• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूतको भेटवार्ता

प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीकाे बधाइपत्र

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनु भएको बधाइ पत्र हस्तान्तरण गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।

शुक्रबार राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाइपत्र हस्तान्तरण गर्नुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रेस संयोजक शर्माकाअनुसार भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।