प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी ममतामयी माता हीरा बा मोदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक शोक सन्देशमार्फत भारतका प्रधानमन्त्री मोदीकी माता हीरा बाको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ। यस्तै यस दुःखद घडीमा भारतका प्रधानमन्त्री मोदी र उहाँका परिवारप्रति गहिरो समवेदनासमेत प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएको छ।
सबैसँग बिदा मागेर सधैँका लागि बिदा भए निराकर
थाइल्यान्डको सीमामा रहेको कम्बोडियाको होटलमा बुधबार राति भएको आगलागीमा परेर झापा बिर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेले ज्यान गुमाउनुभएको छ। आफू बसेको होटलको पहिलो तलाबाट नेपाली समयअनुसार राति ११:३० बजेबाट आगलागी सुरु भएको थियो। आगलागीपछि १२औँ तलामा रहनुभएका निराकारले राति १:०० बजे बिर्तामोडमा रहनुभएका बुबालाई भिडियो कल गर्नुभएको थियो। बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष समेत रहनुभएका अग्नि पाण्डेले छोरा विदेशमा यसरी अप्ठ्यारोमा परेको खबर भिडियो कलबाट सुनेपछि केही बोल्नै नसकेको बताउनुभयो। बुबासँगको कुराकानीपछि उहाँले साइँली बुहारी सङ्गीता पाण्डेलाई भिडियो कल गर्नुभएको थियो। “सायद म मर्छु होला। आगो घरभित्र पसिसक्यो हामफाल्न आँट आउन सकेको छैन। बुबाआमाको राम्रो हेरचाह गर्नू भन्दै हुनुहुन्थ्यो,” बुहारी सङ्गीताले बताउनुभयो।
लोपोन्मुख हुँदै आइना–बातै
प्रश्न/उत्तर मिश्रित यी हरफ डोटेलीका आइना हुन् । आइना यहाँको हाजिरी जवाफ प्रतियोगिताजस्तै हो । पुस १५ गते राति घर परिवार र छरछिमेकी एकै ठाउँमा जम्मा भई शरीरलाई न्यानो हुने मीठो मसिनो मौलिक परिकार खाएर आइना र बातै हाल्ने चलन छ । बातै भनेको कथा हो । आइनामा सवाल जवाफ हुन्छ भने बातै एक जनाले भन्ने र अरूले सुन्ने गर्छन् ।
नेपाली श्रव्यदृश्य प्रक्षेपणको तयारी
नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पु¥याइने छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको छ । स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिनुभयो ।
प्रचण्डलाई प्रधानमन्त्री नदिनु गल्ति : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्वीकार गरेर कांग्रेसले गल्ति गरेको बताउनुभएको छ ।
नीलगाई काटेर मासु भागबण्डा लगाउने तीन पक्राउ
कपिलवस्तुको यशोधरा गाउँपालिका –८ सिंहखोरमा वन्यजन्तु मारेर भाग लगाउँदै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् । शुक्रबार बाणगङ्गा नदीको बगरमा २५ किलो गाईको मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
देशमा राष्ट्रिय सहमतिको आवश्यक : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको बताउनुभएको छ । व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमू ल्होसारको अवसरमा आयोजित सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको शुक्रबार उद्घाटन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनु भएको हो ।
फेरियो दुर्गम बोबाङको मुहार
पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो ।
शालिनदीमा माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ ।
नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव
पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाइ पत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाइ दिनुभएको छ ।
निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे सडक
कपिलवस्तु नगरपालिका –६ बेलासपुरदेखि थूम्हवा चौरहासम्म जोड्ने सडकको कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । निर्माण भएको वर्ष दिन नबित्दै कालोपत्रे भत्किन थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडक निर्माणको जिम्मा सन्तोषी निर्माण सेवाले पाएको थियो ।
एकीकृत समाजवादी दलको नेतामा सोडारी
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन हुुनुभएको छ । ज्येष्ठ सदस्य प्रकाशबहादुर रावलको अध्यक्षता तथा पार्र्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।
चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
जिल्लाको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङस्थित बेशीमा कृषकको सुविधाका लागि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । स्थानीय स्तरमा कृषकले उत्पादन गरेको फलफुल लगायत कृषिउपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो ।
कपिलवस्तुको दुई सुरक्षित खानेपानीयुक्त वडा घोषणा
कपिलवस्तुको बाणगंगा नगरपालिकाको दुई वडा सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ । लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रीना नेपालले पालिकाको वडा १ र ४ लाई सुरक्षित खानेपानी वडा घोषणा गर्नुभयो ।
तमू ल्होछारको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री टुँडिखेलमा (फोटो फिचर)
गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टुँडिखेलमा पुग्नुभएको छ ।
अव्यवस्थित संरचनामा चल्यो नगरपालिकाको डोजर
म्याग्दीको बेनी नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ । शुक्रबार नगर प्रमुख सुरत केसीसहितको टोलीले बेनी नगरपालिका ८ कालिपुल बसपार्कस्थित अव्यवस्थित संरचनालाई डोजर लगाएर खाली गराएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीकाे बधाइपत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
हर्षोल्लासका साथ मनाइँदै तमू ल्होछार (फोटो फिचर)
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै शुक्रबार गुरुङ समुदायले तमू ल्होछार (नयाँ वर्ष) हर्षोल्लासका साथ मनाएका छन् ।
पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ ।
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित
प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । उहाँ कुल १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गर्नुभएको छ ।
बौद्धधर्मालम्वीले आज तोला लोसार मनाउँदै
नयाँ वर्ष अर्थात् तोला लोसार पर्व बौद्धधर्मालम्वीहरुले आज भव्यरुपमा मनाउँदै आएका छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर लोसार मनाउँदै आएका छन् ।
आफ्नो जग्गा पुनः पाउँदा हर्ष
खेतीयोग्य जग्गा फिर्ता पाउने आशासमेत मारिसकेका किसानले आफ्नो जग्गा फिर्ता पाई पुनः उपभोग गर्न पाउँदा धनुषाका किसान हर्षित देखिएका छन्। मधेश प्रदेशको धनुषा जिल्लास्थित मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पर्ने सीमा स्तम्भ नं. २८८ देखि २८९/८ वरिपरिको जग्गा जमुनी नदीले बहाव परिवर्तन गर्दा नदीको सीमाना भारततर्फ पर्न गएको जग्गा फिर्ता हुने आससमेत मारेका किसानले पुनः आफ्नो जमिन उपभोग गर्न पाउँदा हर्षित देखिएका हुन्।