लुम्बिनी चिनी उद्योगमा लागेको ताला खुल्यो
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पाँच दिनभित्र उद्योगको वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भए पछि उद्योगमा लागेको ताला खुलेको छ ।
मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो
जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी उपचार गरेर बसेका छन् । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स, ईशान, नर्भिकलगायतका अस्पतालमा जाडो मौसमसँगै रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर अस्पताल जाने गरेका छन् ।
सिमकार्ड पुनः बेच्न नपाइने
दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले तत्कालका लागि उक्त व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सपना भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गर्नुभएको रिटमा न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले उक्त आदेश दिएको हो।
विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने
सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ ।
बसले किचेर मृत्यु
अर्घाखाँचीको शितगंगा नगरपालिका –१४ हडाहामा बसले ठक्कर दिँदा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाबाट अर्घाखाँची जाँदैगरेको लु १ ख ८७५८ नम्बरको बसले ओर्लनेक्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराईलाई ठक्कर दिँदा उपचारको क्रममा कपिलवस्तुको पिपरास्थित सामुदयिक अस्पतालमा उहाँको निधन भएको हो ।
प्रहरी हबलदारसहित तीन पक्राउ
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका –२ का ५० वर्षीय धनुखधारी दासलाई गोली हानी हत्यागरेको अभियोगमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
वित्त र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
तलब भत्ताको रकमबाट ज्येष्ठ नागरिकलाई भ्रमण
भिमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठले आफूले पाएको तलब भत्ता रकमबाट ज्येष्ठ नागरिकलाई काठमाडौंको भ्रमण गराउनुभएको छ ।
अवैध क्रसर बन्द गर्न प्रजिअलाई गृहको निर्देशन
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ।
बिपन्न दलित परिवारलाई न्यानो कपडा
जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।
मापसे गर्ने ३६१ चालक कारवाहीमा
कपिलवस्तुमा पछिल्लो ४ महिनामा मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको अभियानमा सो कारवाही गरिएको प्रहरीको भनाइ छ ।
नेपाल राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ठ्यारा छन् भनेर बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । विभिन्न क्षेत्रबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।
नेप्से परिसूचक ६४.८७ अङ्कले वृद्धि
मङ्गलबार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो ।
खुलामञ्च 'बेसमेन्ट पार्किङ'को सम्भाव्यता अध्ययन
खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको निर्णयप्रति विभिन्न मत आइरहेका छन्। अकुपाई टुँडिखेल अभियानताको टोलीले उपमेयर सुनिता डंगोललाई नै भेटेर ज्ञापनपत्र हस्तान्तरण गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।
महेन्द्र उद्यान जीर्णोद्धार गरी शहीद स्तम्भ बनाइँदै
बुटवल अस्पताल लाइनमा जीर्ण अवस्थामा रहेको महेन्द्र उद्यानलाई संरक्षणसहित परिवर्तन गरी शहीद स्तम्भ उद्यान बनाइने भएको छ । लुम्बिनी प्रदेश र बुटवल उपमहानगरपालिकाको सहयोगमा आधुनिक किसिमले सो उद्यान निर्माण गरिने भएको हो ।
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।
भारत रेल्वेलगायतका पूर्वाधारमा थप सहयोग गर्न इच्छुक
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबले शिष्टाचार भेट गर्नुभएकाे छ ।
पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका
बिहान सबेरै उठ्नु, ७ देखि ९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ ।
सुन्तला खेती गर्ने कृषकलाई घुम्ती तालिम
सुन्तला खेती गर्ने सिद्धिचरण नगरपालिकाका किसानलाई स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको छ । सुन्तला जातको फलफूल बगैचा व्यवस्थापन तथा रोग किरा नियन्त्रणका लागि स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको हो । वडा १२ का किसानलाई तालिम दिइएको वडा अध्यक्ष उमङ्ग श्रेष्ठले बताउनुभयो ।
शीतलहरका कारण खजुराका विद्यालय बन्द
शीतलहर शुरु भएपछि बढेको अत्यधिक चिसोले बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरु तीन दिनका लागि बन्द गरेको छ । अत्यधिक चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास अभिवृद्धि प्रशिक्षण दिइएको छ । जिल्लाको डुगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाका महिला जनप्रतिनिधिलाई सो प्रशिक्षण प्रदान गरिएको हो ।
पूर्वी नवलपरासीमा एक वर्षमा २१ करोडको माछा बिक्री
पूर्वी नवलपरासी माछापालनमा आत्मनिर्भर जिल्लाका रूपमा विकसित हुँदै गइरहेको छ । माछापालन व्यवसाय फस्टाएकै कारण यो वर्ष पूर्वी नवलपरासीका किसानले २१ करोड रुपियाँको बिक्री गरेका छन् ।
नरेशवीर शाक्यको कृति ‘ललितविस्तर शोधग्रन्थ’ विमोचन
लेखक नरेशवीर शाक्यको ११ औँ कृति ‘ललितविस्तर शोधग्रन्थ’ आनन्दकुटि विहार स्वयम्भूमा विमोचन भएको छ ।
सडक दुर्घटनाबाट मृत्यु हुने दरमा वृद्धि
पूर्वी नवलपरासी जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ ।