• ४ जेठ २०८१, शुक्रबार

बाढीपहिरो पीडितलाई राहत वितरण

blog

बाढीपहिरोबाट प्रभावित भएका त्रिवेणी नगरपालिका–६ फल्नेतोलाका दलित परिवारलाई राहात सामग्री वितरण । तस्बिर : गगनजङ्ग बुढा

शेरबहादुर सार्की
बाजुरा, साउन ३० गते । 
बाजुराको त्रिवेणी नगरपालिकाले बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण कार्य सुरु गरेको छ । यही साउनको पहिलो सातादेखि बाजुरामा लगातार परेको अविरल वर्षाका कारण प्रभावित भएका बस्तीमा नगरपालिकाले राहात सामग्री वितरण कार्य सुरु गरेको हो ।

बाढीपहिरोबाट प्रभावित भएको त्रिवेणी–६ को फल्नेतोलाका झण्डै १५ घरपरिवारलाई राहात वितरण गरेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

अविरल वर्षातले गाउँ माथिबाट गएको पहिरोले त्रिवेणी नगरपालिका–६ को फल्नेतोलाका १५ दलित परिवार विस्थापित भएका थिए । पहिरोले विस्थापित गराएका त्रिवेणी नगरपालिका–६ फल्नेताला१५ घरपरिवार गाउँ नजिकैको विद्यालयमा बसोबास गर्दै आएका छन् ।

घर पहिरोको जोखिममा रहेकाले विद्यालयमा बसोबास गरिरहेको त्रिवेणी नगरपालिका– ६ दलित बस्तीका स्थानीय गोल्सन विकले बताउनुभयो ।

उहाँले पहिला गाउँमा एक विद्यालय थियो । केही वर्ष अघि त्यो विद्यालय अर्को विद्यालयमा गाभिएपछि अहिले फल्नेतोलाका १५ दलित परिवार त्यसैमा बसोबास गरिहरेको बताउनुभयो ।

बाढीपहिरोबाट प्रभावित घरपरिवारका लागि अहिले तत्काल त्रिपाल, टिर्फम, कम्बल लगायतका सामग्री वितरण गरेको त्रिवेणी नगरपालिका–८ वडा अध्यक्ष गगनजङ्ग बुढाले बताउनुभयो ।

उहाँले, यती बेला त्रिवेणीका दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । सबै भन्दाबढी त्रिवेणी नगरपालिका वडा नं –८ को बमटोल र –६ को फल्नेतोलाका दलित बस्तीको उठिबास भएको बताउनुभयो ।

ती बस्तीका स्थानीयलाई अहिले अस्थायीरुपमा सुरक्षित ठाउँमा बास गराउँदै  आवश्यक राहत सामाग्री समेत वितरण गर्ने काम सुरु गरेको बुढाले बताउनुभयो ।

बाढीपहिरोबाट प्रभावित बनेका बस्तीमा गाँस बास र कपासका साथै खानेपानी स्वास्थ्य शिक्षाको अति आवश्यक परेकोले सोही अनुसार नगरपालिकाले व्यवस्था गर्ने गरी राहतको दिने तयारी गर्दै आएको  त्रिवोणी नगरपालिका नगरप्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।

उहाँले, बाटो बन्द भएकोले अहिले खाद्यान ढुवानीमा समस्या छ । बाटो खुल्ने बित्तिकै खाद्यान ढुवानी गरी पहिरोको जोखिमा परेका घरपरिवारलाई वितरण गर्ने बताउनुभयो ।

बाढीपहिरोबाट प्रभावित भएका त्रिवेणी नगरपालिका गाउँ बस्तीलाई स्थायीरुपमा सुरक्षित ठाउँमा बसोबास गर्ने गरी यती बेला स्थानीय सरकारले जिल्ला विपत् व्यवस्थापन समिति प्रदेश र सङ्घीय सरकार सँग पनि समन्वय गर्दै आएको त्रिवेणी नगरपालिका प्रमुख थापाले बताउनुभयो ।