नेपाल–भारत सुरक्षा बैठक आज
नेपाल–भारत गृह सचिवस्तरीय बैठक भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबारदेखि सुरु हुँदै छ । बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत परराष्ट्र मन्त्रालय; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिवस्तरीय टोली सोमबार नयाँदिल्ली पुगेको छ ।
साझा धारणा बनाउन कांग्रेस–एमाले गृहकार्यमा
भूमि विधेयकको विषयवस्तु र प्रक्रियाको विमति टुङ्ग्याउन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले गृहकार्य थालेका छन् । विधेयक समिति वा पूर्ण सदनबाटै अघि बढाउने तथा संशोधनका विषयवस्तु कसरी मिलाउने भन्नेमा सत्ता सहकार्य गरिरहेका दुई दलबिचमा विमति छ । विषयवस्तु र प्रक्रियाबारे एकआपसमा सशङ्कित दुई दलले साझा धारणा बनाएर विपक्षीसँग समेत परामर्श गर्ने निचोड निकालेका छन् ।
आज बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक बिपी
नेपाली राजनीतिक सत्ता रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक आन्दोलनका नायक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको आज स्मृति दिवस । पूर्वप्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै कांग्रेसले आज देशैभरि उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न कार्यक्रम आयोजना गर्दै छ ।
घुस रकमसहित वन अधिकृत यादव अख्तियारको नियन्त्रणमा
घुस लिएको रकमसहित डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले आज नियन्त्रणमा लिएको छ ।
पूर्वी नाकाबाट सर्वाधिक निर्यात हुने वस्तु ‘अलैँची’
पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१-८२ मा निर्यात भएका मुख्य दश वस्तुमा ‘अलैँची’ शीर्ष स्थानमा छ । मेची भन्सार कार्यालयले गत आवमा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार मूल्य बराबरको ४२ लाख ९४ हजार ५५० किलोग्राम अलैँची निर्यात भएको जनाएको छ ।
पुस्तकालय सञ्चालन र व्यवस्थापनले पार्टीलाई ऊर्जा मिल्ने
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरेको बताउनुभएको छ ।
लोकल प्रजातिका कुखुरा उत्पादन गर्दै फार्म
बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले विभिन्न प्रजातिका लोकल कुखुराहरु अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको छ ।
बाह्र लाख रुपियाँ चोर्ने एक पक्राउ
मध्य राति अर्काको घरमा पसेर १२ लाख रुपियाँ चोरी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले कास्कीको माछापुच्छरे गाउँपालिका –९ का २३ वर्षीय ओमबहादुर भुजेललाई आइतबार राति साढे १० बजे पोखरा –६, डिहिकोपाटनबाट पक्राउ गरेको हो ।
खोलाले बगाउँदा युवतीको मृत्यु
पाँचथरको फिदिम –४ र हिलिहाङ –७ लाई सिमाना छुट्याएर बगेको हेंवा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । खोलाबाट उहाँको उद्धार गरिए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको हो । जिल्लाको फालेलुङ गाउँपालिका –७ पापुन्देनका रत्नकुमार आङबोकी २३ वर्षीया छोरी मनिषा आङबो रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो ।
चारवटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
धारिलो हतियार प्रहारबाट एकको मृत्यु
सिन्धुलीको दुधौली नगरपालिका –१ स्थित मधुगङ्गा महादेव मन्दिरमा बोलबम मेलामा आएका एक जना भक्तजनको सोमबार धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
ठेक्काको विषयमा झडप, वडा अध्यक्षसहित चार घाइते
गौशाला नगरपालिका –५ मा गोरु तथा खसीबजारको ठेक्काको विषयलाई लिएर उत्पन्न विवादले झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परी वडा २ का वडा अध्यक्ष श्यामकुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएकोछ ।
कृषिमन्त्रीका एक वर्षका उपलब्धि : कृषकलाई सेवा प्रवाहमा क्रमिक सुधार
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको वताउनुभएको छ ।
बत्तिस पटक पत्राचार गर्दा पनि सडक बन्ने सुरसार छैन
बर्दिया जिल्लाको राजापुर–गेरुवा जोड्ने २७ किलोमिटर सडक अलपत्र अवस्थामा छ । सडक निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको थियो । समयमा सडक निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ ।
साउनको पहिलो सोमबार : पशुपतिमा बिहानैदेखि भक्तजनको भीड
साउनको पहिलो सोमबार (आज) पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
तीन पालिकामै दुई दर्जन पहिरो, उच्च जोखिममा चुरे फेदी
बर्सातसँगै सुरु हुने बाढीपहिरोका कारण चुरे क्षेत्रको फेदीमा रहेका मानवबस्ती र खेतीयोग्य जमिन जोखिममा पर्ने क्रम बढ्दै गएको छ ।
प्राविधिक परीक्षणलाई बजेट न्यून
मुलुकमा विभिन्न क्षेत्रका चार खर्ब रुपियाँभन्दा बढीका आयोजना सञ्चालनमा रहँदा तिनीहरूको प्राविधिक परीक्षण (टेक्निकल अडिट) का लागि हरेक वर्ष ५०/६० लाख रुपियाँ मात्र विनियोजन हुने गरेको छ ।
मानव ओसारपसारसम्बन्धी कानुन कडा बनाइँदै
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को संशोधन गरेर मानव बेचबिखन र ओसारपसारमा कडाइ गर्न लागिएको छ ।
एक वर्षमा २७८ झोलुङ्गे पुल निर्माण
सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा २७८ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न गरेको जनाएको छ । यसै अवधिमा रणनीतिक रूपमा महत्वपूर्ण रहेको मुलुककै सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालन भएको जनाइएको छ । यस पुलको लम्बाइ एक हजार ५७१ मिटर छ ।
महानगरको छात्रवृत्ति चार हजारले पाउने
काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन गरेको प्रवेश परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि, विशेष समितिद्वारा सोधपुछ
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले सरकारका मन्त्री र मुख्य सचिवसँग सोधपुछ गरेको छ । समितिले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र मुख्य सचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको हो ।
प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी अघि बढाएको हो ।
हनुमन्तेखोला अतिक्रमण : धार नै परिवर्तन गराएर बजार विस्तार
भक्तपुरमा हनुमन्तेखोलाको बाढी र डुबानको त्रासदी आरम्भ भएको एक दशकभन्दा बढी भयो । वर्षायाममा हनुमन्तेखोलाको बहाब क्षेत्रमा पर्ने पालिकामा बाढी र डुबान हुँदै आएको छ । यसको एक मात्रै कारण हो अतिक्रमण ।
अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच राष्ट्रिय राजनीतिको विषयमा छलफल
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भएको भेटवार्ता सकिएको छ।