• ४ जेठ २०८१, शुक्रबार

अफगानिस्तानमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

blog

काठमाडौँ, साउन ३० गते । पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमबार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ । 

सोमवार भएको विस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ । विस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ ।

पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थीहरूले र खोस्टका बासिन्दाहरू सहभागी रहेको एक होटेलमा बम विस्फोट भएको थियो । अहिले घाइतेको अस्पतालमा उपचार भइरहेको छ । सिन्ह्वा