सक्रिय भयो पूर्वमनसुन
लामो समयपछि पूर्वमनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कलमात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । ज
श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्र्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
हात्ती संरक्षण प्रयासको सराहना
नेपालले हात्ती संरक्षणका क्षेत्रमा गरेका कामको अन्तर्राष्ट्रिय जगत्ले सराहना गरेको छ । एसियाली हात्ती पाइने १३ वटा मुलुकका प्रतिनिधिको तेस्रो बैठकमा नेपालले संरक्षणका लागि निर्माण गरेका नीति, अवलम्बन गरेका कार्यक्रम उदाहरणीय भएको बताएका छन् ।
ढुङ्गा हटाउँदा जोगियो बस्ती
नेपाली सेनाले बस्तीमाथि रहेको ढुङ्गा हटाएपछि सिङ्गो बस्तीमा हुन सक्ने विपत् टरेको छ । नुवाकोटको दुप्चेश्वर–१ घ्याङफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको ठूलो ढुङ्गा हटाउन नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ सञ्चालन गरेको थियो ।
रुपन्देहीमा ११३ जनाको उम्मेदवारी फिर्ता
स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा मनोनयन दर्ता गराएकामध्ये ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
यार्सागुम्बा सङ्कलनका लागि अनुमति अनिवार्य
दार्चुला, वैशाख १७ गते। हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा गुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने भएको छ। अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले संरक्षण क्षेत्रभित्र यार्सागुम्बा संकलनका लागि अनिवार्य अनुमति लिन सार्वजनिक सूचना जारी गरेको कार्यालय प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो।दार्चुलामा हिमाली क्षेत्रका नागरिक वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा गएर वर्षौदेखि यार्सागुम्बा सङ्कलन गर्दै आइरहेका छन्। कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनमा रोक लगाएको थियो। यस पटक यार्सागुम्बा सङ्कलनका लागि वन खोलिएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। वैशाख १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अपी नाम्पा संरक्षण क्षेत्रको कार्यालय खलङ्गा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमति पत्र वितरण भइरहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो।विगतका वर्षमा सम्बन्धित स्थानीय तह र अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयबीच यार्सागुम्बा सङ्कलन अनुमति पत्रका विषयमा विवाद हुने गरेको थियो। संरक्षण क्षेत्र कार्यालय र स्थानीय तहले अनुमति पत्र जारी गर्दा सङ्कलक अनुमति लिन दोधारमा पर्ने गरेका थिए। यस पटक भने हालसम्म संरक्षण क्षेत्र कार्यालयले मात्रै यार्सागुम्बा सङ्कलनका लागि अनुमति पत्र जारी गरिरहेको छ। कानुनी रुपमा संरक्षण क्षेत्रलाई नै यार्सागुम्बा सङ्कलन अनुमति पत्र वितरण गर्ने अधिकार रहेको कार्यालय प्रमुख पौडेलको भनाइ छ। जनप्रतिनिधि निर्वाचनको तयारीमा भएकोले पनि यार्सागुम्बा सङ्कलनतर्फ स्थानीय तहको ध्यान पुग्न नसकेको बताइएको छ।केही यार्सागुम्बा सङ्कलक वैशाख पहिलो हप्तादेखि नै यार्सागुम्बा सङ्कलन हुने पाटनमा पुगिसकेका छन्। संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो हप्तादेखि असारसम्म बढीमा ३० दिन मात्रै तोकेको छ। यार्सा पाटनमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले अनुगमन गर्ने भएकाले अनिवार्य रुपमा सबैलाई अनुमतिपत्र लिन कार्यालयले सार्वजनिक सूचनामार्फत् आह्वान गरेको छ।संरक्षण क्षेत्र भित्रका यार्सा सङ्कलकले प्रतिव्यक्ति पाँच सय, संरक्षण क्षेत्र बाहिरकाले प्रतिव्यक्ति दुई हजार र जिल्ला बाहिरका यार्सागुम्बा सङ्कलकले परिचयपत्र लिनका लागि तीन हजार रुपियाँ राजस्व रकम तिनुपर्छ। परिचय पत्र लिदाँ पासपोर्ट साइजको फोटो दुई प्रति र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न राख्नुपर्ने कार्यालयले जनाएको छ। संकलन अनुमति विना यार्सागुम्बाको सङ्कलन र ओसारपसार गरेमा यार्सागुम्बा जफत गरेर कानुन बमोजिम कारवाही गरिने कार्यालय प्रमुख पौडेलले बताउनुभयो। यार्सागुम्बा सङ्कलनका लागि यार्सा पाटन प्रवेश गर्दा हातहतियार साथमा लैजान नपाइने तथा खुला रुपमा फोहोर गर्न पाइने छैन। सङ्कलन अवधिमा कुनै वन पैदावारको हानी नोक्सानी, वन्यजन्तुको चोरी सिकार गरेमा कानुन बमोजिम कारवाही गरिने संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। खासगरी दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका हिमाली क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ। व्यास, अपिहिमाल, दुहुँ, मार्मा र नौगाडका संकलक यार्सागुम्बा सङ्कलनका लागि हिमालसम्म पुग्ने गरेका छन्। हिमाली क्षेत्रका स्थानीयको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा भएकोले स्थानीय सपरिवार यार्सा पाइने पाटनमा पुग्ने गरेको अपिहिमालका स्थानीय योगेन्द्र धामीले बताउनुभयो।
नेपाली सुरक्षागार्डको तलब तीन हजार रिंगेट बनाउन प्रस्ताव
काठमाडौं, वैशाख १७ गते । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएकाे छ ।पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताउनुभयो । श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । नेपाली कामदार मेहनेती र इमान्दार हुने चर्चा गर्नुहुँदै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताउनुभएको थियो । नेपाली युवालाई सीपयुक्त बनाएर थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शुन्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरुबीच छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उहाँहरुबीच छलफल भयो । नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवा छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकुल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागि मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो । भेटवार्तामा कार्यवाहक राजदूत मोतीबहादुर श्रीस पनि सहभागी हुनुहुन्थ्यो । यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै, नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) भ्रमण गरेको थियो ।
भूकम्प स्मृति स्तम्भ निर्माण सुस्त
भउचप्रसाद यादवकाठमाडौँ, वैशाख १७ गते । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ छ वर्षमा बनिसकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको थियो ।गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन स्तम्भ निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ भने चौथो पटक म्याद थपको तयारी भइरहेको छ । तेस्रो पटकको म्याद गएको चैतमा सकिएको हो ।तीस महिनाभित्र सम्पन्न गर्ने गरी स्वच्छन्द÷होम निर्माण (जेभी) सँग सम्झौता भएको थियो । १३ करोड छ लाख रुपियाँको लागतमा सो स्मृति स्तम्भ निर्माण भइरहेको छ ।बारपाक भूकम्प स्मृति स्तम्भ योजनाका प्रमुख सुरोज पौडेलले स्तम्भको अहिलेसम्मको भौतिक प्रगति ८५ र आर्थिक प्रगति ८० प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘स्तम्भको मुख्य संरचनाको काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ को काम भइरहेको छ । त्यसैगरी, सोही स्थानमा निर्माण भइरहेको क्यान्टिन, शौचालय, गार्ड हाउसलगायतको संरचनाको काम सम्पन्न भई अहिले रङ्गरोगनको काम भइरहेको छ ।’’त्यसैगरी, निर्माणाधीन मण्डलाभित्रको डेकोरेसन, ट्रसहरुमा रङरोगनको साथै स्तम्भ निर्माण क्षेत्रमा विद्युत् र पानी आपूर्तिका लागि आवश्यक पूर्वाधार निर्माणको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्र सो स्मृतिमार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले काम भइरहेको बताउनुभयो ।भूकम्पबाट मुख्य रुपले प्रभावित १४ वटा जिल्लाको सम्झना गर्ने किसिमले १४ वटा खम्बासहितको स्मृति स्तम्भ निर्माण हुन लागेको हो । खम्बामा मृतकहरूको नामसमेत समावेश गरिने छ । गृह मन्त्रालयबाट मृतकहरुको आधिकारिक नामको सूची माग गरिने प्रक्रिया अगाडि बढाइएको छ । सरकारी स्वामित्वमा रहेको २१६ रोपनी क्षेत्रफल जग्गामा स्तम्भ निर्माण भइरहेको छ ।भूकम्पबाट भएको क्षति सम्बन्धित जिल्लाको मात्र नभई सिङ्गो मुलुककै दुःखदायी र पीडाको घडी हो भन्दै ती १४ वटा खम्बा जोडाएर त्यसमाथि पृथ्वीको नक्सासमेत तयार गरिने आयोजना प्रमुख पौडेलले जानकारी दिनुभयो । पृथ्वीको नक्सामा भूकम्प गएको मिति र समयसमेत अङ्कित गरिने छ । यस स्तम्भको डिजाइन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले तयार पारेको हो ।
म्यादी प्रहरीलाई सुरक्षा निकायका आगामी भर्नामा प्रथमिकतामा राख्न गृहमन्त्री खाणको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध स्रोत र साधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’काे सुरक्षा गोष्ठीमा उहाँले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
असमान ज्याला नस्वीकार्ने श्रमिक महिलाको भनाइ
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १७ गते । अनौपचारिक क्षेत्रका श्रमिक महिलाले समान कामका लागि समान ज्याला पाउनुपर्ने आवाज उठाउनुभएको छ । अन्तर्राष्ट्रिय श्रम दिवसको पूर्वसन्ध्यामा होमनेट नेपालको अगुवाइमा नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च, जिफन्ट, एनटीयूसी र एक्सन एडद्वारा संयुक्त रुपमा आयोजित विचार गोष्ठीमा उहाँहरुले सो आवाज उठाउनुभएको हो । अनौपचारिक क्षेत्रमा कार्यरत् ८ जना महिला श्रमिकले सरकारी निकायका अधिकारी, श्रम संगठन तथा नीजि क्षेत्रका प्रतिनिधिसामु आफ्ना पीडा र संघर्षका कथा सुनाउनुभएको थियो । पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेका ती श्रमिक महिलाले महिला र पुरुषको ज्याला बराबर हुनुपर्ने, कार्यस्थलमा सम्मानजनक व्यवहार हुनुपर्ने, घर तथा समाजदेखि सरकारी तथा अन्य कार्यालयमा महिला श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।गोदावरी नगरपालिकाकी गृहश्रमिक लक्ष्मी वली, दक्षिणकालीकी कृषि मजदूर शिला पुर्कुटी, शंकरापुर–८ की कृषि मजदूर शर्मिला तामाङ, शंखमूलकी घरेलु श्रमिक लक्ष्मी क्षेत्री, कीर्तिपुरकी गृहश्रमिक उषा महर्जन, वसन्तपुरकी घरेलु श्रमिक सरिता श्रेष्ठ, शंकरापुरकी कृषि श्रमिक डोल्मो नेसुर र बडिखेलकी गृहश्रमिक मनिता तामाङ पहरी लगायतका महिला श्रमिकहरुले आफ्ना संघर्षका कथा सुनाउनुभयो ।