लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्छ
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ। पछिल्लो समयमा संविधानभित्र रहेका व्यवस्थासमेत खतरामा पर्ने गरेको गुनासो गर्दै त्यसको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउनुभयो। नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको रक्तदान तथा वनभोज कार्यक्रममा नेतृ देउवा पछिल्लो समयमा लोकतान्त्रिक मूल्य मान्यताको संस्थागत गर्न गठबन्धनको सरकार क्रियाशील रहेको बताउनुभयो।
सहज स्थितिमा बाह्य सूचक आन्तरिक अर्थतन्त्र सुधार्ने अवसर
गत वर्ष वैशाखमा विदेशी मुद्राको सञ्चिति घटेर बढीमा साढे छ महिनाको वस्तु तथा सेवाको मात्र आयात धान्न सक्ने अवस्था सिर्जना भएपछि नेपालको अर्थतन्त्र ‘श्रीलङ्का पथ’ मा जाने चर्चा चुलियो । विदेशी मुद्रा रित्तिएर अत्यावश्यक वस्तुसमेत आयात गर्न नसकेर टाट पल्टेको घोषणा गरेको श्रीलङ्कासँग नेपालको तुलना हुन थालेपछि सरकार झस्कियो ।
पशुपति क्षेत्र विकास कोषलाई आठबुँदे प्रस्टीकरण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई आठबुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले पशुपति क्षेत्र विकास कोषबाट व्यवस्थापन भइरहेका विभिन्न विषयमा प्रस्ट जानकारीसहित सात दिनमा जवाफ बुझाउन पत्र पठाएको हो। मन्त्रालयले कोष अन्तर्गतका पसल, भवन, पार्क, धर्मशालाको सञ्चालनका निम्ति कोषसँग कुन बेहोराको सम्झौता भएको छ भन्ने विषयमा सम्झौताका प्रमाणित प्रतिलिपि पेस गर्नुभनेको छ। पत्रमा सम्झौता अनुरूप कोषलाई तिर्न बुझाउनुपर्ने तोकिएको रकममध्ये हालसम्म असुल भएको रकम तथा बक्यौता रकम अङ्क कति छ र सम्झौताबमोजिमको असुलउपर हुनुपर्ने पूरै रकम असुल उपर नभई बक्यौता रहेको भए सोको विवरण र कारण पेस गर्न भनिएको छ। पशुपति क्षेत्र विकास कोषबाट गरिएका सम्झौताबमोजिमको असुलउपर
मोर्चाको सन्देश सभा आयोजना हुने
समाजवादी मोर्चा नेपालले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ। सन्देश सभाका लागि आइतबार केन्द्रीय संयोजन समितिको बैठक बस्ने भएको छ। मोर्चाका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विदेश भ्रमणमा जानुभएकाले बैठक बस्न नसक्दा केही समय ढिलाइ भएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिनुभयो।
सल्लाहकार महर्जन र उपसम्पादक तिवारी सम्मानित
गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन र दी राइजिङ नेपालका अनलाइन संस्करण संयोजक एवं उपसम्पादक नन्दलाल तिवारी सम्मानित हुनुभएको छ। इनर ह्विल क्लबको शनिबार कीर्तिपुरमा आयोजित पाँचौँ वार्षिकोत्सव तथा चार्टड डे सेलिब्रेसन कार्यक्रममा उहाँहरूलाई सम्मानित गरिएको हो। विकास र महिला सशक्तीकरणको पक्षमा पत्रकारिताका माध्यममार्फत योगदान पु-याएको भन्दै महर्जन र तिवारीलाई सम्मान गरिएको हो। इनर ह्विलकी अध्यक्ष रञ्जना महर्जनले संस्थाले स्वार्थभन्दा सेवा भावलाई उच्च स्थानमा राखेर रक्तदान, मानव तथा सामाजिक सेवा, वृक्षरोपण, सांस्कृतिक प्रवर्धनमा विभिन्न काम गर्दै आएको बताउनुभयो।
चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने
दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिनुभयो ।
कामपामा कक्षा १० सम्म दिवा खाजा
काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउनेभएको छ। महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ। महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो। सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ।
वन्यजन्तुका कारण गाउँ रित्तिँदै
सञ्चार, बिजुली, कालोपत्रे सडक र सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्य चौकी थपिए पनि गाउँ भने रित्तिन थालेका छन् । केहीअघिसम्म यस्तै सेवासुविधा खोज्दै सहर झर्ने क्रम बढे पनि पछिल्लो समय भने ग्रामीण बस्ती रित्तिनुको खास कारण जङ्गली जनावरको हैरानी हो । गाउँमा कृषि उत्पादन जोगाउन नसकेपछि बाध्य भएर सहर छिर्ने बढेका छन् । बाँदर, बँदेल र दुम्सीले खेती सखाप पार्ने र घरपालुवा जनावरलाई चितुवाले खान थालेपछि धेरै कृषक आफ्नो थातथलो छोडेर सहर जान थालेका छन् ।
शाश्वतधाममा आजदेखि हनुमान कथा प्रबचन सुरु
नवलपरासी पूर्बको दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रबचन सुरु भएको छ । भारतस्थित बागेश्वरधामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले तीन दिनसम्म हनुमान कथा प्रबचन गर्नु हुनेछ ।