नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ ।
डोल्पाबाट छ क्विन्टल यार्सागुम्बा निकासी
गएको आर्थिक वर्ष २०७९/०८० मा डोल्पाबाट ६ क्विन्टलको परिमाणमा बहुमूल्य जडीबुटी यार्सागुम्बा निकासी भएको छ ।
गौरा पर्व भदौ ७ गते, प्रदेश सरकारले दियो दुई दिन बिदा
सुदूरपश्चिम प्रदेश अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको छ ।
बाँकेका ३०७ कैदीबन्दीको आँखा परीक्षण, निःशुल्क औषधि वितरण
बाँके कारागारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।
नेपालगञ्जमा साहित्यकार सम्मान
कल्पना फाउण्डेसन नेपालका अध्यक्ष तथा नेपालगञ्जका साहित्यकार कल्पना पौडेल जिज्ञासुको कथा सङ्ग्रह ‘कचहरी’ को विमोचनसँगै वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ ।
बाढीपहिरो पीडितलाई राहत वितरण
बाजुराको त्रिवेणी नगरपालिकाले बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण कार्य सुरु गरेको छ । यही साउनको पहिलो सातादेखि बाजुरामा लगातार परेको अविरल वर्षाका कारण प्रभावित भएका बस्तीमा नगरपालिकाले राहात सामग्री वितरण कार्य सुरु गरेको हो ।
अफगानिस्तानमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते
पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमबार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ ।
प्रदेश सभा बैठक आह्वान
कोशी प्रदेश सभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव असार १५ गते अस्वीकृत भए लगतै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठक ४५ दिनपछि बस्ने गरी सूचना प्रकाशित भएको छ ।
पाँच पटक म्याद थप्दा पनि बनेन
फेदाप गाउँपालिका–५, इसिबुमा निर्माणाधीन स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र छ । पाँचौँ पटकसम्म म्याद थप्दासमेत काम अगाडि बढेको छैन ।