विपन्नको जाडो कथरी पोछराको भरमा
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अमिरुन निशा जाडो सुरु भएपछि राम्रोसँग निदाउन पाउनुभएको छैन । सुत्केरी हुने दिन नजिक आउँदैछ ।
रोहिणी गाउँपालिकाका विद्यालय छ दिन बन्द
निरन्तर चिसो बढ्दै गएपछि रुपन्देहीको रोहिणी गाउँपालिका भित्रका विद्यालयहरू भोलि (मङ्गलबार)बाट बन्द हुने भएको छ ।
शीतलहरका कारण विद्यालय बन्द
अत्यधिक चिसो र शीतलहरका कारण कपिलवस्तुमा विद्यालय बन्द गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिका र शुद्धोदन गाउँपालिकाले विद्यालय बन्द गरेका हुन ।
तिला नदीमा बालक बेपत्ता
तिला नदीमा एक बालक बेपता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका १ को भिग्म बजारस्थित तिला नदी किनारमा खेलिरहेका १३ वर्षीय बालक बेपत्ता भएका हुन् ।
विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण
ताप्लेजुङमा ग्रामीण क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । विभिन्न छ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको हो ।
धनुषामा राहदानीसम्बन्धी काम स्थगित
धनुषामा राहदानीसम्बन्धी सम्पूर्ण काम रोकिएको छ । सर्भरमा समस्या उत्पन्न भएपछि राहदानीसम्बन्धी सम्पूर्ण काम रोकिएको हो ।
सरकारको परराष्ट्रनीति एउटै हुन सकेन : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो ।
एक दशकमा पनि सम्पन्न भएन टेकु पुल
निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमती पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैंदेखि पुल अलपत्र छ ।
प्रतिष्ठानद्वारा फुरुबोलाई सम्मान
ताप्लेजुङस्थित फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानले गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को अन्तिम चारमा पुग्न सफल सहिला फूरुम्बो लिम्बूलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । सोमबार सङ्घीय संसद्का महासचिवलाई पत्र लेख्नुहुँदै प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने उल्लेख गर्नुभएको हो ।
सर्लाही प्रहरीद्वारा गाँजा खेती नष्ट
सर्लाही प्रहरीले यहाँको अति दुर्गम भेगस्थित लालबन्दी नगरपालिका –१४, नारायण खोला किनारमा आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।
अल्का अस्पतालको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
अल्का अस्पतालले आज (सोमबार) बाट राष्ट्रिय स्तरको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।
सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन
अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ ।
मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण
मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।
एउटै कुवाको पानीको भरमा एक सय परिवार
प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार वर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्दै गर्न बाध्य छन् ।
ञिङ्मा मोन्लम काठमाडौँमा सुरु
काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रको शेर्पा गुम्बामा १३ औँ नेपाल ञिङ्मा मोन्लम (प्रणिधान पूजापाठ) कार्यक्रम सुरु भएको छ । नेपाल बौद्ध ञिङमा सङ्घको आयोजनामा पौष १७ देखि २२ गते सम्म छ दिने मोन्लम पूजा सुरु भएको हो ।
मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज
मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
महिनावारी हुँदा बाटो बन्द
छाउप्रथा रोक्नुपर्ने ठाउँ बाजुरामा अहिले पनि महिनावारी भएका महिलालाई हिँड्ने बाटोसमेत बन्द गरिन्छ। जिल्लाका अधिकांश स्थानीय तहमा मठमन्दिर भएकै ठाउँमा विभिन्न गोरेटो, बाटो छन्। ती बाटोमा महिनावारी भएका महिला हिँड्न पाउँदैनन्। महिनावारी भएका महिलाले ती बाटोमा हिँड्दा धामीझाँक्रीले देवता रिसाउँछ भन्दै डर देखाउन थालेपछि महिनावारी भएका महिलाका लागि ती बाटा बन्द हुन्छन्।
सर्वोच्च बारमा दुई समूहको प्रतिस्पर्धा
सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगत रूपमा प्रतिस्पर्धा हुने भएको छ। दुई समूहले प्यानलसहित मनोनयन दर्ता गराएका छन्। नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुँदै छ। त्यही दिन नेपाल बार एसोसिएसनमा प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी परिषद् सदस्यका लागि पनि निर्वाचन हुनेछ।
नब्बे स्थानीय तहले मात्र गरे जग्गाको वर्गीकरण
आफ्नो पालिकाभित्रको जग्गाको वर्गीकरण गर्न सरकारले स्थानीय तहलाई दिएको समयसीमाभित्र ९० वटा पालिकाले मात्र जग्गाको वर्गीकरण गरेका छन्। सरकारले गत मङ्सिर २३ गतेभित्र जग्गाको वर्गीकरण गर्न स्थानीय तहलाई निर्देशन दिएको थियो। जग्गा वर्गीकरण गरेका स्थानीय तहले पनि भू–उपयोग नियमावलीअनुसार न्यूनतम नौवटा क्षेत्रमा वर्गीकरण गर्नुपर्ने भए पनि अधिकांश पालिकाले कृषि र गैरकृषि गरी दुई वर्गमा मात्र जग्गाको वर्गीकरण गरेका छन्। स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा रोकिएको जग्गाको कित्ताकाट सरकारले खुलाउन सकेको छैन।
दस स्थानमा पार्क निर्माण गरिँदै
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका तीन जिल्लाका विभिन्न १० स्थानमा पार्क निर्माण गर्ने भएको छ। विपत् व्यवस्थापन तयारीका लागि निर्माण गर्न लागिएका ती पार्क बहुउद्देश्यीय हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका इन्जिनियर तथा सूचना अधिकारी सौरभ ढकालका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाको शालिनदी, कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी र नवतनधाम र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा पार्क निर्माण हुनेछ।
चिकित्सक सङ्घको अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा
नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा तीन जनाको चुनावी प्रतिस्पर्धा हुने भएको छ। दुई चिकित्सकले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने एक चिकित्सकले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की र पेसागत समावेशी समूहबाट अध्यक्षमा डा. सन्तोष पौडेलको उम्मेदवारी परेको छ। डा. कार्की क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ भने डा. पौडेल हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ। यस्तै मुटुरोग विशेषज्ञ डा. शिवजीविक्रम सिलवालले स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ।