भेरीको जोखिममा दुनै
लगातारको बर्षाले भेरी नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजार जोखिममा परेको छ। सदरमुकाम दुनै बजारको बिच भएर बग्ने भेरी नदीमा पानीको बहाव बढेपछि सदरमुकामवासी चिन्तित भएका छन्। स्थानीय दिलमाया केसीले भन्नुभयो, “रातभर निद्रा पनि लाग्दैन, कतिखेर बजारमा भेरी पस्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।”
भारतको हिमाचलमा बाढीले मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।
पूर्वसूचनाले जोगियो मानवीय क्षति
पूर्वसूचना छिटो प्राप्त हुँदा मुस्ताङको कागबेनीमा ठुलो जिउधनको क्षति हुनबाट जोगिएको छ। आइतबार राति करिब साढे ७ बजे मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीलाई माथिल्लो लेकको जोङगाउँबाट फोन आयो। फोनमा भनिएको थियो, “ठुलो पानी प-यो, यता ठुलो बाढी आएको छ, त्यता सतर्क रहनुहोला।”
सबै विषयमा छानबिन गर्न दिन प्रमको प्रस्ताव
सत्तारूढ गठबन्धनको बैठकले सुन काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न नहुने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको सत्ता गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेका बेलामा फेरि उच्चस्तरीय समिति बनाउनु भनेको अहिले भइरहेको अनुसन्धानलाई प्रभावित पार्नु हो भन्ने निष्कर्ष निकालेको हो।
लम्पी स्किनविरुद्ध पन्ध्र दिनमै दोब्बर खोप
सङ्घीय, प्रदेश र स्थानीय तहको सक्रियतामा १५ दिनमै तीन लाख ४५ हजार पशुमा ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको छ। २०७९ चैतमा नेपालमा यो सङ्क्रमण देखिएयता चार महिनामा लगाइएको खोप र पछिल्लो पटक १५ दिनमा लगाइएको खोपको मात्रा बराबर देखिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म छ लाख ९६ हजार ४५० चौपायामा खोप लगाइएको छ।
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताउनुभएको छ।
भूटानी शरणार्थी प्रकरण : थप १८ जनाद्वारा जाहेरी दर्ता
नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।
बरामद सुन ६० किलो सात सय ८९ ग्राम
मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ ।
भेरी नदी र जगदुल्ला नदीको बहाव बढेपछि त्रिवेणीमा पुल निर्माण कार्य अवरुद्ध
त्रिवेणीमा क्याराभान कन्स्ट्रक्सनले गरिरहेको पक्की पुलको निर्माण कार्य अवरुद्ध भएको छ । पुल निर्माणस्थलमा भेरीनदी र जगदुल्ला नदीको बहाव बढेर बाढीको उच्च जोखिम भएपछि निर्माण कार्य अवरुद्ध भएको हो ।