पर्यटक बढाउन कोप्चे उत्सव
पर्या पर्यटन बृद्धि गर्दै पर्यटकहरुको आगमन बढाउन दोस्रो कोप्चे उत्सव धनकुटामा सुरु भएको छ । धनकुटामा भएका ऐतिहासिक पुरातात्विक संरचनालाई उजागर गर्न सबै एकजुट भएर अगाडि बढ्न धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले अनुरोध गर्नुभयो ।
अध्यक्ष बस्नेत हिमडमरु उपाधिले सम्मानित
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्र पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ।
२०८० मा आठ पूर्वाधार : कुनमा कति प्रगति ?
वि.सं. २०८० साल शुक्रबार सकिएको छ । देशको राजनीतिक, आर्थिक तथा विकास पूर्वाधारको क्षेत्रमा विभिन्न उतारचढाव हुँदै यो वर्ष आजबाट बिदा हुँदैछ। यो वर्ष सकिँदै गर्दा केही विकास पूर्वाधारमा प्रगति भएको छ भने केही पूर्वाधारले अपेक्षा गरेअनुसार प्रगति हासिल गर्न सकेका छैनन् ।
एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात, मलेसियामाथि पाँच विकेटको जित
एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।
तीन बङ्गलादेशी नागरिक पक्राउ
प्रहरीले नेपाल प्रवेश गरी गैरकानुनी तवरले बसिरहेका तीन बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
‘विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ’
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ ।
इलामको अन्तुमा पर्यटन महोत्सव
स्वदेशी पर्यटकको रोजाइमा परेको इलामको सूर्योदय नगरपालिकाको अन्तुडाँडामा अन्तु पर्यटन महोत्सव सुरु भएको छ। नयाँ वर्ष २०८१ सालको अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको अन्तु पर्यटन महोत्सव सांस्कृतिक तथा सांगीतिक कार्यक्रम सहित सुरु भएको हो।
चोरी डकैती नियन्त्रणका लागि ध्यानाकर्षण
बाँकेको जानकी गाउँपालिकामा पछिल्लो समय लगातार चोरी तथा डकैतीका घटना बढ्न थालेपछि स्थानीयमा त्रासको वातावरण देखिएको छ । दिनहुँजसो चोरी र डकैती हुन थालेपछि स्थानीयले प्रहरी, प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य चौधरी निलम्बित
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी नियमविपरित काम गरेको भन्दै चौधरीलाई निलम्बन गर्नुभएको हो ।
महाकुम्भ महोत्सवमा भक्तजनको चहलपहल
प्राचीन हरिद्वारको रुपमा रहेको चतराधाममा लागेको एकमहिने बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको आयोजनासँगै यहाँ सर्वसाधारण भक्तजनको चहलपहल बढेको छ ।
अर्थतन्त्रमा क्रमिक सुधार हुने प्रक्षेपण
नेपालको अर्थतन्त्रमा क्रमिक रूपमा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले जनाएको छ । एडिबीले बिहीबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ ले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्रले बजार मूल्यमा ३.६ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो । जुन गत आवको १.९ प्रतिशतको वृद्धिदरको तुलनामा केही बढी रहेको उल्लेख गरिएको छ । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले बताउनुभयो ।
प्रदूषित वायुमा सुधार
काठमाडौँ, ललितपुर, भक्तपुरसहित उपत्यका आसपासका जिल्लामा हावाहुरी, चट्याङसहित पानी परेको छ । वायु प्रदूषणका कारण एक सातायता भएको वातावरणीय प्रभावलाई केही राहत मिल्ने गरी बिहीबार वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि तीन दिनसम्म देशका विभिन्न भागमा हल्का वर्षा हुने छ । यससँगै प्रदूषणयुक्त वायुमा सुधार आएको छ । महाशाखाले चिसो हावासँगै पश्चिमी तथा स्थानीय वायुको प्रभावले पहाडी भेगका भूभागमा शनिबारसम्म वर्षा हुने अनुमान गरेको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा बिहीबार हल्का वर्षा भएको छ । काठमाडौँमा पनि साँझ केही स्थानमा मेघ गर्जनसहितको वर्षा भएको छ ।
नयाँ औषधी ऐन ल्याइँदै
नेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन गर्दै नयाँ औषधी ऐन २०८० ल्याउन लागेको जनाएको छ । विभागले औषधी ऐनको मस्यौदा तयारी गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाएको छ । हाल नेपालमा २०३५ सालमा बनाइएको औषधी ऐन लागु छ ।
विद्यालयनजिक पाठ्यपुस्तक
यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय बिक्रेताकहाँ पुगेको पुस्तक केही दिनमै विद्यालयमा पुग्ने छ । विद्यालय पुगेपछि विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने छन् । वैशाख १ देखि शैक्षिक सत्र सुरु भए पनि नियमित पढाइ भने वैशाख दोस्रो साताबाट मात्रै सुरु हुने छ । पाठ्यपुस्तक भने ७७ वटै जिल्लामा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
दूधकोशी आयोजना छिटो थाल्न सरकार र लगानीकर्ता सहमत
६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना छिटो थाल्ने सहमति भएको छ। खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने उक्त आयोजना छिटो थाल्ने नेपाल सरकार र आयोजनाको लगानीकर्ताबिच सहमति भएको हो।
गुल्मीदरबारमा निःशुल्क स्वास्थ्य शिविर
गुल्मीदरबार गाउँपालिकामा सञ्चालन भएको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिएका छन् ।
रुपन्देहीमा ‘इ-ड्राइभ’ सेवा
काठमाडौँमा गत ६ महिनादेखि सेवा दिँदैआएको इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा पनि शुभारम्भ गर्ने भएको छ । अनलाइन ट्याक्सी तथा बाइक सेवा दिनेगरी इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा शुभारम्भ गर्ने भएको रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
गम्भीर घाइते वृद्धाको हेलिकप्टरमार्फत उद्धार
रामेछापको मन्थली नगरपालिका –९ पुराना गाउँमा आगलागीमा परी गम्भीर घाइते एक वृद्धालाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
ज्येष्ठ नागरिकलाई लठ्ठी उपहार
तुलसीपुर उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकलाई लठ्ठी उपहार दिएको छ । आफ्नो ३२ औँ स्थापना दिवस पारेर ५० जना ज्येष्ठ नागरिकलाई लठ्ठी प्रदान गरेको हो ।
नयाँ वर्षको अवसरमा पर्यटकले होमस्टे भरिभराउ
नयाँ वर्षको अवसरमा स्थानीय होमस्टे पर्यटकहरूले भरिभराउ भएको छ । विगत वर्षझैँ यो वर्ष पनि नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको देखिएको छ ।
राजनीतिक अस्थिरताले राष्ट्रियता कमजोर हुँदै गयो : अध्यक्ष ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर भएको बताउनुभएको छ।
मतदानको अधिकार उपयोग गर्न आग्रह
आगामी वैशाख १५ मा हुन लागेको इलाम–२ को उपनिर्वाचनमा सबै मतदातालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरोकारवाला पक्षसँग अधिकारकर्मीले आग्रह गरेका छन् ।
विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित समारोहमा ११ जना विशिष्ट स्रष्टाहरू पुरस्कृत हुनुभएको छ । उहाँहरूलाई जनही एक लाख नगद राशिको प्रज्ञा पुरस्कार २०८० अर्पण गरिएको हो ।