उर्दू भाषाको संरक्षणका लागि गजल गोष्ठी
विभिन्न साहित्यिक गतिविधि बढ्दै गएको बाँकेमा पछिल्लो समयमा उर्दू भाषाको संरक्षणका लागि पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
दुई दिनमा ४० लाखको अवैध सामान नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमै ४० लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । शुक्रबार सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याएका विविध सामग्रीलाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।
शुद्धोधनको बजेट ५६ करोड ४८ लाख
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ५६ करोड ४८ लाख आठ हजार २३ रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
प्रज्ञाप्रतिष्ठानमा मातृभाषा साहित्य शृङ्खला सुरु
नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ । यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ ।
काठमाडौँका टिकट बुकिङ काउन्टर भदौदेखि बन्द
हाल सञ्चालनमा रहेका बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो ।
वन कर्मचारीकै मिलेमतोमा खयर कटान
तस्करले प्रतिबन्धित खयर काटेर ट्याक्टरमा लाँदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयलाई जानकारी गराएका थिए ।
बिरे झरनामा इन्द्रेणी झुल्किँदा...
बडीमालिका नगरपालिकाको वडा नं. ६ र ८ मा रहेको बिरे खोलामा रहेको झरनामा झुल्किएको इन्द्रेणीले आन्तरिक पर्यटकलाई लोभ्याउन थालेको छ। बिहानीको सूर्यको किरणसँगै हल्का पानी परेको बेलामा बिरे झरनामा इन्द्रेणी देखिने गरेको छ। सामाजिक सञ्जालबाट बिरे झरनाको प्रचारप्रसारसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ। यस झरनाले सर्वसाधारणलाई लोभ्याउन थालेको बडीमालिका नगरपालिका–८, बिरे खोला राप्का होटेलका सञ्चालक दलबहादुर थापाले बताउनुभयो।
कांग्रेस नेता निधि र महाराष्ट्रका विपक्षी दलका नेता अम्बादासबिच भेटघाट
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको महाराष्ट्र प्रदेश विधान परिषद्का मुख्य प्रतिपक्षी दलका नेता अम्बादास दानवेबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिदेसिने बाध्यता अन्त्य गर्छौं : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य विषय अध्ययनका लागि बिदेसिनुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो कार्यकाल एक सय दिन पूरा गर्नुभएको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।