कृषि श्रमिक नेसुरले आफू पनि अब असमान ज्यालामा काम नगर्ने बाचा गर्दै अरु श्रमिक महिलालाई पनि समान कामका लागि समान ज्याला दाबी गर्न आह्वान गर्नुभयो । “समान ज्याला नपाए काममै नजाउँ, बरु आफ्नै घरको काम गरौं,” उहाँले भन्नुभयो । संविधान तथा कानुनले समान कामका लागि समान ज्याला र विभेदरहित रोजगार सुनिश्चित गरेपनि व्यवहारमा विभेद कायम रहेको गुनासो महिलाहरुले गर्नुभयो । संघर्षका कथा सुनेपछि स्वास्थ्य मन्त्रालयकी लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाकी प्रमुख रोशनीदेवी कार्कीले संविधान, कानुन र सरकारले ल्याएका विभिन्न कार्यक्रममा लैंगिक समानताका हक सुनिश्चित गरेको हुँदा ती अधिकार प्राप्तिका लागि सम्बन्धित व्यक्ति आफै अघि बढ्नुपर्ने बताउनुभयो ।सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अनौपचारिक क्षेत्रमा कार्यरत् श्रमिकका लागि पनि स्वास्थ्य उपचार लगायतका सामाजिक सुरक्षा योजनाहरु लागु गर्न लागेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षदेखि तोकिएका अस्पतालमा अनौपचारिक श्रमिकहरुको पनि स्वास्थ्य उपचार गर्ने कार्यक्रम लागु गर्न लागिएको श्रमिकहरुबीच ज्ञवालीले जानकारी दिनुभयो ।त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा श्रमविज्ञ उमेश उपाध्यायले नेपालको श्रम क्षेत्रका लैंगिक असमानताको अवस्था र त्यसको निराकरणका लागि लिनुपर्ने पहलबारे प्रकाश पार्नुभयएको थियो । होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले संविधान, कानुन र सो अन्तर्गतका योजनाहरुले औपचारिक क्षेत्रलाई मात्र समेटेका कारण अनौपचारिक क्षेत्रमा कार्यरत् झण्डै ९२ प्रतिशत श्रमिकहरु श्रम कानून, नीति र सामाजिक सुरक्षा लगायतका योजनाबाट बन्चित हुनुपरेको बताउनुभयो । एनटीयूसीका उपमहासचिव राजेश पालिखे, एक्सन एडकी महिला अधिकार विशेषज्ञ निशा कार्की, राष्ट्रिय महिला अधिकार मञ्चकी कोषाध्यक्ष सरिता घिमिरे, जिफन्टमा आबद्ध गृहश्रमिक युनियनका अध्यक्ष चन्द्रसागर लामाले पनि श्रमिक महिलाको समान ज्याला र सम्मानको विषयमा चर्चा गर्नुभयो ।
साताका सात तस्बिर
काठमाडौं, वैशाख १७ गते । निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमार्गमा रातको समयमा देखिने दृश्य । तस्बिर : रासससडक सुन्दरताः दाङको जिल्ला समन्वय समितिको द्वारमा फुलेको फूलले बटुवाको मनै लोभ्याउनुका साथै सडकका सौन्दर्यता बढेकाे छ । तस्बिर : राससघरमा आगलागीपछि जलेको खाद्यान्न सङ्कलन गर्दै कैलालीको कैलारी गाउँपालिका वडा नं ७, विपतपुर शिविरका स्थानीयबासी । शिविरमा आगलागीका कारण घर जलेर खरानी भएपछि केही बचेको खाद्यान्न उहाँले सङ्कलन गर्नुभएको हो । तस्बिरः रासस सञ्चालनमा आयो वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएसँगै नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ । जेठ २ गते देखि नियमती रुपमा व्यसायिक उडान सुरु हुने भएको छ । तस्बिर : राससहुम्लामा निर्वाचन सामाग्री : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टर र विमान मार्फत बिहीबार हुम्ला पुगेको ३८ हजार मतपत्र सहित ५८ प्रकारका निर्वाचन सामाग्री । तस्बिर : रासस निर्माण हुँदै गरेको पुल : दाङको दंगीशरण गाउँपालिका–३ स्थित बागरखोलामा निर्माण हुँदै गरेको पुल । तस्बिर : राससगस्ती गर्दै म्यादी प्रहरी : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरी गस्ती गर्दै । तस्बिर : रासस पुर्नवास नगरपालिकामा रहेको प्यारा तालमा डुङ्गा चलाउँदै गरेका आन्तरिक पर्यटक । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत तालमा रहेका जलकुम्भी सफाइ गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि तालमा सयर गर्न डुङ्गाको व्यवस्था गरिएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने यो तालमा बेला बखत भारतीय पक्षले किचलो समेत झिक्ने गरेको छ । तस्बिर : राससकाठमाडौं उपत्यका र सुन्धरा क्षेत्रमा फुलेको मौसमी फूल । फुलेका मौसमी फूलले सहरलाई मनमोहक बनाएको छ । तस्बिर : केशव गुरुङ
