गण्डकीमा थपिए दुई मन्त्रालय
गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या नौ पुगेको छ। यसअघि सात मन्त्रालय रहेकोमा मंगलबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आन्तरिक मामिला मन्त्रालयलाई अलग गरेको हो।
पोखरामा बस दुर्घटना, नौ घाइते
पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २५ सुइँखेतमा दुर्घटना भएको थियो।
कोठीखोलामा ‘ड्याम’ निर्माण कार्य सुरु
सर्लाहीको चुरेभेगस्थित हरिवन नगरपालिका–१, कोठीखोलामा ‘ड्याम’ निर्माण कार्य सुरु भएको छ ।
उपकुलपति बिदामा बस्दा त्रिविको काम प्रभावित
त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजङ्ग बराल बिदामा बस्दा विश्व विद्यालयको सेवा प्रवाहमा समस्या आउन थालेको छ । स्वास्थ्यको कारण देखाउँदै बराल दुई साताअघिबाट बिदामा बस्दै आउनुभएको छ ।
इपिएस पहिलो चरणको नतिजा सार्वजनिक, छ हजार ३२१ उत्तीर्ण
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणमा परीक्षामा सहभागी ४० हजार ५८० जना सहभागी भएकामा छ हजार ३२१ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । बाँकी १० हजार ७९ जना छनोटका लागि भाषा परीक्षा सञ्चालन हुन बाँकी रहेको छ । सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । पहिलो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले मङ्गलबार राति गरेको जनाइएको छ । एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ ।
पशुमा बाँझोपनको समस्या विकराल, करोडौँको नोक्सानी बेहोर्दै किसान
घरपालुवा पशुमा हुने बाँझोपनले नेपाली किसानले वार्षिक करोडौँ रुपियाँको घाटा बेहोरिरहेका छन् । महँगो मूल्य तिरेर ल्याएका राम्रो जातका गाई, भैँसी एक पटक ब्याएपछि अर्को पटक नब्याउने समस्याका कारण किसान आर्थिक नोक्सानी बेहोर्न बाध्य भएका हुन् । पशुमा हुने बाँझोपनबाट कृषकको लगानी धराशायी हुँदा यसको रोकथामका लागि दीर्घकालीन योजना, क्षतिपूर्तिको व्यवस्था र यसबाट प्रभावितको तथ्याङ्कसमेत सरोकारवाला निकायसँग छैन ।
राजतन्त्र चाहियो भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजतन्त्र चाहियो भन्नेहरुसँग कुनै वार्ता नहुने बताउनुभएको छ । बुधबार प्रेस सेन्टर झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
बसले झारेको युवकको मृत्यु
झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बुधबार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरी समायोजनलाई मूर्त रूप दिन छलफल तीव्र पारेका छौँ : उपप्रधानमन्त्री लामिछाने
जनकपुरधाममा मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले प्रहरी समायोजनलाई पूर्णता प्रदान गर्नका लागि गम्भीर भएर छलफललाई तीव्र पारिएको बताउनुभएको हो।
पञ्चवर्षीय योजनाका विषयमा प्रधानमन्त्रीले लिनुभयो सुझाव
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ पञ्चवर्षीय योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ।
मुख्यमन्त्री कँडेलद्वारा पद तथा गोपनीयताको शपथ
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रिय हित संरक्षणमा नेपाली सेनाको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितको संरक्षणमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
महाकुम्भ दर्शनार्थीका लागि निःशुल्क हेल्थ डेस्क
बाह्र वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला सुरु भएसँगै दर्शनार्थी भक्तजनका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ ।
नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभयो ।
सीमाको समस्या समाधानमा ठोस पहल आवश्यक : सीमाविद् श्रेष्ठ
सीमाविद् बुद्धिनारायण श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने धारणा राख्नुभएको छ ।
कांग्रेसले गृहमन्त्री लामिछानेमाथि प्रहार गर्नु उचित होइन : सांसद थापा
सत्तारुढ दलको प्रमुख घटक नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेपाली काँग्रेसले सहकारीको विषयलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहार गर्नु अनुचित भएको बताउनुभएको छ ।
कार दुर्घटनामा परेको बालकको मृत्यु
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा कार दुर्घटनामा घाइते एक जना बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
चैते दसैँमा गहवामाईको डोलीयात्रा हुने
चैते दसैँमा बीरगन्जमा पहिलो पटक गहवामाई मन्दिर परिसरबाट गहवामाईको निसान (ध्वजा) सहितको डोलीयात्रा निस्कने भएको छ ।
प्याजसहित बलेरो नियन्त्रणमा
सशस्त्र प्रहरीले बर्दीबास ३ बीपी राजमार्गबाट भारतीय प्याजसहित बलेरो पिकअप नियन्त्रणमा लिएको छ । बर्दीबासको गौरीडाँडास्थित सशस्त्रको चेक प्वाइन्ट टोलीले ४३ बोरा प्याजसहित ना १ ज ७९०३ नंको बलेरो पिकअप नियन्त्रणमा लिएको हो ।
‘निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताउनुभएको छ ।
इमरजेन्सी बिरामीको उद्धार गर्न हेलिप्याड निर्माण
गोरखाको भीमसेन थापा गाउँपालिका – ५ बगुवामा इमरजेन्सी बिरामीको तत्काल उद्धार गर्न हेलिप्याड निर्माण सम्पन्न भएको छ ।
गण्डकी प्रदेशको सरकार गठन विवाद सर्वोच्चमा
गण्डकी प्रदेश सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट सम्झना केसीको वारेसमा रिट दर्ता भएको हो । रिटको प्रारम्भिक सुनुवाइ २८ चैत (बुधबार) का लागि तोकिएको छ । रिटमा सभामुखसमेतलाई गणना गरी सरकार गठनको प्रक्रिया अघि बढाइएकाले बदरको माग गरिएको छ । सभामुखको गैरसंवैधानिक कदमका कारण संविधानको धारा १६८(३) अनुसार आफू मुख्यमन्त्री नियुक्त हुन पाउने वैध अपेक्षा पूरा नभएको रिटमा जिकिर गरिएको छ । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सरकारमा सहभागी दलको समर्थन फिर्तासँगै मुख्यमन्त्री पाण्डे अल्पमतमा पर्नुभएको थियो । लगत्तै चैत २१ गते उहाँले राजीनामा दिनुभएको थियो । यस्तै सरकार गठनका लागि प्रदेश प्रमुखले चैत २७ गतेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो । धारा १६८(२) अनुसार सरकार गठनका लागि आह्वान भएको थियो ।
डढेलोले जीवजन्तु असुरक्षित
चितवन राष्ट्रिय निकुञ्जका खरमजुरका बचेरा र अन्डा डढेलोको सिकार बनेका छन् । खडेरीका कारण डढेलो लाग्न थालेपछि अन्डा, बच्चा र माउ सखाप हुने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो । “निकुञ्जभरि आगो लाग्ने र चराले बचेरा कोरल्ने समय एउटै पर्छ, त्यसैले ठुलो क्षति हुन्छ,” उहाँले भन्नुभयो । रुखको टुप्पामा बस्नेभन्दा बुट्यान र झाडीमा बस्ने चरा डढेलोले बढी प्रभावित हुन्छन् । लजालु चरा खरमजुरले आगो लागेर छेउमै आइपुग्दा पनि गुँड छाड्न मान्दैन । अन्तिम अवस्थामा मात्र उड्न खोज्छ । घाँसे मैदानमा रहने हुनाले डढेलोमा बचेरा र अन्डा बच्ने सम्भावना रहँदैन । अन्डाबाट निस्केलगत्तै बचेरा हिँड्न थाल्छन् तर प्वाँख नपलाएकाले उड्न सक्दैनन् ।