न्याय माग्दै सिंहदरवार घेराउ गर्ने चेतावनी दिएका छन् । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले समयमा माग सम्बोधन नभए संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभयो ।
अर्बुदले अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्दै
नेपाल अर्बुद रोग निवारण संस्थाले अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्ने भएको छ । संस्थाको ४० औँ वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रका अध्यक्ष महेश श्रेष्ठले संस्थाले छिटै अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्ने जानकारी दिनुभयो ।
साउदीसँग छिट्टै श्रम समझदारी हुने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताउनुभएको छ ।
महिला साफ च्याम्पियनसिप : बङ्गलादेश फाइनलमा
छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ ।
डा.केसीको मागप्रति हामी गम्भीर छौँ : स्वास्थ्य राज्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा.गोविन्द केसीको मागप्रति गम्भीर भएको बताउनुभएको छ ।
एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम
निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ ।
कोरोना बीमाका लागि एक अर्ब रुपियाँ निकासा, मापदण्ड बनाएर वितरण हुने
लामो समयसम्म भुक्तानी हुन नसकेको कोरोना बीमा भुक्तानीका लागि सरकारले एक अर्ब रुपियाँ निकासा गर्ने भएको छ । गतसाता बसेको मन्त्रिपरिषद् बैठकले एक अर्ब निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो ।
डेंगुको प्रकोप बढ्दै : १३ जनाको मृत्यु, १३ हजार बढीमा सङ्क्रमण पुष्टि
पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
प्रहरी हौं भन्दै लुटपाट गर्ने तीन पक्राउ
प्रहरी हौं भन्दै नगद लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३० लाख २३ हजार २०८ रुपियाँ लुटपाट गरेको अभियोगमा तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
साल्मे सिस्नेरी पहिरोका कारण यात्रा कष्टकर
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडकखण्डमा गएको पहिरोका कारण यात्रा कष्टकर बनेको छ ।
कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य
कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवाद्वारा नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने उद्घोष
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गर्नुभएको हो ।