• १३ मंसिर २०८१, बिहिबार

लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्छ

blog

फूलबारी समाचारदाता

फूलबारी (कैलाली), भदौ ३ गते । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ। पछिल्लो समयमा संविधानभित्र रहेका व्यवस्थासमेत खतरामा पर्ने गरेको गुनासो गर्दै त्यसको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउनुभयो। 

नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको रक्तदान तथा वनभोज कार्यक्रममा नेत्री देउवा पछिल्लो समयमा लोकतान्त्रिक मूल्य मान्यताको संस्थागत गर्न  गठबन्धनको सरकार क्रियाशील रहेको बताउनुभयो। 

उहाँले देशको विकास निर्माण गर्न र भ्रष्टाचार नियन्त्रणमा कांग्रेसले महत्वपूर्णा भूमिका  निर्वाह गरेको बताउनुभयो। “युवाहरूले सकारात्मक सोचका साथ आगडि बढ्नु पर्छ, सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र केही परिवर्तन हुनेवाला छैन’’ उहाँले भन्नुभयो।