विज्ञापन आचारसंहिता ल्याउने तयारी
सरकारले छिट्टै विज्ञापन बोर्डमार्फत विज्ञापन आचारसंहिता ल्याउन लागेको छ । विज्ञापन बोर्डद्वारा शुक्रबारदेखि राजधानीमा आयोजित विज्ञापन व्यवसायमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी दुईदिने कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले उक्त जानकारी दिनुभएको हो । उहाँले विज्ञापन व्यवसायमा देखा परेका समस्या समाधान गर्दै यसलाई थप स्वच्छ, पारदर्शी र निष्पक्ष बनाउन विज्ञापन बोर्ड स्थापना गरिएको स्पष्ट पार्नुभयो ।
सिन्धुलीमा बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते
तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
गभर्नर मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता
सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने र निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
दाङमा १७६ को उम्मेदवारी फिर्ता
दाङमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएका १७६ जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ।
प्रचारप्रसार संयमित र मैत्रीपूर्ण बनाऔं : महामन्त्री शर्मा
ललितपुर, वैशाख १६ गते। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति अनुरुप बनाउन सात प्रस्ताव अगाडि सार्नुभएको छ।उहाँले चुनावमा प्रचारप्रसारलाई संयमित र मैत्रीपूर्ण बनाउनुपर्ने, विगतमा गरिएका गल्ती र कमजोरीका बारेमा जनतासँग माफी माग्नुपर्ने, आलोचना सुन्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ। महामन्त्री शर्माले जनतालाई असम्भव सपना देखाउन नहुने, आचारसंहिता र संवैधानिक अधिकारको पालना हुनुपर्ने, अपारदर्शी र फजुल खर्च रोक्नुपर्ने र निर्वाचनको परिणामलाई स्वभाविक रुपमा स्वीकार्ने परम्पराको थालनी गर्नुपर्छ बताउनुभयो। नेपाल सांस्कृतिक संघद्वारा नेपाली कांग्रेसको चुनावी गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शर्माले यस्तो भनाइ राख्नुभएको हो। उहाँले दाइजो प्रथाको अन्त्य, जातीय भेदभाव र छुवाछुतको अन्त्य र स्वदेशमा रोजगारीको सवाल निकै संवेदनशील रहेको बताउनुभयो।कांग्रेसका नेता गुरु घिमिरेले कांग्रेस लोकतन्त्रवादी दल भएको तर अन्य दलमा लोकतन्त्र र लोकतान्त्रिक आचरणको कमी भएकाले नेपालमा लोकतान्त्रिक संस्कार बसाउन कठिन भएको उल्लेख गर्नुभयो।कार्यक्रममा नेपाल सांस्कृतिक संघका बुद्धिबहादुर राना, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकूलपति विष्णुविभू घिमिरे, गायिका राधिका हमाल, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले निर्वाचनमा गीत सङ्गीतले पार्ने प्रभावबारे चर्चा गर्नुभयो। “कांग्रेसलाई जिताऔं” बोलको सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बाँस्काटाको संगीत, राधिका हमाल, सुजाता के.सी., शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज के.सी.को निर्देशनमा तयार भएको हो।
नेपाल–अमेरिका सम्बन्ध सदैव मित्रवत्
अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत् दुई देशको सम्बन्धको चर्चा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
सडक विस्तारमा सेना : एक हजार चार सय किमी सडक र ३५ बेलीब्रिज हस्तान्तरण
नेपाली सेनाले एक हजार ४१२ किलो मिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ।
तीन दिन देशभर पानी पर्ने
शुक्रबार दिउँसो मुलुकभर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुरु भएको वर्षा आइतबारसम्म चल्नेछ।
तानसेन–रानीमहल जोड्ने सडकखण्ड एक साता बन्द
तानसेन–रानीमहल जोड्ने सडकखण्ड एक साताका लागि बन्द भएको छ । बिहीबारबाट तानसेन–रानीमहल जोड्ने सडक एक साताका लागि पूर्णरुपमा बन्द भएको हो ।
निर्वाचनका लागि छाङरुमा सञ्चार
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै व्यास गाउँपालिका-१ छाङरुमा स्काई फोन सेवा सञ्चालनमा ल्याउन लागिएको छ
मदनदास श्रेष्ठको प्रतिबद्धता-पत्र : काठमाडौं भ्रष्टाचारमुक्त महानगर
काठमाडौं, वैशाख १६ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेद्वारी दिनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मदनदास श्रेष्ठले शुक्रबार प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा निर्वाचन सम्बन्धित प्रतिबद्धता पत्र सार्वजनिक गर्नुहुँदै श्रेष्ठले भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो। नगर हुँदै राष्ट्र निर्माणमा एक हुन्छौं, सबैको भावनालाई समेट्दै पार्टीको उद्देश्य सफल पार्न अघि बढेको बताउनुभयो। यसका लागि साम, दाम, दण्ड भेदको प्रयोग गरेर विचलित पार्न सक्ने जोखिम भएकोप्रति उहाँले पार्टीपंक्तिको ध्यानाकर्षण गराउनुभयो।राजनीतिक फोहोरी नभएर राजनीति गर्ने मान्छेले यसलाई फोहोर बनाएको उहाँको भनाइ छ। ‘साधारण मान्छे कसरी चुनाव लड्नुहुन्छ भन्नुुहुन्छ, भ्रष्टाचार भनेको आमाको रगत खानुसरह हो भनेर अध्यक्षले भन्नुभाछ’, उहाँले भन्नुभयो।काठमाडौंमा पछिल्लो समयमै फोहोर उठ्न नसक्ने समस्या बढिरहेको र यी समस्याको समाधान हुनुपर्ने उहाँको भनाइ छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक काठमाडौं नगरलाई हराभरा, स्वच्छ बनाइने विषय प्रतिबद्धता पत्रमा उल्लेख छ। काठमाडौं कुरुप सहरको परिणत भएको अवस्थामा आधुनिक प्रविधि जोड्दै संस्कृति र सभ्यतालाई पुर्नस्थापित गर्ने, राजधानीलाई फोहोरमैलामुक्त र प्रदूषणमुक्त बनाउने, ट्राफिक समस्या ६ महिनाभित्र समाधान गर्ने, अनावश्यक करहरु हटाउने, मठमन्दिर, पार्टीपौवा, पर्व, जात्रा, गुठी आदिको संरक्षण गर्ने प्रतिवद्धता उहाँको छ।यसैगरी, ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य परीक्षण, स्वास्थ्य चौकी स्थापना, निम्नि आय भएका सुत्केरीलाई तीन महिनासम्म भत्ता, सार्वजनिक स्थानको शौचालय व्यवस्थित बनाउने विषय प्रतिबद्धता पत्रमा उल्लेख छ।को हुन् मदनदास श्रेष्ठ ?वि.सं. २००५ वैशाख १५ गते जन्म लिनुभएका मदनदास श्रेष्ठ वरिष्ठ कलाकार पनि हुनुहुन्छ। २०२१ सालदेखि काठमाडौंमा कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएको थियो। रङ्गमञ्च र चलचित्र क्षेत्रमा रहँदा कुनै पनि पार्टीसँग आबद्ध नरहे पनि राप्रपासँग उहाँको व्यक्तिगत निकटता र आस्था थियो। उहाँ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको पूर्वकेन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको छ। यसअघि राष्ट्रिय चलचित्र कलाकार सङ्घको महासचिव, कालिन्चोक युवा क्लबको सचिवको अनुभव उहाँसँग छ। दोलखा गुठीको सचिव पदमा रहेर काम गर्नुभएको उहाँले विशेषगरी, शैक्षिक क्षेत्रको योगदानमा जोड दिँदै आउनुभएको छ। उहाँ विभिन्न विद्यालय र क्याम्पसको सञ्चालक समितिको सदस्यमा हुनुहुन्छ।
उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिन आयोगको आग्रह
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी धाकधम्की नदिन आग्रह गरेको छ।
मालपोत अधिकृतविरुद्ध मुद्दा दायर
भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।